निजामती सेवा दिवस

सभाका सभापति महोदय,माननीय मन्त्रीहरु,नेपाल सरकारका सचिवहरु, उपस्थित सम्पूर्ण महानुभावहरु !

निजामती सेवा गठन भएको आज ५३ वर्ष पूरा भई ५४ औँ वर्ष लागेको छ । यस अवसरमा म सम्पूर्ण निजामती राष्ट्रसेवक कर्मचारीलाई सरकार र मेरो आफ्नै तर्फबाट हार्दिक बधाई दिन चाहन्छु ।

स्थायी सरकारका रुपमा चिनिने निजामती प्रशासनको कार्यदक्षताबाट धेरै हदसम्म सरकारको सफलता÷असफलता नापिन्छ । अग्रपंक्तिमा रहेर जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने राष्ट्रसेवकलाई नै तल्लो तहमा बस्ने जनताले सरकारका रुपमा बुझ्छन् । सेवा प्रवाह गर्ने विन्दुमा बस्ने राष्ट्रसेवक कर्मचारीहरुका आचरण व्यवहार कार्यशैली र कार्यदक्षतालाई जनताले सरकारको आचरण व्यवहार कार्यशैली र कार्यदक्षताका रुपमा बुझ्ने भएका कारण सरकारको छवि निर्माणमा कर्मचारीहरुको भूमिका हुन्छ ।

सरकारले दिशानिर्देशसम्म गर्दछ । बाँकी काम त राष्ट्रसेवकले नै सम्पादन गर्नुपर्ने हुन्छ । सरकार र निजामती प्रशासनबीचको यो अन्योन्याश्रित सम्बन्धको सही परिचालनबाट मात्रै जनताका अपेक्षाहरु पूरा गर्न सकिन्छ । संक्रमणकालबाट गुजि्ररहेको हाम्रो मुलुकमा सरकार र निजामती प्रशासनले आ-आफ्ना सीमा र सवल पक्षको पहिचान गरी समन्वयात्मक रुपमा काम रुपमा गर्न सके मात्र मुलुकलाई सही दिशा दिन सकिन्छ । यदाकदा प्रशासनमा राजनीतिकरण भएको भन्ने स्वरहरु हामी सुन्छौँ । जब सत्ता बाहिर हुन्छौँ तब प्रशासनलाई तटस्थ राख्नुपर्छ भन्ने बोध हुन्छ । यसो भनेर राजनीतिक दलहरुको आलोचना गर्दा निजामती राष्ट्रसेवकहरु आलोचनामुक्त छन् भन्न सकिने अवस्था पनि छैन । आफ्नो इच्छा र स्वार्थ पूरा हँुदा कसैलाई राजनीतिक बिल्ला भिराएर आफू लाभान्वित हुने दौडबाट आफूलाई पृथक् राख्न सके मात्र प्रशासनलाई दलीय राजनीतिबाट मुक्त राख्न राजनीतिज्ञलाई नैतिक दबाब पर्नेछ ।

हामीले स्वच्छ प्रभावकारी सेवामुखी उत्तरदायी र दक्ष निजामती प्रशासन चाहेका छौँ । हामीले सरकारका नीति कार्यक्रम योजना तथा ऐन-कानुनको कार्यान्वयनप्रति प्रतिबद्ध तर जातजाति भाषा धर्म लिङ्ग क्षेत्र र सम्प्रदायप्रति तटस्थ एउटा प्रतिस्पर्धी व्यावसायिक उच्च मनोवलयुक्त र सक्षम निजामती प्रशासनको कल्पना गरिरहेका छाँै । त्यो आदर्श प्राप्तिका लागि राजनीतिक नेतृत्व उच्च प्रशासक र निजामती सेवाका टे्रड युनियनहरु मिलेर सामूहिक प्रतिबद्धता व्यक्त गर्न सक्नुपर्छ । आजको दिनमा हामीले यस विषयमा गम्भीरताका साथ सोच्नैपर्छ भन्ने मलाई लाग्छ ।

निजामती प्रशासनबाट जनताले चाहेको गुणस्तरीय सेवा पुर् याउनका लागि कर्मचारी प्रशासनलाई उत्तरदायी सेवामुखी र दक्ष बनाउनुपर्छ । त्यसका लागि यसमा कार्यरत जनशक्तिको योजनाबद्ध क्षमता विकासका कार्यक्रमहरु अगाडि सार्न आवश्यक छ । सबैका लागि तालिम कार्यक्रम सरकारले त्यही उद्देश्य प्राप्तिका लागि ल्याएको छ । क्षमतायुक्त र गुणस्तरीय जनशक्तिलाई निजामती सेवामा आकर्षित गर्न त्यसलाई सेवामा टिकाई राख्न र कर्मचारीहरुको सीप एवम् ज्ञानलाई निरन्तर तिखारी राख्न अथवा अद्यावधिक गराइराख्न जरुरी छ । यसका अतिरिक्त सेवामा कार्यरत राष्ट्रसेवकको मनोबल उच्च राख्नु पनि त्यत्तिकै जरुरी रहेको छ । यी सबैका अतिरिक्त राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने परिपाटी पनि व्यवस्थित हुन आवश्यक छ ।

निजामती सेवालाई अनुशासित र मर्यादित बनाउने खाँचो पनि त्यत्तिकै रहेको छ । यस सेवालाई भ्रष्टाचार ढिलासुस्ती र कामचोर प्रवृत्तिबाट मुक्त गर्नुपर्छ । सङ्घीय संरचनामा अगाडि बढिरहेको बेला निजामती सेवाको भावी स्वरुपको खाका तयार गर्न्र आवश्यक भएको व्यहोरा उल्लेख गर्दै त्यसका लागि म सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । कम्प्युटर साजालको व्यापक प्रयोग र वितरणबाट छिटो-छरितो गुणस्तरीय र पारदर्शी सेवा प्रदान गर्न सकिन्छ । त्यसैले हरेक मन्त्रालयले कम्तीमा आ-आफ्नो मन्त्रालयका तहमा ई-गभर्नेन्सको एउटा भए पनि प्याकेज कार्यक्रम यसै वर्ष ल्याउन म आग्रह गर्दछु ।

आज निजामती सेवा दिवसका अवसरमा निजामती सेवाका मैले नकारात्मक पक्षका बारेमा मैले विशेष चर्चा गर्न आवश्यक छैन । तर समस्याको पहिचान हुन सकेन भने हामीले चाहेको गन्तव्यमा पुग्न सक्दैनाँै । त्यसैले यसका कमजोरीका बारेमा जनताका भनाइहरु मैले यहाँ राख्न खोजेको हँु ।

जनताले कर्मचारीलाई सच्चा राष्ट्रसेवक अर्थात् जनताका सेवक ठान्न सक्ने अवस्था अझै छैन । हामीले आफ्नो जिम्मेवारी पूरा गर्नेभन्दा अर्काको कामको आलोचनामा त समय खेर फाल्ने गरेका छौँ । हामीमा अहिलेको आवश्यकतालाई पूरा गर्ने गतिशीलता र समन्वयको अभाव छ जनताप्रति संवेदनशील भएर इमानदारीपूर्वक हामीले आफ्नो कर्तव्य पालना गर्न जरुरी छ । आ-आफ्ना क्षेत्रका आधुनिकतम ज्ञान र सीपलाई ग्रहण र अध्यावधिक गरी त्यसबाट जनतालाई दिने सेवालाई प्रभावकारी बनाउन सकिरहेका छैनौँ । आजको दिनमा सबै राष्ट्रसेवकले आत्ममूल्याङ्कन र समीक्षा गराँै । अनि मात्र आगामी दिनमा सही बाटोमा अगाडि बढ्न सहज हुनेछ ।

मानव संसाधन व्यवस्थापनका आधुनिक अभ्यासहरुलाई भित्र्याउँदैं निजामती प्रशासनलाई आधुनिकीकरण गर्ने उद्देश्यले चाँडै सामान्य प्रशासन मन्त्रालयलाई मानव संसाधन व्यवस्थापन मन्त्रालयका रुपमा रुपान्तरण गरिने छ । निजामती प्रशासनबाट दिइने सेवा सुविधालाई जनमुखी बनाउन र प्रशासनप्रतिको विश्वसनियता जनमानसमा अभिवृद्धि गर्न सामान्य प्रशासन मन्त्रालय मार्फत विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राही सर्वेक्षण साचालन गरिनेछ । यसबाट प्राप्त हुने पृष्ठपोषणका आधारमा थप सुधारका पाइलाहरु चालिनेछ ।

आफ्नो साधन-स्रोतले भ्याएसम्म निजामती राष्ट्रसेवकलाई सेवा-सुविधा दिई उनीहरुको मनोबल उच्च राख्न सरकार प्रयत्नशील छ । सर्वप्रथम यो सरकारले दुर्गम क्षेत्रमा कार्यरत राष्ट्रसेवकको स्थानीय भत्तामा तेब्बर बृद्धि गरेको छ । दोश्रो निजामती कर्मचारीका लागि कुनै शहरी क्षेत्रमा आबास योजना ल्याइनेछ । कर्मचारी सँचय कोषमार्फत उक्त योजनाको साचालन गरिनेछ । यसका लागि नेपाल सरकारले जग्गा उपलब्ध गराउनेछ । तेश्रो कडा रोग लागि उपचार गराउन मर्का खेपिरहेका निजामती कर्मचारीहरुलाई स्वास्थ्य उपचार आर्थिक सहयोग कोषको व्यवस्था गरिनेछ । यसबाट कर्मचारीका रोगग्रस्त श्रीमान् वा श्रीमतीको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराईनेछ । चौथो निजामती कर्मचारीलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले उच्च शिक्षा अध्ययनार्थ एक छुट्टै छात्रवृत्तिको व्यवस्था गरिनेछ । नेपाल सरकारले तोकेका विश्वस्तरीय विश्वविद्यालयहरुमा भर्ना पाएका निश्चित सेवावधि पुरा गरेका कर्मचारीहरुमध्येबाट हरेक वर्ष १० जनालाई यस्तो छात्रवृत्ति उपलव्ध गराइनेछ । पाँचौँ निजामती सेवा ऐनको दफा २४घ१ बमोजिम विशेष बढुवा पाएका कर्मचारीहरुको समायोजन सम्बन्धमा उपयुक्त समाधानको खोजी गरी सोको कार्यान्वयन गरिनेछ । छैठाँै निजामती कर्मचारी खासगरी शिशुसहितका महिला कर्मचारीहरुको कार्यालय समयमा शिशु सम्भारसम्बन्धी समस्याको निराकरणको लागि शिशु स्याहार केन्द्रहरुको स्थापना गर्दै लगिनेछ । यसको कार्यान्वयन यसै आ।व। भित्र सिँहदरबारबाट प्रारम्भ गरिनेछ । सातौँ निजामती कर्मचारीले छोराछोरीको शिक्षाका लागि पिरोलिनु नपरोस् भनी आबासीय विद्यालयहरुको व्यवस्था गरिने भएको छ । यसका लागि दुई आवासीय विद्यालय स्थापनार्थ चालू आर्थिक वर्षमा करिब रु। ४ करोड विनियोजन गरी सकिएको छ । आठौँ निजामती कर्मचारीहरुको स्तरीय औषधोपचार सेवा उपलव्ध गराउने उद्देश्यले छुट्टै निजामती कर्मचारी अस्पताल सन्चालनमा ल्याइएकोछ । सो अस्पतालमार्फत विशिष्ट सेवा प्रदान गर्न एक राष्ट्रिय डाइग्नोस्टिक केन्द्र क्यान्सर उपचार केन्द्र र मृगौला प्रत्यारोपण केन्द्र यसै आर्थिक वर्ष भित्रै स्थापना गर्ने कार्यक्रम तय भएको छ । नवाँै निजामती कर्मचारीको स्वास्थ्य बिमाको सम्भाव्यता अध्ययन यसै वर्ष गरिनेछ । दशौँ उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कार सबै सेवा र मन्त्रालयलाई समेट्ने गरी आगामी वर्षदेखि दोब्बर संख्यामा बृद्धि गरिनेछ । यसप्रकार वर्तमान सरकारले राष्ट्रसेवकको मनोबल बढाउन र गुणस्तरीय जनशक्तिलाई सेवामा आकर्षित गर्न एकैपटक मैले माथि उल्लेख गरेका १०-१० वटा सेवा सुविधा र सहुलियतको कार्यक्रम ल्याएको छ । मलाई विश्वास छ- यसबाट कर्मचारीहरुको जाँगर र मनोबल दोब्बर बढ्नेछ । त्यसबाट कार्यक्षमतामा पनि बृद्धि हुनेछ । एक वर्षमा गर्ने काममा तीन वर्ष लगाउने परिपाटीलाई बदलेर तीन वर्षमा गर्ने काम एक वर्षमा गर्ने परिपार्टीको विकास हुनेछ ।

उच्च तहमा कार्यरत निजामती राष्ट्रसेवकको नीति मूल्याङ्कन र विश्लेषणमा संलग्नता बढाउन छिट्टै सरकारले क्षेत्रगत विशेषज्ञताका आधारमा सचिवहरुका समितिहरु गठन गरी हरेक नीतिगत विषयमा ती समितिहरुमा व्यापक छलफल गराई मात्र मन्त्रिपरिषद्मा पठाउने व्यवस्था गर्न लागेको जानकारी गराउन चाहन्छु ।

यी सबै सेवा-सुविधा र व्यवस्थाबाट राष्ट्रसेवकका मनोवल बढ्न गई उनीहरुको काममा लगाव बढ्ने अपेक्षा मैले गरेको छु । सरकारका काममा प्रभावकारिता बढ्ने र जनताको सन्तुष्टी पनि बढ्ने अपेक्षा मैले गरेको छु । आजको दिनबाट ुजनताका लागि प्रशासनु भन्ने मूल नारालाई सार्थक बनाउन तपाईंहरु सबैलाई उत्पे्ररणा मिलोस् भन्ने कामना गर्दछु ।

निजामती प्रशासनको नामले मुलुकमा भएको राजनीतिक परिवर्तन र सेवा सुविधाको सन्दर्भमा जनआकाक्षांको प्रतिनिधित्व गर्न नसक्ने भएको हुँदा यसको नाममा परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ । यसका लागि अव आइन्दा निजामती प्रशासनलाई ुनागरिक प्रशासनु भनिनेछ । सोका लागि प्रचलित कानुनहरुमा आवश्यक संशोधन गरिनेछ ।

धन्यवाद !

सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले निजामती सेवा दिवसका अवसरमा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित कार्यक्रम २०६६ भदौ २२ िसंहदरबार काठमाडाँै मा व्यक्त गर्नुभएको मन्तव्य







प्रिन्ट गर्नुस्