Madhav Kumar Nepal

संसदको गरिमामा आँच पुगेको छः प्रधानमन्त्री

काठमाडौं, १६ असार । प्रधानमन्त्री माधवकुमार नेपालले अब पनि संसद सुचारु हुन नसके संसदको गरिमामै आँच पुग्नसक्ने बताउनु भएको छ । संसदीय अध्ययन तथा विकास तथा संस्थापनाले संसदीय दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री नेपालले संसद सुचारु नभए नागरिक सर्बोच्चत्ताको पनि उपहास हुने उल्लेख गर्नुभयो । उहाँले अबरुद्ध संसद खुलाउन संवाद जारी रहेपनि गति सुस्त भएकाले छिट्टै टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभयो । संसद नै समस्या समाधान गर्ने निणर्ायक थलो भएकाले अबरुद्ध गरिरहँदा दलहरुबीच द्वन्द्ध र अविस्वाश बढ्ने बताउँदै प्रधानमन्त्री नेपालले नागरिक सर्बोच्चत्ताका नाममा अनावस्यक रुपमा जनतालाई भ्रममा पारेर अविस्वाश नबढाउन माओवादीलाई आग्रह गर्नुभयो । 'नागरिक सर्बोच्चत्ता विधिको सर्बोच्चता हो, अनावस्यक विवादले कसैलाई फाइदा पुर्‍याउँदैन त्यैसैले सम्वादबाटै सबै समस्याको हल गरौं ।' प्रधानमन्त्री नेपालले भन्नुभयो । उहाँले गणतन्त्रलाई जनमूखि, लोकतान्त्रिक र सुदृढ गर्न ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा सभामुख सुवाश नेम्वाङले सदनको अबरोधनले जनताको आवज अबरुद्ध भएकाले पालैपालो अबरुद्ध गर्ने विगतका नराम्रा प्रवृत्तिबाट पाठ सिक्न दलहरुलाई आग्रह गर्नुभयो । माओवादीले राष्ट्रिय सरकार गठनको कुरा गरेपनि त्यो पनि संसदबाटै जन्मिने भएकाले ठट्यौली पाराले ब्यंग्य प्रहार गर्दै सभामुख नेम्वाङले अब संसद खुल्ने आशा आफूमा पलाएको उल्लेख गर्नुभयो । कार्यक्रममा माओवादी नेता डा. बाबुराम भट्टराई,पूर्व सभामुख दमननाथ ढुंगनालगायतले बोल्नु भएको थियो ।
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्