Madhav Kumar Nepal

प्रेस वक्तव्य

 २५ असार २०७७

प्रेस वक्तव्य

अविरल वर्षाबाट सिर्जित बाढीपहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे, गुल्मीको इस्मा, बझाङको केदारस्युँ लगायत देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिको घटनाले मलाई अत्यन्त दु:ख लागेको छ । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनुहुने सवै दाजुभाइ-दिदीबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै मृतकका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

मनसुन भित्रिएसँग हरेक वर्ष बाढी, पहिरो, डुबान र पानीजन्य रोगका कारण मुलुकमा जनधनको ठूलो क्षति हुने गरेको छ । यसबर्ष कोरोना भाइरसको महामारीले झन जोखिम थपेको छ । त्यसैले प्राकृतिक प्रकोपको क्षति न्युनिकरण गर्न सवै तहका सरकार र सम्बन्धित संस्थाहरुले उद्धार र व्यवस्थापनमा विशेष तयारी गर्नुपर्ने आवश्यकता छ ।

प्राकृतिक विपतको संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यमा सक्रियतापुर्वक जुट्न पार्टी कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई पनि आव्हान गर्दछु ।

 

unnamed.png

माधवकुमार नेपाल

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्