Madhav Kumar Nepal

पूर्वमन्त्री पुर्णकुमार शेर्माप्रति हार्दिक श्रद्धाञ्जली

२९ फागुन, काठमाडौं ।

नेपाली राजनीतिका सरल ब्यक्तित्व, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पुर्णकुमार शेर्माको निधनले दु:खित बनाएको छ । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँ मेरो प्रधानमन्त्री कालमा नेपाल सरकारको स्थानीय विकास मन्त्री हुनुका साथै मूलुक र जनताप्रति इमान्दारिपूर्वक लाग्ने राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको निधनबाट देशले एक परिपक्व र ईमान्दार नेता र हामीले असल मित्र गुमाएका छौं । स्व- शेर्माप्रती हार्दिक श्रद्धाञ्जलीका साथै परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।

 

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्