Madhav Kumar Nepal

धरान उपमहानगरपालिकाका पुर्व प्रमुख एवम् राजनीतिज्ञ ध्यानबहादुर राईप्रति हार्दिक श्रद्धाञ्जली

 

हार्दिक श्रद्धाञ्जली

धरान उपमहानगरपालिकाका पुर्व प्रमुख एवम् राजनीतिज्ञ ध्यानबहादुर राईको उपचारका क्रममा सोमबार ललितपुरको पाटन अस्पतालमा निधन भएको खवरले मलाई अत्यन्तै दु:ख लागेको छ ।

२०४९ सालमा भएको स्थानीय निकाय चुनावमा तत्कालिन नेकपा एमालेबाट नगर प्रमुख निर्वाचित हुनुभएका राईले समाज परिवर्तनको आन्दोलनमा महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । आधुनिक धरान शहरको योजनाकार समेत रहनुभएका राईको निधनबाट धरानले एक कर्मठ राजनीतिज्ञ तथा समाजसेवी गुमाएको छ ।

यस दु:खद घडीमा दिवंगत राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

 

६ माघ २०७६

माधवकुमार नेपाल

पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्