Madhav Kumar Nepal

कागेश्वरी मनोहरा साक्षर नगर घोषणा, नगरको समग्र विकासमा अझ सक्रिय हुन पुर्व प्रधानमन्त्री नेपालको सुझाव

३ माघ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणा भएको छ । कागेश्वरी मनोहरा नगरपालिमाको डाँछीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालले शिक्षालाई व्यवहारिक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणा भएकोमा नगरप्रमुख कृष्णहरि थापालाई बधाई दिनुहुदै नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायत नगरको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा अझ बढि सक्रिय भएर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले योजनाबद्ध विकासका लागि प्रदेश सरकारले काम गरिरहको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख थापाले साक्षर नगरका लागि सबै सूचक पुरा गरी साक्षर नगर घोषणा गरिएको बताउनुभएको थियो । 

नगर प्रमुख थापाले नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, पर्यटन प्रबर्दन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायत नगरको समग्र विकास र समृद्धिलाई प्राथमिकता दिएर काम गरिरहेको पनि बताउनुभयो । जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले साक्षर नगर घोषणा गर्न सफल भएकोमा नगर प्रमुख थापा सहित कागेश्वरी मनोहरा नगरपालिका परिवारलाई बधाई दिनुभयो ।

कार्यक्रममा २०७५ सालको एसईई परीक्षामा कागेश्वरी मनोहरा नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये सर्बोत्कृष्ट अंक ल्याउने छात्रछात्रा र  विद्यालयहरुलाई सम्मान पनि गरिएको थियो ।

 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्