Madhav Kumar Nepal

‘एक भोट पनि तलमाथि नहोस्’ : नेपाल

सर्लाही, माघ १ गते । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्देशनबाट दायाँबायाँ नहुन नेकपाका सांसद र स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई निर्देशन दिनुभएको छ । नेपालले यही माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एक भोट पनि तलमाथि हुन नहुने बताउनुभयो ।

वुधवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्ध पीडित बाल गृहमा जनवादी गायक जेबी टुहुरेको एकल साङगीतिक प्रस्तुति समारोहलाई सम्वोधन गर्दै नेता नेपालले पार्टीका जनप्रतिनिधिलाई मतको अधिकार प्रयोग गर्न निर्देशन दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेकपा वरिष्ठ नेता नेपालले सकारात्मक सन्देश प्रवाह गर्न र पार्टीको पुरानो सिट सुरक्षित गर्न प्रदेश २ मा राजपासँग सहकार्य गरिएको बताउनुभयो । उहाँले दुवै पार्टीले उठाएका उम्मेदवार बाहेक अरुको पक्षमा मतदान नगर्न पार्टीका जनप्रतिनिधिलाई सचेत गराउनुभयो ।

फरक प्रसङ्गमा नेकपा वरिष्ठ नेता नेपालले सङगीतले जातिय भावना हटाई समाजलाई एकतावद्ध बनाउन ठूलो योगदान पु¥याइरहेको बताउनुभयो । कार्यक्रममा ७५ वर्षीय जनवादी गायक टुहुरेले प्रत्यक्ष वाद्यवादनका साथमा साङगीतिक प्रस्तुति देखाउनुभयो ।्

जेबी टुहुरे फाउण्डेसनको आयोजना, हरिवन नगरपालिकाको प्रवद्र्धन र द्वन्द्ध पीडित बाल गृह सञ्चालन गरिरहेको चेतना सन्देश नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, जिल्लाका सांसद, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिज्ञ, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो । बाल गृहमा मङ्गलवार चौतारी ब्याण्डले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा साङगीतिक प्रस्तुति आयोजना गरेको थियो । स्रोत: गोरखापत्र दैनिक ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्