Madhav Kumar Nepal

एमसीसीका कतिपय प्राबधान सच्याउनुपर्छ: वरिष्ठ नेता नेपाल

सिन्धुली, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ  नेता एबम् पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन  एमसीसीसँग भएको अनुदान सम्झौताका कतिपय प्राबधान सच्याउनुपर्ने बताउनुभएको छ । 
 
आज बिहान सिन्धुलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भन्नुभयो, 'हामी सबैको सहयोग लिन तयार छौ तर सहयोगको नाममा कतिपय गलत मनसायले प्रेरित भएर आउने कुराहरु भने मान्य हुदैन ।'
 
एमसीसीसँग भएको अनुदान सम्झौताका कतिपय प्राबधान स्वीकार गर्न नसकिने खालका रहेको नेता नेपालले बताउनुभयो । नेकपाका जनप्रतिनिधिलाई सय बर्षको दुरदृष्ट्रि  राखेर काम गर्न पनि नेता नेपालले सुझाव दिनुभयो ।  
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्