Madhav Kumar Nepal

पूर्व प्रधानमन्त्री नेपालसँग किरिवाटी गणतन्त्रका पूर्व राष्ट्रपतिद्वारा भेट

 मितिः १३ साउन, २०७३

 

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग किरीबाटी गणतन्त्रका पूर्व राष्ट्रपति एनोट टङ्गले भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा आज विहान भएको भेटमा उहाँहरुबीच जलबायु परिवर्तन र पर्यावरण संरक्षण सहितका विविध विषयमा कुराकानी भयो ।

भेटका क्रममा किरीवाटीका पूर्व राष्ट्रपतिले माल्दिभ्सले समुन्द्रमुनी र नेपालले सगरमाथाको आधार शिविरमा सम्पन्न गरेका मन्त्रीपरिषद्का बैठकको स्मरण गर्दै उक्त बैठकहरुले जलवायु परिवर्तन र पर्यावरणका सम्बन्धमा विश्वको ध्यान आकृष्ट गर्न सफल भएको कुरा उल्लेख गर्नुभयो ।

ठूला देशहरु जलवायु परिवर्तन र पर्यावरण संरक्षणका सन्दर्भमा विगतका दिनमा गरेका प्रतिबद्धहरुबाट पछि हट्ने अवस्थाको अनुभूति भएकोमा दुबै नेताहरुले चिन्ता व्यक्त गर्नुभयो 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्