Madhav Kumar Nepal

शुभकामना !

 २०७३ असार २२ गते 

शुभकामना !
मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजु–भाई तथा दिदी– बहिनीहरुलाई हार्दिक शुभकामना सहित यहाँहरुको सुख, शान्ति एवम् सम्बृद्धिको कामना गर्दछुु ।
नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान हो । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । 
२०७३ को इद उल फित्र मनाइरहँदा हामी संविधान कार्यान्वयन सहित आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने कोशिस गरिरहेका छौँ । पारस्परिक एकता र आपसी समझदारीबाट बृहत सहमती कायम गरी अगाडि बढ्न सकेमा मात्र हाम्रो यो कोशिस सार्थक हुनेछ ।
संविधानको सफल कार्यान्वयन सहित राष्ट्रिय एकता, राष्ट्रियता तथा पारस्परिक सद्भावलाई थप मजबुद बनाउन इद उल फित्रले हामी सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै पुनश्चः सबैमा इद उल फित्रको शुभकामना व्यक्त गर्दछु । 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्