Madhav Kumar Nepal

प्रेस नोट

 मितिः २०७३ असार २२ गते 

प्रेस नोट
पूर्वप्रधानमन्त्री, नेकपा (एमाले)का वरिष्ठ नेता तथा वैदेशिक मामिला विभागका प्रमुख मा. माधवकुमार नेपाल भियतनाममा आयोजित कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठकमा भाग लिई आज थाइ एअरवेजको उडान नं टीजी ३१९ बाट बैंकक हुँदै स्वदेश फर्किनुभएको छ । 
भियतनाममा रहँदा उहाँले जुलाई २ (असार १८) मा भएको कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठकमा भाग लिनुका साथै उक्त बैठकलाई नेकपा (एमाले)को तर्फबाट सम्बोधन गर्नुभएको थियो । सोही क्रममा उहाँले काल्र्समाक्र्सको २०० औं सतवार्षिकी समारोह एवम् सो अवसरमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने विषयमा नेपालमा पनि छलफल भैरहेको विषय जानकारी गराउनुभएको थियो । उहाँले भियतनाम कम्युनिष्ट पार्टी, यसका नेताहरु एवम् संसारका विभिन्न देशबाट आएका नेताहरुसँग द्विपक्षीय एवम् सामूहिक भेटवार्ता गर्नुभयो ।
भ्रमणका क्रममा उहाँले भियतनामको औद्योगिक क्षेत्र एवम हाइड्रोपावर परियोजनाहरुको अवलोकन गर्नुका साथै उक्त देशले अहिले हासिल गरिरहेको दोहोरो अंकको आर्थिक बृद्धिदर तथा विकासका सम्बन्धमा भियतनामी कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल समेत गर्नुभयो ।
भियतनामबाट फर्किनेक्रममा उहाँ सिंङ्गापुरमा गोर्खा कन्टिन्जेन्स तथा नेपाली समुदायले आयोजना गरेका कार्यक्रमहरुमा प्रमुख अतिथिको रुपमा सरिक हुनुभयो ।  
त्रिभुवन विमानस्थलमा अवतरण पश्चात उहाँले आफ्नो भ्रमण पूर्ण रुपमा सफल भएको कुरा उल्लेख गर्दै समयको माग अनुरुप कम्युनिष्ट तथा समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा छलफल भएको कुरा उल्लेख गर्नुभयो ।
राष्ट्रिय राजनीतिका सन्दर्भमा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफमा उहाँले राष्ट्रका अगाडि रहेका विद्यमान चुनौतिहरुको सामना गर्न र संविधानको कार्यान्वयन गर्न राष्ट्रिय सहमती निर्माण गर्ने विषयमा छलफलहरु भएका हुनसक्ने बताउँदै प्रधानमन्त्री बन्ने विषयलाई भन्दा राष्ट्रिय सहमतीलाई प्राथमिकतामा राख्नुपर्ने कुरा उल्लेख गर्नुभयो । राष्ट्रिय सहमतीको आधार निर्माण, कार्ययोजना र कार्यान्वयनको शुनिश्चिततामा सबैको ध्यान केन्द्रित हुनुपर्ने कुरा उल्लेख गर्दै उहाँले एउटा बहुमतीय सरकारको सट्टा अर्को बहुमतीय सरकार निर्माण गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय सहमती निर्माण गर्न प्रयत्न गर्ने विषय नेकपा (एमाले)को घोषित नीति एवम् समयको माग दुबै भएको कुरा समेत उहाँले उल्लेख गर्नुभयो । 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्