Madhav Kumar Nepal

कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठक

२०७३ असार १४ गते 

पूर्वप्रधानमन्त्री, नेकपा (एमाले)का वरिष्ठ नेता तथा वैदेशिक मामिला विभागका प्रमुख मा. माधवकुमार नेपाल भियतनाममा आयोजना हुने कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठकमा भाग लिन जाने क्रममा आज दिउँसो थाइ एअरवेजको उडान नं टीजी ३२० बाट बैंकक प्रस्थान गर्नुभएको छ । 
भियतनाममा उहाँले जुलाई २ (असार १८) मा हुने वर्किङ्ग कमिटीको बैठकमा सहभागी भई उक्त बैठकलाई सम्बोधन गर्नुका साथै भियतनाम एवम् संसारका विभिन्न देशबाट आउनुहुने नेताहरुसँग द्विपक्षीय एवम् सामूहिक भेटवार्ता गर्नुहुनेछ । यसका अतिरिक्त उहाँले भियतनामको औद्योगिक क्षेत्र एवम हाइड्रोपावर परियोजनाहरुको समेत अवलोकन गर्नुहुनेछ ।
भियतनामबाट फर्किनेक्रममा उहाँ सिंङ्गापुरमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी भई असार २२ गते स्वदेश फर्किनुहुनेछ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्