Madhav Kumar Nepal

विदेशी पाहुनाहरु सँग भेटघाट

 २०७२ फाल्गुण २१, काठमाडौँ 

नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा नेपाल आउनु भएका विदेशी पाहुनाहरु (जो सँग नेकपा (एमाले)को भाइचारा तथा माधव नेपालको आफ्नै सम्बन्ध छ) को सम्मानमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) विदेश मामिला विभाग प्रमुख मा. माधव कुमार नेपालले विभागको तर्फबाट हिजो र आज क्रमशः प्रि लञ्च एवम् ब्रेकफास्ट मिटिङ्गको आयोजना गर्नुभयो । क्रमशः होटल द्वारिकाज, बत्तिसपुतली र नेपाल हाउस रेष्टुरेष्ट, बालुवाटारमा आयोजित यी दुबै बैठकमा उहाँहरुको पार्टी तथा नेकपा (एमाले) एवम् सम्बन्धित देश तथा नेपाल बीचको सहयोग, सम्बन्ध र विकासका विविध विषयमा महत्वपूर्ण कुराकानी भए ।
हिजो होटल द्वारिकाजमा भएको प्रि लञ्च मिटिङ्गमा भारतको विहारका मुख्य मन्त्री नितिशकुमार तथा भारतीय नेता के.सी. त्यागी नेपालका लागि भारतीय राजदूत रणजीत राय सहित सहभागी हुनुभएको थियो भने नेपाली पक्षबाट पूर्व प्रधानमन्त्री नेपालका साथ पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, पोलिटव्यूरो सदस्य बंशीधर मिश्र, पूर्व राजदूत उदयराज पाण्डे सहभागी हुनुभयो । 
आज नेपाल हाउस रेष्टुरेष्ट, बालुवाटारमा भएको बे्रकफास्ट मिटिङ्गमा भारतीय जनता पार्टीका उपाध्यक्ष भगत सिंह कोषयारी, बंगलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनु, बंगलादेशका अहमद समीम, भारतीय नेशनल काँगे्रसका महामन्त्री हरी प्रसाद, कम्बोडियाका योस सन् तथा कङ्ग कन्भेअस्ना, सोसलिस्ट इन्टरनेशनलका महासचिव लुइस आयला, भारतीय नेताहरु पल्लभ सेन गुप्ता, रीता जोशी, जोगेन्दर शर्मा, अनिल कुमार, यसवन्त, मरिनल डोभल, जगदिश, विजय प्रताप सहितका पाहुनाहरु सहभागी हुनुभयो, बंगलादेशका सञ्चारमन्त्रीका साथ नेपालका लागि बंगलादेशकी राजदूत मास्फी विन्ते साम्सको पनि उपस्थिति रहेको थियो । 
यी दुबै बैठकले सहभागी देश तथा पार्टीको नेकपा (एमाले) एवम् नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउन योगदान दिएका छन् ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्