Madhav Kumar Nepal

प्रदेशको निर्धारित संख्यामा थप घट गरेमा देश झन् ठूलो चक्रव्यहूमा फस्ने

 माघ २३, तानसेन, पाल्पा, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ७ प्रदेशको निर्धारित संख्यामा थप घट गरेमा देश झन् ठूलो चक्रव्यहूमा फस्ने बताउनुभएको छ । 

नेकपा एमाले पाल्पाले आयोजना गरेको संविधान कार्यान्वयन तथा राष्ट्रिय एकता सुदृढीकरण जिल्लास्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । मुलुकको राष्ट्रियतामाथि चुनौती देखिएको उल्लेख गर्दै एमाले नेता नेपालले मधेशलाई पहाड र हिमालबाट अलग गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । मधेश आन्दोलनका नाममा देशलाई गम्भीर अवस्थामा पु¥याउने खेल भएको भन्दै उहाँले भन्नुभयो, ‘यहाँ आएर कुर्लिनेहरु त्यहाँ गएर म्याउ म्याउ गर्ने रहेछन् ।’ मतादेशको आधारमा निर्णय गरिएको भन्दै केही शक्तिले भ्रम छर्न खोजेको उल्लेख गर्दै उहाँले जनादेशभन्दा मतादेश ठूलो हुने र लोकतन्त्रमा मतकै आधारमा निर्णय लिइने बताउनुभयो । 
उहाँले आजै पाल्पा स्थित प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु तथा पार्टी कार्यकर्ताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । 
उहाँ भोली तानसेनमा प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्