Madhav Kumar Nepal

उदयपुर केन्द्रित पूर्व क्षेत्रका पार्टी कार्यकर्ता तथा जनताहरुसँग भेटघाट

मंसीर ११, गाईघाट, उदयपुर 
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल उदयपुर केन्द्रित भई पूर्व क्षेत्रका पार्टी कार्यकर्ता तथा जनताहरुसँग भेटघाटको लागि २०७२ मंसीर १० गते बेलुकी मोरङ्गको विराटनगर, सुनसरीको इटहरी तथा धरान हुँदै उदयपुरको गाईघाट पुग्नुभएको छ । गाइघाटमै वहाँले सिरहा र सप्तरीका जिल्ला पार्टी अध्यक्ष सहितका कार्यकर्ताहरुसँग पनि छलफल गर्नुभएको छ । उहाँको उक्त भ्रमण अन्तर्गत अहिलेसम्म तल उल्लेख भए अनुसारका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन् ः
 
मंसीर १० गते 
१. बेलुकी ६ः१५ बजे विराटनगर विमानस्थलमा अवतरण गर्दा पार्टीका केन्द्रीय सदस्यहरु सहित कार्यकर्ताहरुद्वारा स्वागत, संक्षिप्तमा कार्यकर्ता भेटघाट 
२. ६ः२५ बजे, विराटनगर विमानस्थलमा  पत्रकार भेटघाट 
३. बेलुकी ७ः३० बजे, इटहरीको होटल पी एन आर मा सुनसरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी सहित कार्यकर्ता भेटघाट 
४. बेलुकी ८ः०० बजे, धरान, पार्टी कार्यकर्ताहरुसँग भेटघाट  
४. बेलुकी ९ः१५ बजे धरान स्थित अस्पतालमा पुगी भारतीय सीमा सुरक्षा बलद्वारा गोली प्रहार गरी घाइते बनाइएका निर्दोष नेपाली युवाहरुको स्वास्थ्य स्थितिबारे जानकारी तथा स्वास्थ्यलाभको कामना 
 
मंसीर ११ गते 
१. विहान ७ः०० बजे, मैनामैनी, ९९ वर्षीय जेष्ठ नागरिक माधव राईसँग भेटघाट 
२. ७ः१५ बजे, उदयपुरको रामपुर, ठोक्सिलामा सहयोगी बचत तथा क्रृण सहकारी सहित स्थानीय जनताद्वारा विशेष स्वागत, सर्वदलीय ज्ञापन पत्र ग्रहण, उपस्थित समुदायलाई सम्बोधन, संविधान निर्माण, वर्तमान संकट, नेपाली समाजको शान्तीप्रिय संरचना, संविधान शंसोधन, मधेसमा फैलाइएका भ्रमहरुको निवारण लगायतका विषयमा केन्द्रित मन्तव्य
३. ७ः५० बजे, उदयपुर जिल्लाको रामपुर लालटारमा स्थानीय पार्टी कार्यकर्ता तथा जनताद्वारा आयोजित विशेष स्वागत ग्रहण 
४. ९ः३० बजे बसाह पुगी नारदमुनी चोकको वर्खेडाँडामा रहेको नारदमुनी थुलुङ्गको शालिकमा माल्यार्पण, उक्त स्थानको वस्ती बसाउन नारदमुनी थुलुङ्गले मुख्य नेतृत्व गरेको जानकारी प्राप्त, श्री नारद आदर्श उच्च मा.वि.द्वारा बुझाइएको ज्ञापन पत्र ग्रहण 
५. ९ः५५ बजे, बेल्टारमा पुगी पुष्पलालको शालिकमा माल्यार्पण, त्यहाँ उपस्थितलाई संक्षिप्त संबोधन, जातीयताका सन्दर्भमा पुष्पलालले आफुलाई श्रेष्ठ थरले होइन पुष्पलाल नामले मात्र चिन्न भनेको र सोही अनुसार पुष्पलाल मात्र लेख्ने गरेको प्रसङ्ग विशेष रुपमा उल्लेख 
६. १०ः४५ बजे हडिया गाउँ पार्टी कार्यालयमा कार्यकर्ता तथा स्थानीय जनताद्वारा स्वागत, कार्यकर्ताहरुसँग भेटघाट 
७. ११ः१५ बजे जोगिदहमा  श्री जनप्रेमी नि.मा.वि.पुग्दा प्रधानाध्यापक रमण पौडेल सहित विद्यालय परिवार, स्थानीय कार्यकर्ता तथा जनताद्वारा स्वागत, उक्त विद्यालयको भवन उद्घाटन, उक्त समारोहलाई सम्बोधन 
८. १ः१५ बजे, उदयपुर गाईघाटमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट तथा अन्तक्र्रिया 
९. २ः०० बजे, सिटी हल, उदयपुरमा जिल्ला स्तरीय कार्यकताको प्रमुख आतिथ्यता ग्रहण, उक्त भेलालाई नेकपा (एमाले), संविधान निर्माण, अघोषित नाकावन्दी तथा नेपालले भोगिरहेको संकट, जनताको एकता एवम् नेपाली समाजको शान्तिप्रिय चाहना, आर्थिक प्रगति र विकासको विषयमा केन्द्रित विशेष सम्बोधन
१०. ४ः१५ बजे, प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित महत्वपूर्ण सरकारी कर्मचारीहरुसँग भेटघाट, भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक एवम् विकास सहित जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी 
११. ५ः१५ बजे, सिटीहल, उदयपुरमा सप्तरीका जिल्ला पार्टी अध्यक्ष सहितका कार्यकर्ताहरुसँग भेटघाट 
१२. ६ः१५ बजे, सिटीहल, उदयपुरमा सिरहाका जिल्ला पार्टी अध्यक्ष सहितका कार्यकर्ताहरुसँग भेटघाट 
 
उहाँ मंसीर १२ गते उदयपुरकै कटारी जाने र त्यहाँ आयोजित कार्यकर्ता भेला सहितका कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्