Madhav Kumar Nepal

बङ्गलादेश र पाकिस्तानका राजदूतहरुद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट

 १० मंसीर, काठमाडौँ, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद् खोसाले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ । आज विहान पूर्व प्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएका भेटहरुमा वहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भयो । 

 
भेटमा दुबै देशका राजदूतहरुले नेपालको संविधान निर्माण तथा कार्यान्वयन गर्ने कुरा नेपालको आन्तरिक विषय भएको एवम् नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो देशको चाहना रहेको कुरा उल्लेख गर्नुभयो । साथै वहाँहरुले संविधान जारी एवम् कार्यान्वयन गर्ने समयमा नेपालका कतिपय स्थानामा देखिएको आन्दोलन एवम् अशान्तिलाई संबाद् र वार्ताको प्रक्रियाद्वारा हल गर्न नेपाल सरकार र नेपाल राजनीतिक दलहरुलाई सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । पारवाहन अबरोधका कारण नेपालका जनताले अहिले भोगिरहेको इन्धन, औधषी लगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्या प्रति दुबै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्न समेत दुबै देश तयार रहेको कुरा उल्लेख गर्दै वहाँहरुले वर्तमान असहज परिस्थितिको छिट्टै अन्त्य होस् भन्नेमा दुबै देशको समान धाराणा समेत उल्लेख गर्नुभयो ।
 
पाकिस्तानी राजदूतले भौगोलिक अवस्थितिका कारण वाञ्छित सहयोग उपलब्ध गराउन कठिनाई हुने कुरा व्यक्त गर्नुभयो भने बङ्गलादेशी राजदूतले सार्क शिखर सम्मेलनताका (१९ जुन, २०१५मा) प्रस्तुत भएको सार्क स्तरीय पारवाहन प्रस्ताव (बी.बी.आई.एन. मोटर भेहिकल एग्रिमेन्ट)को चर्चा गर्दै बङ्गलादेश, भुटान, भारत र नेपाल बीच निर्वाध पारवाहनको लागि उक्त संझौता शिघ्र गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
 
उक्त अवसरमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा सम्पूर्ण मित्रहरु खुसी हुनुपर्ने र नेपालभित्रका समस्याहरु आन्तरिक रुपमा हल गर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । साथै वर्तमान संकटको सामना गर्न नेपालमा आन्तरिक प्रयास जारी रहेको र यसमा अन्तर्राष्ट्रिय मित्रहरुको  समर्थन एवम् सहयोग रहोस् भन्ने नेपाल र नेपाली जनताको चाहना उल्लेख गर्नुभयो ।
 
आजको भेटले नेपाल र बङ्गलादेश तथा नेपाल र पाकिस्तान बीचको सम्बन्धलाई थप बलियो बनाउन योगदान दिएको छ ।
 
 
 
मोहन गौतम 
पूर्व प्र
 

 

प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्