Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, नवौँ दिन

 मंसीर ७, गमगढी, मुगु

 
पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज नवौँ दिन मुगु जिल्लामा निम्नलिखित कार्यक्रमहरु सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. विहान ७ः१५ बजे रारा तालको छेउमा रहेको नेपाली सेनाको दुर्गा भञ्ज्याङ्ग गुल्म प्रमुखसँग रारा ताल, निकुञ्ज र यसको संरक्षणमा पछिल्लो समयमा भएका प्रगतिबारे जानकारी, नेपाली सेनाले सञ्चालन गरेको डुङ्गाबाट रारा तालको चौडाइतर्फको जलयात्रा    
२. विहान १०ः४० बजे श्रीनगर गाउँ कमिटी, मुगुको स्वागत कार्यक्रममा सहभागी, स्वागत ग्रहण तथा मन्तव्य 
३. १२ः२० बजे, जिल्ला प्रशासन कार्यालयको बैठक कक्ष, गमगढीमा जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग अन्तक्र्रिया तथा निर्देशन   
४. १ः०५ बजे जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम 
५. १ः४५ बजे बाजागाजा र साँस्कृतिक झाँकी सहितको ¥यालीमा सहभागी, ¥याली पछि महाकाली उ.मा.वि.को प्राङ्गणमा आमसभा शुरु, आमसभालाई विशेष सम्बोधन, सम्बोधनमा कर्णाली तथा मुगुको विकास समस्या तथा यसका लागि लिइनुपर्ने पहलकदमी, नेकपा (एमाले) र संविधान निर्माणमा नेकपा (एमाले)ले खेलेको भूमीका, संविधानले महिला, मधेसी, दलित, जनजाती, पिछडिएको क्षेत्र लगायतलाई दिएका अधिकारहरु, भारतको अघोषित नाकावन्दी, चीनसँगको नाक्चे लाग्ना नाकाको विकास संभावना, आर्थिक विकास र सामाजिक विकासका लागि सरकार एवम् जनताको दायीत्वका विषय उल्लेख 
६. सोही सभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्ने झण्डै २०० जनालाई टिका, खादा तथा माला लगाएर स्वागत 
७. बेलुकी ६ः३० बजे गमगढीको होटल ग्राण्डमा नेकपा (एमाले) जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशन 
 
उहाँ भोली मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज हुँदै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्