Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, आठौँ दिन

 मंसीर ६, राराताल, मुगु

 
पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज आठौँ दिन जुम्ला जिल्लाको गोठी ज्यूलाबाट मुगु जिल्लाको प्रसिद्ध राराताल जाने क्रममा तल उल्लेख भए बमेजिमका स्थानमा निम्नलिखित कार्यक्रमहरु सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. विहान ७ः१५ बजे जुम्ला जिल्लाको गोठी ज्यूला नजिकै स्थानीयद्वारा स्वागत तथा सडकमै स्थानीय खाजा खुवाउने कार्य 
२. जुम्लाबाट मुगु जाने सडक अन्तर्गत जिअको लेकमा कठिन पहाड काटेर बनाइएको सडकखण्डको विशेष रुपमा निरीक्षण 
३. विहान ९ः०० बजे जुम्ला र मुगुको सिमानामा पर्ने रादै–७, बुम्रमाडी चौर, मैपानी (भुलभुले)मा स्वागत ग्रहण 
४. १२ः०० बजे पिना गा.वि.स.मा बाजागाजा, स्थानीय नाच तथा भुइचम्पा (मागल) नाच  सहितको विशेष स्वागत ग्रहण, संक्षिप्त सभा र उक्त सभालाई विशेष सम्बोधन    
५. बेलुकी ४ः३० बजे मुगु जिल्लाको रारा ताल छेउमा निकुञ्ज क्षेत्रभित्र रहेको डाँफे गेष्ट हाउस एण्ड रेष्टुरेण्ट पुग्दा मुगुका पूर्व पार्टी प्रमुख गोपाल बम सहित उपस्थित स्थानीय कार्यकर्ताद्वारा स्वागत 
 
उहाँ भोली मुगु जिल्लाको सदरमुकाम गमगढी जाने र त्यहाँ आयोजित विशेष जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्