Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, सातौँ दिन

 मंसीर ५, गोठी ज्यूला, जुम्ला

 
पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज सातौँ दिन जुम्ला जिल्लाको ऐतिहासिक सिंजा उपत्यका सहित विभिन्न स्थानमा निम्नलिखित कार्यक्रमहरु भव्य रुपमा सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. विहान ८ः०० बजे होटल कान्जिरोवामा पार्टी प्रवेश कार्यक्रम 
२. विहान ९ः०० बजे सिंजाको लागि प्रस्थान, विभिन्न स्थानमा कार्यकर्ता तथा जनताद्वारा आयोजित स्वागत ग्रहण 
३. १०ः०० बजे मआवै पातरखोला गा.वि.स.मा स्वागत ग्रहण    
४. कालिका खेतु गा.वि.स.मा कार्यकर्ता तथा जनताद्वारा आयोजना गरिएको स्वागत ग्रहण 
५. बड्की गा.वि.स.मा गरिएको स्वागत ग्रहण  
६. १ः१५ बजे नराकोट गा.वि.स.मा आयोजित भव्य स्वागत कार्यक्रममा सहभागी, स्थानीय बाजा सहितको झण्डै ४५ मीनेटको ¥यालीमा सहभागी
७. २ः३० बजे नराकोट गा.वि.स.मा विशेष सभा सुरु, उक्त सभालाई विशेष सम्बोधन, नेकपा (एमाले), संविधान निर्माणमा नेकपा (एमाले)को भूमिका, संविधानको कार्यान्वयन, भारतले गरेको नाकावन्दी, पारवाहन अधिकार र यसको बैकल्पिक व्यवस्थाका लागि चीनसँगका अन्य नाकाको साथमा नाक्चे नाग्ला नाकाको विकास संभावना साथै कर्णाली क्षेत्रको विकास लगायतका विषयलाई संबोधनको क्रममा विशेष जोड 
८. ६ः०० बजे जुम्ला जिल्लाको धापा गा.वि.स.मा भब्य स्वागत 
९. ६ः२० बजे पाण्डुगुफा गा.वि.स.मा बाजागाजा सहित आयोजित भव्य स्वागत ग्रहण तथा सम्बोधन 
१०. ६ः४० बजे विराट गा.वि.स.को गोरुचौर(पछाईवाडा)मा बाजागाजा सहितको भव्य स्वागत ग्रहण तथा सम्बोधन
११. ७ः०० बजे गोठीज्यूला गा.वि.स.मा बाजागाजा सहितको भव्य स्वागत ग्रहण, संक्षिप्त कार्यक्रम र सम्बोधन 
उहाँ भोली मुगु जिल्लाको रारातालको लागि प्रस्थान गर्ने र बाटोमा मुगु जिल्लाकै पिना गा.वि.स.मा स्थानीय जन भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्