Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, छैठौँ दिन

मंसीर ४, खलङ्गा, जुम्ला

 

पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज छैठौँ दिन जुम्ला जिल्लामा निम्नलिखित कार्यक्रमहरु भव्य उपस्थितिका बीच उपलब्धिमूलक रुपमा सपन्न भएका छन् । 

 

आज सम्पन्न कार्यक्रमहरु 

१. विहान ८ः०० बजे उहाँ बसेको होटलमा स्थानीय कार्यकर्ताहरुसँग भेट 

२. विहान ९ः३० बजे प्रेस चौतारी नेपालद्वारा आयोजित प्रत्रकार भेटघाट कार्यक्रम

३. १०ः३० बजे जुम्ला स्थित कार्यालय प्रमुखहरुसँग भेट   

४. कर्णाली क्षेत्रको विकास संभावना अन्तर्गत सुर्खेत–जुम्ला सडक, जुम्ला–सिंजा–मुगु सडक, कर्णाली राजमार्ग, चीन तर्फका हुम्लाको हिल्सा नाका, मुगुको नाक्चे लाग्ना नाका, जलविद्यूत तर्फ तिला कर्णाली तथा कर्णाली नदिमा बन्न सक्ने संभावित जलविद्यूत आयोजना, खेतीबाली तर्फ उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने स्याउ लगायतका फलफुल तथा अन्य उत्पादनहरु, पशुपालन तथा जडिबुटी जस्ता विषयको वर्तमान अवस्था, संभावना र योजनाका विषयमा कर्मचारी तथा स्थानीय बुद्धिजीविहरुसँग छलफल 

५. १ः०० बजे जुम्लाका स्थानीय बाजा र झाँकी सहित निस्केको ने.क.पा. (एमाले) जुम्लाको ¥यालीमा सहभागी 

६. १ः३० बजे खलंगा बजारको कभर्ड हलमा आयोजित ने.क.पा. (एमाले) जुम्लाको एक दिने प्रशिक्षण कार्यक्रमलाई विशेष सम्बोधन, पार्टी संगठन निर्माण, संविधान निर्माण, संविधानको कार्यान्वयन, नाकावन्दी, पारवाहन अधिकार र यसको बैकल्पिक व्यवस्थाका साथै कर्णाली क्षेत्रको विकास लगायतका विषयलाई संबोधनको क्रममा विशेष जोड

७. नेपाली काँग्रेस जुम्ला जिल्ला कार्यसमितिका सचिव दयादत्त हमाल सहित विभिन्न पार्टी परित्याग गरी ने.क.पा. (एमाले) मा प्रवेश गर्ने १२० जनालाई टिका, माला र खादा लगाएर एमालेमा स्वागत 

८. बेलुकी ६ः०० बजे जुम्लाको प्रसिद्ध तातोपानीमा पुगी उक्त क्षेत्रको अबलोकन तथा उक्त तातोपानीबाट नुहाउने कार्य   

 

उहाँ भोली जुम्लाको सिंजा जाने र कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्