Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, पाँचौ दिन

 मंसीर ३, खलङ्गा, जुम्ला

 
पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज पाँचौ दिन कालिकोट र जुम्ला जिल्लामा निम्नलिखित कार्यक्रमहरु व्यापक सहभागिता सहित उपलब्धिमूलक रुपमा सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. विहान ८ः१५ बजे कालिकोटको मान्मा स्थित चंखेली एफ.एम.लाई अन्तरवार्ता एवम् मान्मा बजारको अबलोकन, हुम्ला र डोल्पालाई समेत जोड्ने कर्णाली राजमार्ग तथा आसपासमा निर्माणाधिन बाटोहरुका साथै वरिपरिको बस्ती एवम् उक्त स्थानको विकासका बारेमा जानकारी लिने कार्य
२. ९ः०० बजे प्रेस चौतारीको पत्रकार भेटघाट  
३. ९ः४५ बजे जिल्ला स्थित कार्यालय प्रमुख तथा कर्मचारीहरुसँग भेट  
४. १०ः१५ बजे कालिकोटका विभिन्न राजनीतिक पार्टीका प्रमुखहरुसँग भेटघाट
५. १०ः४५ बजे नेकपा नेकपा (एमाले)का जिल्ला कमिटीका नेताहरुलाई निर्देशन 
६. १ः०० बजे कालिकोटका बाजा (साँस्कृतिक झाँकी) सहितको जुलसमा सहभागी  
७. १ः१५ बजे कालिकोट जिल्ला सदरमुकाम मान्मामा जिल्ला कमिटी कालिकोटको आयोजनामा आमसभा सुरु, विकट स्थान भएपनि उत्साहजनक रुपमा जनताको सहभागिता, संविधान निर्माण, संविधान कार्यान्वयनको वर्तमान अवस्था, नाकाबन्दी, भेरी–कर्णाली क्षेत्रको विकास लगायतका विषय सहित सभालाई सम्बोधन 
८. ४ः१५ बजे कालिकोटको सदरमुकामका लागि राकम कर्णालीबाट प्रस्थान, कर्णाली राजमार्गका जोखिमहरुको ठाउँ ठाउँमा अबलोकन
९. ५ः०० बजे कालिकोट जिल्लाको आमसभा सकेर जुम्लाको लागि प्रस्थान, तिला कर्णालीको माथि निर्मित सुर्खेत–जुम्ला सडक हुँदै ८ः१५ बजे जुम्लाको खलङ्गा, बीच बीचमा तिला कर्णालीको पानी, वरिपरिका वस्ती तथा बाटोको अवस्था बारे अबलोकन  
१०. कालिकोट र जुम्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा स्थानीय जनताद्वारा फुल, माला, अविर र खादाले स्वागत, जुम्ला प्रवेश गर्ने स्थानमा जिल्ला पार्टी अध्यक्ष तिर्थ बुढा सहितको टोलीद्वारा स्वागत, जुम्लाका विभिन्न स्थानहरुमा भव्य स्वागत, सदरमुकाममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख सहितका व्यक्तिहरुद्वारा स्वागत   
 
उहाँ भोली जुम्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ ।
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्