Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, चौथो दिन

 मंसीर २, मान्मा, कालिकोट

पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज चौथो दिन दैलेख र कालिकोट जिल्लामा निम्नलिखित कार्यक्रमहरु व्यापक उपस्थिती सहित उपलब्धिमूलक रुपमा सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. विहान ७ः३० बजे दैलेखको डाब स्थित माथिल्लो कर्णाली जलविद्यूत परियोजनाको बाँध निर्माण क्षेत्रका स्थानीयसँग भेट तथा माथिल्लो कर्णाली निर्माण कम्पनी जी.एम.आर.का अधिकारीहरुसँग कुराकानी 
२. ८ः०० दैलेखको जिल्ला कमिटीका कमरेडहरुसँग भेट  
४. ९ः४५ बजे दैलेखको असरा घाटमा स्वागत ग्रहण  
५. १०ः१५ बजे दैलेखको साई गा.वि.स.मा स्वागत ग्रहण 
६. १०ः४५ बजे दैलेख जिल्लाको जाक्सीमा स्वागत ग्रहण 
७. ११ः१५ बजे दैलेख जिल्लाको तल्लो राकम बजार स्थित दैलेख र अछाम जिल्ला जोडने झोलुङ्गे पुलमा पुगी उक्त पुलसँगै बन्न लागेको नयाँ पक्की पुल, उक्त स्थानको दक्षिणतर्फ आइपुग्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग तथा आफ्नो प्रधानमन्त्रीकालमा स्थापना गर्ने निर्णय भएको नमुना सहरका बारेमा जानकारी लिने कार्य 
८. १२ः३० बजे राकम कर्णालीमा जिल्ला कमिटी दैलेखको आयोजनामा जनसभा सुरु, दैलेख र अछामका व्यापक जनताको सहभागिता, संविधान निर्माण, संविधान कार्यान्वयनको वर्तमान अवस्था, नाकाबन्दी, भेरी–कर्णाली क्षेत्रको विकास लगायतका विषय सहित सभालाई सम्बोधन, राउटे समुदायका पूर्व मुखिया मयनबहादुर शाही सहितका ४ जना राउटेहरु पनि उक्त सभामा उपस्थित, उनीहरुद्वारा काठका भाँडाहरु उपहार स्वरुप प्रदान, आवास, शिक्षा, छात्रावास सहितका सुविधाको लागि गरेको प्रस्ताव राउटेहरुद्वारा अस्विकार  
९. ४ः१५ बजे कालिकोटको सदरमुकामका लागि राकम कर्णालीबाट प्रस्थान, कर्णाली राजमार्गका जोखिमहरुको ठाउँ ठाउँमा अबलोकन, 
१०. ५ः०० बजे कालिकोट जिल्लाको भर्ता गा.वि.स.मा स.प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखद्वारा स्वागत लगत्तै स्थानीय जनता तथा पार्टी कार्यकर्ताद्वारा चियापान सहित स्वागत 
११. ६ः०० बजे कालिकोट जिल्लाको सदरमुकाम मान्मा पुग्दा ठूलो संख्याका कार्यकर्ता एवम् जनसमुदायद्वारा विशेष रुपमा पंक्तिबद्ध भई माल्यार्पण, भव्य स्वागत, मान्मा बजार भर स्वागत नारावाजी र संगित सहित परिक्रमा 
 
 
उहाँको भोली विहान कालिकोट सदरमुकाम मान्मामा आयोजना हुने विविध कार्यक्रमहरुमा सहभागी हुनुका साथै दिउँसो सदरमुकाम मै आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभा पश्चात भोली नै उहाँ जुम्ला प्रस्थान गर्नुहुनेछ ।
 
 
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्