Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” तेस्रो दिन

 मंसीर १, डाब, दैलेख

 
पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज तेस्रो दिन सुर्खेत र दैलेख जिल्लामा निम्नलिखित कार्यक्रमहरु व्यापक सहभागिता सहित उपलब्धिमूलक रुपमा सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. सुर्खेतमा शहिद क्रृषिप्रसाद शर्माको घरका वहाँका परिवारजनसँग भेट वहाँका बृद्ध एवम् विरामी बुबाको स्वास्थ्यस्थिती बारे जानकारी तथा स्वास्थ्यलाभको कामना  
२. दैलेखको शेरी गा.वि.स.को गुँरासे भन्ने स्थानमा जनताको स्वागत ग्रहण तथा संविधान निर्माण, नकावन्दी तथा स्थानीय विकास बारे मन्तव्य   
३. बराह गा.वि.स.को चिसापानी भन्ने स्थानमा स्वागत ग्रहण तथा मन्तव्य  
४. बेलपाटा गा.वि.स.को चुप्रा बजारमा आयोजित विशेष स्वागत ग्रहण तथा मन्तव्य 
५. जिल्ला सदरमुकाम नारायण नगरपालिका पुग्दा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितका सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, पार्टी कार्यकर्ता सहित जनसमुदायद्वारा भव्य स्वागत
६. जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग नेकपा (एमाले)को पार्टी कार्यालयमा भेट
७. प्रेस चौतारी नेपालको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रत्रकार सम्मेलनमा वर्तमान राजनीतिक सन्दर्भका विषयमा विचार प्रस्तुत गर्नुका साथै पत्रकारका जिज्ञासाको जवाफ
८. जिल्ला विकास समिति दैलेखको सभाकक्षमा आयोजित अगुवा कार्यकर्ता भेलालाई विशेष सम्बोधन
९. दुल्लु नगरपालिकाको दोर्णाचल क्याम्पसमा पुग्दा स्थानीय पार्टी कार्यकर्ताद्वारा आयोजित विशेष स्वागत ग्रहण तथा क्याम्पस परिसरमा आयोजित विशेष भेलालाई सम्बोधन  
१०. दुल्लु नगरपालिकाको नेपा भन्ने स्थानमा पुग्दा स्थानीय पार्टी कार्यकर्ता तथा नेपालबंशी समुदायद्वारा भव्य स्वागत, स्वागत ग्रहण सहित विशेष सम्बोधन, नेपालबंशीहरुको उद्गम स्थलको रुपमा रहेको उक्त स्थानको कूल मन्दिरको रुपमा रहेको तियाडी मन्दिरलाई घण्ट प्रदान   
 
उहाँ भोली विहान ९ बजे दैलेखको राकम कर्णालीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । आमसभा पश्चात भोली नै उहाँ कालिकोट प्रस्थान गर्नुहुनेछ ।
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्