Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, दोस्रो दिन

 कार्तिक ३०, वीरेन्द्रनगर, सुर्खेत

 
पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज दोस्रो दिन सुर्खेत जिल्लामा निम्नलिखित कार्यक्रमहरु व्यापक सहभागिता सहित उपलब्धिमूलक रुपमा सपन्न भएका छन् । 
 
आज सम्पन्न कार्यक्रमहरु 
१. सुर्खेतको होटल अशोकामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी, एस.पी. सहितका सुरक्षाअधिकारीहरुसँग छलफल 
२. सुर्खेतका पर्यटकीय स्थान काक्रे विहार र भुलभुले ताल क्षेत्रको अवलोकन  
३. मध्यपश्चिम क्षेत्रका जनपथ तथा सशस्त्र प्रहरीका डि.आइ.जी.हरुसँग भेट 
४. वीरेन्द्रनगर स्थित घण्टाघरमा रहेको सभाकक्षमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई विशेष सम्बोधन, ठूलो संख्याको उपस्थिति हलभित्र र बाहिर चौरमा समेत ठूलो भीड 
५. सुर्खेतको पुरानो सामुदायीक विद्यालय जन उच्च मा.वि.पुगी सार्वजनिक विद्यालयका समस्याबारेका केही सुझाव ग्रहण तथा मन्तब्य 
६. स्थानीय दुइओटा टेलिभिजन च्यानलहरुमा अन्तरवार्ता र कार्यकर्ताहरुसँग भेट 
७. मध्यपश्चिम विश्वविद्यालयको बारेमा उपकुलपति तथा पदाधिकारीहरुद्वारा जानकारी प्रदान  
 
उहाँ भोली विहान ७ बजे दैलेख प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दैलेखमा कार्यकर्ता भेला, जिल्लाका अधिकारीहरुसँगको भेटघाट तथा केही महत्वपूर्ण साँस्कृतिक तथा पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्