Madhav Kumar Nepal

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम

कार्तिक २९, कोहलपुर, बाँके 

पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज निम्नलिखित कार्यक्रमहरु भव्य सहभागिता र व्यापक अन्तक्र्रिया सहित सपन्न भए । 

 

आज सम्पन्न कार्यक्रम 

१. उद्योगी विजय गुप्ताको घरमा उद्योगी व्यवसायी भेटघाट 

२. सिद्धार्थ कटेजमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकाय तथा नेपाल आयल निगमका स्थानीय प्रमुखसँग छलफल 

३. ने.क.पा. (एमाले) बाँकेको पार्टी कार्यालयमा पत्रकार अन्तक्र्रिया 

४. ने.क.पा. (एमाले) बाँकेको पार्टी कार्यालयमा कार्यकर्ताहरुसँग भेटघाट

५. नेपालगञ्जका केही उद्योगहरुको नीरिक्षण र जानकारी लिने कार्य 

६. कोहलपुरका कार्यकर्ता स्व. क. रामचन्द्र अधिकारीको घरमा पुगेर श्रद्धाञ्जली अर्पण तथा परिवार जनमा समवेदना 

७. सडक दुर्घटनामा घाइते कार्यकर्ताको घरमा पुगेर शिघ्र स्वास्थ्यलाभको कामना 

८. कोहलपुरमा एमाले पार्टीमा प्रवेश गर्नेलाई स्वागत तथा सो अवसरमा उपस्थित कार्यकर्तालाई सम्बोधन

९. बेलुकी बाँकेका पार्टी प्रमुखको घरमा खाना सहित भेटघाट 

 

भोली विहान ७ बजे सुर्खेत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सुर्खेतमा हुने कार्यकर्ता भेलामा अहिले जारी भएको संविधान र समसामयिक विषयमा छलफल हुनेछ साथै जनता, कार्यकर्ता तथा जिल्ला स्थित विशिष्ट व्यक्तिहरुसँग भेटघाट एवम् अन्तक्र्रिया हुनेछन् ।

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्