Madhav Kumar Nepal

अमेरिकी कार्यबाहक राजदूतद्वारा भेट

 १३ असोज, काठमाडौँ, नेपालका लागि अमेरिकाका कार्यबाहक राजदूत जोन एल. कारवीलले पूर्व प्रधानमनन्त्री तथा ने.क.पा. एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा भएको भेटमा वहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, राजधानीमा देखिएको आपूर्ति समस्या लगायतका विषयमा कुराकानी भयो ।  

 
भेटमा अमेरिकी कार्यबाहक राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्था, अहिले देखिएको आपूर्ति समस्या तथा तराई–मधेसमा जारी आन्दोलनको बारेमा जिज्ञासा राख्नुभएको थियो भने पूर्व प्रधानमन्त्री नेपालले नेपाल र नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई प्राप्त अमेरिकी समर्थन प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री नेपालले चाड पर्वहरु नजिकिदै गरेको अवस्थामा आपूर्ति व्यवस्था असहज हुनु दुःखद रहेको कुरा उल्लेख गर्दै कुनै पनि दुइ देशबीचको सम्बन्ध आन्तरिक स–साना विषय भन्दा माथि उठेर पारस्परिक हित एवम् लाभमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । वहाँले नेपाल र अमेरिका बीच लामो एवम् मित्रतापूर्ण सम्बन्ध रहेकोले यसलाई दुई देश बीचको विशिष्ट सम्बन्धमा आधारित भएर आगामी दिनमा थप बलियो तथा सुमधुुर बनाउनुपर्ने कुरा उल्लेख गर्नुभयो । 
 
आजको भेटले नेपाल र अमेरिका बीचको सम्बन्धलाई सुमधुर बनाउन योगदान प्रदान गरेको छ ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्