Madhav Kumar Nepal

नेतृत्व तथा सुशासन पुरस्कारद्वारा सम्मानित

 १७ माघ, काठमाडौं, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई आज युनिभर्सल पिस फेड्रेशनको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा “लिडरशिप तथा गुड गभर्नेन्स अवार्ड”द्वारा सम्मानित गरिएको छ ।

 
फिलिपिन्सको मनिला स्थित मनिला होटलमा “एसिया प्यासिफिक क्षेत्र, शान्ति, सुशासन र मानव विकासतर्फ” भन्ने मुख्य नाराका साथ आयोजित उक्त सम्मेलनको उद्घाटन शत्रमा पूर्व प्रधानमन्त्री नेपालले “एसिया प्यासिफिक क्षेत्रमा दिगोशान्ति र विकासका नयाँ आयामहरु” विषयमा आफ्नो मन्तव्य समेत प्रस्तुत गर्नुभएको छ ।
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्