Madhav Kumar Nepal

माधव नेपाल स्वदेश फिर्ता

३ मंसिर, काठमाडौँ 
भारतको राजधानी नयाँदिल्लीमा भारतीय राष्ट्रिय काँग्रेस पार्टीले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको १२५ औँ जन्मोत्सवका अवसरमा मंसीर १ र २ गते आयोजना गरेको  "Nehru's Worldview and his Legacy- Democracy, Inclusion and Empowerment" नामको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल अहिले बेलुकी १०ः३० बजे स्वदेश फर्किनुभएको छ । उक्त अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा विशेष मन्तव्य राख्नुभएका नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा भ्रमण दुबै उपलब्धिमूलक रहेको कुरा उल्लेख गर्नुभयो । दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर वहाँले भारतका राष्ट्रपति प्रणव मुखर्जी, भारतीय काँग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी तथा विदेश मन्त्री सुष्मा स्वराजसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । सोही सन्दर्भमा उक्त सम्मेलनमा सहभागी हुन आएका विश्वका पूर्व तथा वर्तमान सरकार एवम् राष्ट्र प्रमुख सहितका महत्वपूर्ण नेताहरुसँग पनि वहाँको भेटवार्ता भयो । उद्घाटन सत्रमा उहाँद्वारा व्यक्त मन्तव्य प्रति सम्मेलनमा सहभागी नेताहरुले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिनुभयो । उहाँ उक्त सम्मेलनमा भाग लिन कार्तिक ३० गते बेलुकी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्