Madhav Kumar Nepal

नयाँदिल्लीमा महत्वपूर्ण भेटघाट

 २ मंसिर, नयाँदिल्लीमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग आज दिउँसो ३ः३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्ता भएको छ । त्यसैगरी भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीसँग पनि बेलुकी ४ः४५ बजे छुट्टै भेटवार्ता भएको छ । वहाँ सहित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपालीहरुका लागि आज बेलुकी नयाँदिल्ली स्थित नेपाली दुतावासले आयोजना गरेको रिसेप्सन तथा रात्रीभोजमा वहाँ सहभागी हुनुभयो । उक्त रात्रीभोजमा पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, प्रदिप गिरी, महेश आचार्य, आरजु देउवा राणा तथा भारतका सांसद तथा नेता डि.पी. त्रिपाठी लगायतको सहभागिता रहेको थियो । केही महत्वपूर्ण भेटघाटहरु बाँकी रहेकोले भोली दिउँसो तय भएको वहाँको स्वदेश फर्किने कार्यक्रम भोली राति मात्र आइपुग्ने गरी सारिएको छ ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्