Madhav Kumar Nepal

नयाँदिल्ली प्रस्थान

 ३० कार्तिक, काठमाडौँ । 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धिको निमन्त्रणामा नयाँ दिल्लीमा आयोजना हुने भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको १२५ औं जन्मोत्सको अवसरमा आयोजित "Nehru's Worldview and his Legacy- Democracy, Inclusion and Empowerment"  सम्मेलनमा सहभागी हुन आज बेलुकी ४ः३० बजेको जेट एअरवेजद्वारा नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । वहाँले उक्त सम्मेलनलाई भोली मंसीर १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विश्वका विभिन्न देशका पूर्व तथा वर्तमान राष्ट्रप्रमुख तथा सरकार प्रमुख लगायत महत्वपूर्ण व्यक्तिहरुको जमघट रहने उक्त सम्मेलन भोली र पर्सि चल्नेछ । उक्त सम्मेलनमा भाग लिई वहाँ मंसिर ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।  
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्