Madhav Kumar Nepal

शुभकामना !

  

     मितिः ७ कार्तिक, २०७१ 
हिन्दु परम्परा अनुसार मनाइने एक महत्वपूर्ण चाड दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 
संविधान निर्माण मार्फत राजनीतिक क्रान्तिका उपलब्धीलाई संस्थागत गर्दै तिब्र आर्थिक विकासको चरणमा मुलुकलाई दौडाउन हतार भैसकेको र राजनीतिक दलहरुबीच सहमति एवम् समझदारी निर्माण प्रक्रिया लम्बिइरहेको कारण जनतामा आशंका उत्पन्न भएको वर्तमान परिस्थितिमा हामीले तिहार मनाउँदै छौँ । संवाद तथा सहमतिबाटै मुलुकलाई अगाडि बढाउन राजनीतिक दलहरुले तिहारका कतिपय दिनहरुलाई समेत सघन छलफलका लागि उपयोग गरेको कुरा जनमानसमा विदितै छ । अहिलेसम्मका छलफलहरुले ठोस निष्कर्ष निकाल्न नसके पनि सहमतिको बाटोलाई फराकिलो बनाएको वर्तमान सन्दर्भमा प्रकृतिमा विद्यमान विविधखाले पंक्षी तथा जनवारहरुको समेत पूजाका साथै दिदि र भाईबीच पूजा एवम् टिकाका साथमा मनाइने तिहारले सबैको सम्मान तथा अस्तित्वलाई स्वीकार गर्दै जनताको चाहनालाई पूरा गर्न राजनीतिक दलहरु तथा तीनको मुख्य नेतृत्वलाई अभिप्रेरित गर्न सकोस् भन्दै सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति र समृद्धिको कामना सहित पुनश्चः दिपावलीको शुभकामना व्यक्त गर्दछु ।
 
   
माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री, नेता, नेकपा (एमाले)
एवम् संविधानसभा सदस्य 
 
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्