Madhav Kumar Nepal

श्रद्धाञ्जली तथा समवेदना !

मितिः २१ असोज, २०७१
डोटी जिल्लाको छतिवन गा.वि.स.मा गत सोमवार भएको बस दुर्घटना र त्यसमा भएको मानवीय क्षतिको खवरले मलाई अत्यन्तै दुःखित बनाएको छ । सबैभन्दा पहिले उक्त दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै दुर्घटनामा घाइते हुने सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
दशै मनाउने क्रमसँगै भएको उक्त दुर्घटनाले सडक निर्माण, सडकको आधारमा सवारी साधन सञ्चालन गर्ने अनुमति, सवारी साधनको अवस्था, चालक, परिचालक तथा सञ्चालकलाई आवश्यक ज्ञान जस्ता कैयन विषयमा एकै पटक संस्थागत सुधार गर्नुपर्ने आवश्यकताबोध गराएको छ । अतः यी कार्यहरुलाई व्यवस्थित गर्न निर्मित सरकारी तथा अन्य निकायहरुको ध्यान विशेष रुपमा आकर्षित गर्दछुु । यसका साथै सडक, सवारी साधन र चालकको अवस्था एवम् यसका आधारमा जनस्तरबाट निर्वाह गरिनुपर्ने भूमिकाका बारेमा समेत पर्याप्त जनचेतना अभिवृद्धि गर्न सकेमा मात्र भविष्यमा यस प्रकारका दुर्घटनाका खवरहरु कहिल्यै सुन्नुपर्ने छैन ।
अन्त्यमा, भौगोलिक विविधताको साथमा प्राप्त विकटतलाई समेत मध्यनजर गर्दै भविष्यमा हुनसक्ने दुर्घटनाबाट जोगाउन सरकार, अन्य निकाय तथा जनसमुुदायको सचेत प्रयत्नको निम्ति आब्हान गर्दै पुनश्चः मृतक प्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

  
माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता
नेकपा (एमाले)
 

प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्