Madhav Kumar Nepal

भारतीय राजदूत तथा विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुखद्वारा भेट

७ असोज, काठमाडौं, नेपालका लागि भारतीय राजदूत रञ्जित रे तथा भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख अभय ठाकुरले नेकपा (एमाले)का नेता, पूर्व प्रधानमन्त्री तथा संविधानसभा सदस्य माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा आज बेलुकी भएको भेटमा वहाँहरुबीच पछिल्लो राजनीतिक अवस्था र नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भयो । 

कुराकानीको आरम्भमा वहाँहरुले विद्यूत विकासको सन्दर्भमा हालै दुुई देशबीच भएका सहमति प्रति सन्तोष एवम् खुसी प्रकट गर्दै दुइ देशको सम्बन्धलाई नेपालमा रहेको उर्जा एवम् जलस्रोतको विकासले थप मजबूत बनाउने विश्वास भारतले लिएको कुरा प्रस्तुत गर्नुभयो । उक्त अवसरमा ७ वर्ष भित्रमा माथिल्लो कर्णाली परियोजना र १० वर्ष भित्रमा पञ्चेश्वर परियोजना सम्पन्न गर्ने भारतीय योजना प्रस्तुत भएको थियो । 
नेपालको पछिल्लो राजनीतिक अवस्थाको सन्दर्भमा नेपालमा छिटो संविधान निर्माण होस्, संविधान निर्माण गर्ने काममा नेपालका राजनीतिक पार्टीहरु सक्रियता पूर्वक लागुन् र त्यसबाट आपसी सहमति कायम गर्दै समयमै संविधान जारी हुन सकोस् भन्ने भारतीय चाहना रहेको कुरा उल्लेख गर्दै भारतीय राजदूत तथा नेपाल डेस्क प्रमुखले संविधान निर्माण गर्ने काममा भएको ढिलाई प्रति भारत पनि चिन्तित रहेको कुरा उल्लेख गर्नुभयो । 
सो अवसरमा पूर्व प्रधानमन्त्री नेपालले सहमति कायम गरी समयमै संविधान जारी गर्न नेपालका दलहरु प्रयत्नरत रहेको कुरा उल्लेख गर्नुभएको थियो ।
आजको भेटले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउन योगदान दिने अपेक्षा गरिएको छ ।
 
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्