Madhav Kumar Nepal

राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित समारोहको मन्तव्य

सम्माननीय राष्ट्रपति महोदय
सम्माननीय प्रधानमन्त्री तथा सभामुख ज्यू
कार्यक्रमका अध्यक्षज्यू
माचमा आशिन विशिष्ट महानुभावहरु
सहभागी मित्रहरु !

सर्वप्रथम मलाई नेपालका विख्यात राजनीतिकर्मी तथा विद्वान् दिवंगत डा। डिल्लीरमण रेग्मीका नाममा स्थापित शान्ति पुरस्कार प्रदान गर्नुभएकोमा डा। डिल्लीरमण रेग्मी ट्रस्टसँग सम्बद्ध सबै मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सम्माननीय राष्ट्रपति डा। रामवरण यादवज्यूका हातबाट पुरस्कृत हुन पाउँदा गौरव महसुस गर्दै म दिवंगत रेग्मीलाई सम्मानपूर्वक स्मरण गर्न चाहन्छु । आजको दिनमा यसै पुरस्कारबाट मरणोपरान्त सम्मानित हुनुभएका भूतपूर्व प्रधानमन्त्री दिवंगत गिरिजाप्रसाद कोइरालाको पनि म स्मरण गर्न चाहन्छु । शान्ति पुरस्कारबाट नेपालको शान्ति प्रकि्रयामा विशेष सहयोग पुर् याउनु हुने संयुक्त राष्ट्र संघका महासचिव वान कि-मुन सम्मानित हुनुभएकोमा उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छु । आज यहु सम्मान ग्रहण गरिरहदा मैले शान्ति स्थापना कार्यको निम्ति आºनो काँधमा थप जिम्मेवारी थपिएको महशूस गरिरहेको छु । यो सम्मानका लागि पूर्व प्रधान मन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला र संयुक्त राष्ट्र संघका महासचिव श्री वान की-मुनलाई गरिएको छनौटको उच्च सराह्रना गर्न चाहन्छु ।

डा। डिल्लीरमण रेग्मीका नाममा स्थापित यस पुरस्कारबाट पुरस्कृत भइरहँदा मेरो मानसपटलमा दिवंगत डा। रेग्मीसंगको सहकार्यका क्षणहरु ताजा भइरहेका छन् । २०४६ को जनआन्दोलनपछि जब डा। रेग्मीसंग भेट भयो त्यसपछि मलाई सधंै एउटा निकटतम् अनुभवि व्यक्तित्वसंग भेटे जस्तो अनुभव भइरह्यो । उहाँले पनि सधैभरि मलाई आफ्नो नजिकको मित्रका रुपमा विशेष स्नेह गरेको अनुभूति मैले गरंे । डा। रेग्मी बौद्धिक बहस र छलफल गर्न रुचाउने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ जीवित हुाजेल उहाँको घर बौद्धिक व्यक्तित्वहरुको जमघटस्थल बन्ने गर्दथ्यो । मुलुकमा कसरी राजनीतिक स्थायित्व हुन्छ र कसरी प्रजातन्त्र फस्टाउँछ भन्नेमा डा। रेग्मी सदा चिन्तित हुनुहुन्थ्यो ।

विश्वको मानचित्रमा हाम्रो मुलुक ऐतिहासिक कालदेखि नै शान्ति र ज्ञानको भूमिका रुपमा परिचित छ । हाम्रै माटोमा आजभन्दा २६ सय वर्षअघि जन्मिएका गौतम बुद्ध आज विश्वमा शान्तिका अग्रदूतका रुपमा सम्मानित हुनुले पनि हाम्रो भूमिको विशेषता र गौरवलाई विश्वका सामु प्रस्ट गर्दछ । राजपाठ र सुखसयल त्यागेर ज्ञान र शान्तिका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने गौतम बुद्धको यस पवित्र जन्मस्थललाई आज विश्वका सामू त्यही रुपमा चिनाउन सक्दा हाम्रो प्रतिष्ठा र गौरव अझ बढ्न जान्छ । हाम्रो पूर्वीय दर्शन ज्ञान सम्मान र सभ्यतामा आधारित छ । समग्र मानव जातिको कल्याणका लागि पूर्वीय दर्शनले अघि सारेका प्रस्थापनाहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । यी अवधारणाहरुप्रति मानिसहरुको जिज्ञासा र रुचि बढ्दै जानुले पनि यही कुरा पुष्टि गर्दछ ।

सहभागी मित्रहरु !

हामी अहिले शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउने चरणमा छौं । तर हामीकहाँ सामाजिक अशान्ति हुने थुप्रै समस्याहरु अहिले पनि समाधान हुन सकेका छैनन् । सामाजिक न्याय स्थापना गर्न सकिएको छैन रोजगारी सिर्जना गर्न सकिएको छैन । जाति भाषा क्षेत्र र िलंगका आधारमा हुने भेदभाव समाप्त गर्न बाँकी छ । श्रमजीवी वर्गका दुःख उस्तै छन् । हो हामीलाई थाहा छ यी सबै समस्या कुनै पनि मुलुकमा एकाएक समाधान हुदैनन् यसका लागि समय लाग्दछ । तर त्यसका लागि सही दिशा र नेतृत्व आवश्यक पर्दछ । नेपाल राष्ट्रलाई सबै नेपालीको साझा संस्थाका रुपमा रुपान्तरण गर्ने होइन भने सामाजिक अशान्ति अझै बढ्न जान्छ भन्ने कुरालाई हामीले ख्याल गर्नैपर्दछ ।

हामीले आफ्नै प्रयास पहल र योजनामा नेपालको शान्ति प्रकि्रयालाई यहाँसम्म ल्याइपुर् याएका छौं । यसका लागि सतहमा देखिएका र नदेखिएका थुप्रै प्रयासहरु भएका थिए । तीमध्ये कतिपय सन्दर्भहरु सार्वजनिक भएका छन् भने कतिपय सन्दर्भहरु समयक्रममा सार्वजनिक हुदैं पनि जालान् । सारमा भन्दा एउटा ठूलो जोखिम मोलेर हामीले नेपालको शान्ति प्रकि्रया आरम्भ गरेका थियौं । जेसुकै कारणले भए पनि नेकपा माओवादी ले २०५२ फागुन १ गतेबाट सशस्त्र संघर्ष सुरु गरेयता मुलुकमा नयाँ जटिलता देखा परेको थियो । एउटा प्रमुख दल नेकपा एमाले को प्रमुखका हैसियतले मैले माओवादीलाई शान्ति प्रकि्रयामा ल्याउनका लागि शुरुदेखि नै केही पहल अघि बढाएको थिएँ । लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा राजनीतिक मूलधारमा ल्याउनका लागि मैले आफ्नो तर्फबाट सक्दो प्रयत्न गरेको थिएँ । भारतका पटना दिल्ली सिलिगुडी लखनऊ जस्ता विभिन्न ठाउंमा तथा देशको राजधानी काठमाण्डौ मै एवं राप्ती अाचलको रोल्पा जिल्लामा समेत प्रतिनिधि पठाएर माओवादीका श्ाीर्ष नेतृत्व लगायतका नेताहरुसंग पटक-पटक कुराकानी भएका थिए । ०६२ मंसिर ७ गतेको १२ बुंदे सहमतिसम्म आइपुग्दा हाम्राबीच अनेकांै सम्वादहरु भएका छन् । हाम्राबीचका कुनै वार्ता सौहार्द भए कुनै वार्ता तीक्त पनि भए । कहिले कुनै विषयमा सहमति पनि बन्यो कहिले बिमति पनि भयो । त्यति मात्र होइन मलाई सम्झना छ माओवादीसंग सम्वाद र सहकार्यको प्रयास अघि बढाएको अभियोगमा त्यतिबेला ममाथि व्यक्तिगत रुपमा समेत आतंककारीको मतियारका रुपमा मुद्दा चलाउने धम्की समेत दिइयो । तर मैले ती कुनै कुराको पनि पर्वाह गरिनँ । माओवादीका बिचार सिद्धान्त आचरण र श्ौली एवं तौर तरिका प्रति हाम्रो असहमति रहेपनि सम्वादका माध्यमबाट यस समस्याको समाधान खोज्ने प्रयासमा हामी लागेका थियौं । त्यतिबेला मैले माओवादीसंग वार्ता गरेका आधारमा ममाथि लगाइएका आरोपहरुको सामना गर्न तयार रहेको कुरा सार्वजनिक रुपमै भनेको थिएँ । यी सबै सन्दर्भहरुमा भूतपूर्व प्रधानमन्त्री दिवंगत गिरिजाप्रसाद कोइरालासंग भएको सहकार्यलाई पनि मैले स्मरण गरिरहेको छु ।

जे होस् हाम्रो सामूहिक प्रयासका कारण आज शान्ति प्रकि्रया अघि बढेको छ । त्रास र आतंकको मारबाट जनता धेरै हद सम्म मुक्त भएका छन् । राजनीतिक दल तथा दलीय व्यवस्थालाई समाप्त पारेर एक्लै शासन गर्ने चाहना राखेका कारण निरंकुश राजतन्त्र पनि सधैंका लागि समाप्त भएको छ । ०६२÷६३ को जनआन्दोलन कुनै साधारण आन्दोलन थिएन । शान्तिपूर्ण आन्दोलनको शक्ति कति हुन्छ भन्ने कुरा दुनियाँलाई सम्झाउने काम त्यस आन्दोलनले गरेको थियो । मानिसहरुको दृढ इच्छाशक्ति व्यापक सहभागिता र सामुहिक आवाजले शासन सत्ता बदल्न सकिन्छ भन्ने एउटा उदाहरण थियो - त्यो जनआन्दोलन । त्यही शान्तिपूर्ण आन्दोलनका कारण हामीले नेपालबाट राजतन्त्रलाई विदा गर्न सक्यांै गणतन्त्र स्थापना गर्न सक्यौं । मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन समर्थ भयौं । तर यतिमै हाम्रा कार्यभारहरु सकिएका छैनन् । शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन बाँकी छ संविधान निर्माण गर्न बांकी छ । यी दुई कार्यभार पूरा गर्नका लागि हामीले आ-आफ्नो तर्फबाट ठोस योगदान गर्नुपर्ने बेला आएको छ । यी कार्यभारहरु पूरा गरेर नै हामी वर्तमान प्रतिस्पर्धी विश्वमा अन्तर्राष्ट्रिय समुदायका माझ नेपाललाई स्वाभिमानका साथ उभ्याउन सक्छौं । यसका लागि राष्ट्रिय एकता र संकल्प अपरिहार्य छ ।

हामीले तय गरेको यात्रामा शुरुमा ठीकै रुपमा हिडे पनि बीचमा हामी अल्मलिएका छांै । यदि त्यसो नहंुदो हो त अहिलेसम्म शान्ति प्रकि्रया पनि निष्कर्षमा पुगिसक्ने थियो नयाँ संविधान पनि बनिसक्ने थियो । तर यसबीचमा हाम्रा आफ्ना कमी-कमजोरीको कारणले प्रमुख दलहरुबीचको सहकार्य र सहयात्रामा व्यवधान उत्पन्न गर् यो । तर समयक्रममा प्रमाणित भएको छ-त्यसबाट कसैलाई फाइदा भएन । अनावश्यक रुपमा जनतामा वितृष्णा पैदा भयो शान्ति प्रकि्रया अघि बढ्न सकेन संविधान निर्माण हुन सकेन । आज एउटा विन्दुमा आइपुगेपछि सबै दलका नेता साथीहरुलाई पक्कै पनि यस कुराको अनुभूति भएको हुनुपर्दछ । जे होस् हामी आफैंले शुरु गरेको शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउने गुरुत्तर दायित्व पनि हाम्रो आफ्नै काँधमा छ । आज विश्वले हामीतर्फ हेरिरहेको छ हाम्रो परीक्षा लिइरहेको छ । हामी यसमा कुशलतापूर्वक उत्तीर्ण हुन सक्छांै कि सक्दैनांै भन्नेमा नै नवस्थापित गणतन्त्र र हाम्रो मुलुकको भविष्य कस्तो हुन्छ भन्ने कुरा निहित छ ।

भद्र महिला तथा सज्जनबृन्द !

राजनीतिमा वाद हुन्छ विवाद पनि हुन्छ । विमति हुन्छ सहमति पनि हुन्छ । प्रतिस्पर्धा हुन्छ सहकार्य पनि हुन्छ । यी सबै एउटै सिक्काका दुइ पाटा जस्तै हुन् । कुनै बेला एउटा पक्ष प्रधान हुन्छ भने कुनै बेला अर्को पक्ष प्रधान हुन्छ । नेपालका सन्दर्भमा यतिबेला सहमतिको पक्ष प्रधान छ सहकार्यको पक्ष प्रधान छ । पुराना मान्यताहरु भत्किएका छन् तर नयाँ मान्यताहरु स्थापित भइनसकेको संक्रमणकालबाट हामी गुजि्ररहेका छौं । आर्थिक सामाजिक रुपान्तरण हाम्रो प्रमुख ध्येय हो जनताको समृद्धि प्रमुख उद्देश्य हो मुलुकको सार्वभौमिकता स्वाधीनता र अखण्डताको रक्षा सर्वोपरी कुरा हो । शान्ति प्रकि्रया र संविधान निर्माण एक अर्थमा भन्दा यसैका लागि साधन मात्र हुन् साध्य होइनन् । तर यी दुई काम पहिला पूरा नभएसम्म हाम्रो यात्रा अघि बढ्न सक्दैन । त्यसैले हामी शान्ति र संविधान निर्माणको यस महान् अभियानलाई जतिसक्दो छिटो सम्पन्न गर्न सक्छौं त्यति नै छिटो मुलुक अग्रगमनतर्फ जान्छ समृद्धितर्फ अघि बढ्छ र जनताले स्थायी शान्तिको अनुभव गर्न सक्छन् ।

अन्त्यमा यस पुरस्कारका लागि मलाई योग्य ठानेर छनोट गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सम्मानीय राष्ट्रपति रामवरण यादवज्यू प्रति उहाँले आफ्नै हातले मलाई पुरस्कृत र सम्मान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै डा। डिल्लीरमण रेग्मीका नाममा स्थापित यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले डा। डिल्लीरमण रेग्मी शान्ति पुरस्कारबाट पुरस्कृत हुँदा

२०६८ पुस ३ ९ज्ञड म्भअझदभच द्दण्ज्ञज्ञ० मा राष्ट्रपति निवास शीतल निवास काठमाडौमा दिनुभएको मन्तव्य

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्