Madhav Kumar Nepal

प्रधानमन्त्री माधव कुमार नेपालले व्यवस्थापिका-संसदमा गर्नुभएको सम्बोधन

सभामुख महोदय राष्ट्रिय राजनीतिको संक्रमणकालिन विशेष स्थितिमा व्यवस्थापिका संसदको यो बैठक बसिरहेको छ । आजभन्दा झण्डै १४ महिना अगाडि यस सम्मानित संसदमा २२ राजनीतिक दलको समर्थन र बहुमतबाट म प्रधानमन्त्री पदमा निर्वाचित भएको थिएँ । प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि नै अनेकौं जटिल परिस्थितिको सामना गर्दै हामी यस बिन्दुमा आइपुगेका छौं । यस अवधिमा मैले देश जनता लोकतन्त्र र शान्तिका लागि इमान्दारी एवं निष्� ाका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गरें । नयाँ संविधान निर्माण गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अग्रगामी दिशामा अघि बढ्ने हाम्रो अ� ोट लोकतान्त्रिक आन्दोलनका अनेकौं शहीद र योद्धाहरुबाट प्रेरित छ । ती शहीदहरु प्रति हार्दिक श्रद्धााजली अर्पण गर्दै सबै योद्धाहरुलाई म उच्च सम्मान प्रकट गर्दछु । संयुक्त सरकार संचालनका लागि भएका सहमति अनुरुप मैले आफ्नो कार्यकालमा देश र जनताको सर्वोच्च हितमा इमान्दारीका साथ भूमिका निर्वाह गरें । विभिन्न विचार सिद्धान्त र दृष्टिकोण भएका राजनीतिक दलहरुका बीच साझा राजनीतिक दृष्टिकोण मान्यता र उद्देश्यको खोजी गर्दै त्यसलाई कार्यान्वयन गर्नु निश्चय नै सजिलो थिएन । तर हामी अधिनायकवादी सोच र कार्यहरुलाई अस्वीकार गर्दै लोकतन्त्र मानव अधिकार र शान्तिका लागि दृढतापूर्वक अघि बढ्यौं । संविधान र लोकतान्त्रिक अभ्यासलाई निरर्थक बनाउने सबै प्रकारका दवाव र धम्किलाई अस्वीकार गर्दै राजनीतिक विवादको समाधान शान्तिपूर्ण किसिमले यही जनप्रतिनिधि निकायबाट हुनुपर्छ भन्ने मान्यतामा हामी अविचलित रह्यौं । द्वन्द्वकालको पीडा दोहोरिन नदिन हामी विशेष रुपमा चनाखो रह्यौं । माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि विशेष समितिलाई हामीले कि्रयाशील तुल्यायौं र अयोग्य लडाकुहरुलाई शिविरबाट विदा गर् यौं । शिविरमा रहेका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि विस्तृत खाका सहितको कार्यतालिका र निर्देशिका तयार गरेर पनि एनेकपा माओवादी को असहयोगको कारण यसमा थप प्रगति भने हासिल हुननसकेको यथार्थ समेत यहाँ उल्लेख गर्न चाहन्छु । सभामुख महोदय राष्ट्रिय हित जनताको समृद्धि अधिकार शान्ति र लोकतन्त्रका लागि आफ्ना कतिपय हित एवं स्वार्थलाई त्यागेर अघि बढ्ने अ� ोटबाट मात्र हामी विविधतामा एकता कायम गर्दै अघि बढ्न सक्छौं भन्ने तथ्यलाई आत्मसात् गर्दै मैले सबै राजनीतिक दलहरु समक्ष मूल काममा केन्द्रित भएर जिम्मेवारी पूरा गर्न जोड दिदै आएँ । विस्तृत शान्ति सम्झौता र तत्पश्चात् भएका विभिन्न सहमतिहरु तथा हामी सबैले स्वीकार गरेको संवैधानिक प्रकि्रया र अभ्यासलाई सम्मान गरेर विवादको समाधान खोजौं भन्नेमा मैले निरन्तर जोड दिइरहें । ऐतिहासिक जनआन्दोलन पछि अहिले हामी राष्ट्रिय राजनीतिको एउटा क� ीन मोडमा उभिएका छौं । शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन तथा नयाँ संविधान निर्माण गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हामीले गम्भीर रुपमा साझा प्रयत्न गर्नुपर्ने भएको छ । यसका लागि सैद्धान्तिक रुपमा सबैका प्रतिबद्धता सार्वजनिक भइसकेको र शान्ति प्रकि्रया आरम्भ भएपछिका सबै सरकारले त्यसलाई आफ्नो गन्तब्य भएको उल्लेख गरेपनि मुख्य उद्देश्य पूरा भइसकेको छैन । मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पछि अन्योल र अनिश्चयको स्थिति समाप्त गरी शान्ति र संविधान निर्माणसंग सम्बन्धित विषयमा सहमति कायम गर्दै अघि बढ्न सबै राजनीतिक दल विशेष गरी प्रमुख विपक्षी एनेकपा माओवादी संग बारम्बार आग्रह गरें । सहमति र सहकार्यका लागि अनैकौं पटक वार्ता र छलफल भए । तर प्रमुख विपक्षी दल एनेकपा माओवादी को निषेध र असहयोगी प्रवृत्ति र व्यवहारका कारण हाम्रा प्रयासहरु सफल हुनसकेनन् । सभामुख महोदय संविधान सभाको निर्वाचन पछि यही व्यवस्थापिका संसदमा हामीले सबैभन्दा � ूलो राजनीतिक दलका हैसियतले एनेकपा माओवादी पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ म र मेरो पार्टी नेकपा एमाले ले त्यसलाई साथ दिएका थियौं । सरकार संचालनका लागि साझा सहमतिको न्यूनतम् कार्यक्रममा पनि सहमति भएको थियो । तर त्यो सहमतिको प्रतिकूल व्यवहार गर्दै जनताको अपेक्षा विपरीत त्यस संयुक्त सरकारका प्रधानमन्त्रीको राजीनामा आयो । त्यो राजीनामा पश्चात् राजनीतिक दलहरुले विकल्प प्रस्तुत गर्दै सरकार ग� न गर्ने काममा अग्रसर हुनु र संविधान तथा व्यवस्थापिका संसदको नियम अनुसार नयाँ सरकार ग� न हुनु स्वाभाविक थियो । त्यही संवैधानिक र राजनीतिक प्रकि्रयामा नै मेरो नेतृत्वमा वर्तमान सरकार ग� न भयो । लोकतन्त्रमा सरकार ग� न र विघटन हुने प्रकि्रयालाई स्वाभाविक रुपमा लिएर राजनीतिक विषयहरुमा केन्द्रित हुनुपर्नेमा एनेकपा माओवादी ले शुरुदेखि नै प्रधानमन्त्री र सरकारका विरुद्ध सक्दो बल प्रयोग गर्दै प्रहार गर् यो । आरम्भदेखि नै सरकारलाई असफल पार्न अभियान चलाइयो । झण्डै पाँच महिनासम्म संसदको बै� क अवरुद्ध गरियो । त्यसले गर्दा विकास निर्माण र नियमित प्रशासनिक काममा नकारात्मक असर पर् यो र राज्यले जनतालाई प्रदान गर्नुपर्ने सेवा प्रभावित भए । त्यति मात्र होइन देश अत्यन्त संवेदनशील संक्रमणमा रहेको स्थितिमा एनेकपा माओवादी ले निरन्तर घेराउ बन्द र हडताल जस्ता कि्रयाकलाप गरी जनजीवनलाई नै असहज तुल्याएको तथ्य यहाँ उल्लेख गर्नुपर्दा मलाई राम्रो लागिरहेको छैन । यस क्रममा लोकतन्त्र र सामान्य शिष्टाचारका सीमाहरुको उल्लंघन गर्दै प्रधानमन्त्री र मन्त्रीहरुमाथि ढुंगामुढा गरिएको र अमर्यादित रुपमा प्रहार भएको कुराको म धेरै चर्चा गर्न चाहन्न । प्रमुख विपक्षी दलको यस्तो व्यवहारबाट शान्ति सुरक्षा कायम गर्ने विकास निर्माणका कामहरुलाई गति दिनॆ र सुशासनको दिशामा राज्यलाई अघि बढाउने काममा व्यवधान सिर्जना भयॊ । सरकार ग� नका समयमा बाइस दलको समर्थनमा तय गरेको साझा सहमतिको न्यूनतम् कार्यक्रमका आधारमा अघि बढ्दै अत्यन्त प्रतिकूल परिस्थितिमा पनि भिन्न विचार भएका राजनीतिक दलहरुको एकता र सुझबुझको परिणामस्वरुप मेरो नेतृत्वको सरकार झण्डै १४ महिनासम्म बहुमतका साथ अगाडि बढेको र त्यो बहुमत अहिले पनि कायमै रहेको कुरा उल्लेखनीय छ । मैले धैर्य र इमान्दारीका साथ प्रमुख विपक्षी एनेकपा माओवादी लगायत सरकारमा रहेका र नरहेका राजनीतिक दलहरुसंग सहमतिको प्रयास जारी राखें । अहिले पनि म त्यस्तो सहमतिको पक्षमा छु । सभामुख महोदय मैले एउटा विषम स्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी पाएको सबैलाई स्पष्टै छ । देशमा शान्ति सुरक्षाको स्थिति कायम गर्दै शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउने र संविधान निर्माणको कामलाई अघि बढाउने उपयुक्त वातावरण सिर्जना गर्नुका साथै जनताका बढ्दा आकांक्षा एवं आवश्यकतालाई सम्बोधन गर्दै जानुपर्ने चुनौती हाम्रा सामु थियो । यसका लागि राजनीतिक दलहरुको रचनात्मक र सहयोगी भूमिका अनिवार्य हुन्थ्यो । तर आफै प्रधानमन्त्री पदबाट राजीनामा दिने अरुमाथि दोषारोपण गर्ने्र बन्द र हडतालको सिलसिला चलाई जनजीवन त्रस्त तुल्याउने जबर्जस्ति चन्दा असुली जारी राख्ने द्वन्द्वकालमा कब्जा गरिएका व्यक्तिगत र सार्वजनिक सम्पत्ति फिर्ता गरिएको घोषणा गर्दै १५ दिनभित्र त्यसको कार्यान्वयन नगर्नेहरुमाथि प्रशासनिक कार्वाई गर्ने छ महिनाभित्र लडाकुहरुको समायोजन र पुनःस्थापना नभए राज्यले कुनै दायित्व नलिने र वाईसीएल्को अर्ध-फौंजी कार्यशैली र कि्रयाकलाप पूर्ण रुपमा समाप्त गरी त्यसको नियन्त्रणमा रहेका सबै सार्वजनिक सरकारी तथा नीजि भवन र जग्गा १५ दिनभित्र खाली गरी सम्बन्धित व्यक्ति र संस्थालाई फिर्ता गर्ने एवं सात दिनभित्र राजनीतिक दल मानवाधिकारवादी र स्थानीय प्रशासनका प्रतिनिधि सम्मिलित अनुगमन समिति ग� न गर्ने जस्ता प्रतिबद्धता पूरा नगर्ने शिविर र त्यसका रहेका लडाकुहरु विशेष समितिको मातहतमा आइसकेको घोषण गरेर पनि सो अनुरुप नगरी तिनलाई पार्टीको स्वार्थमा प्रयोग गर्ने शक्तिको आडमा राज्य कब्जा गर्ने कुरा गरिरहने तथा अन्य राजनीतिक दलहरुको अस्तित्व स्वीकार नगर्ने जस्ता एनेकपा माओवादी का कि्रयाकलापहरुको अझ सविस्तार चर्चा गरी म तीतो विगतलाई बढी स्मरण गराउन चाहन्न । अझैं पनि िहंसा अराजकता र सर्वसत्तावादी चिन्तन र व्यवहार परित्याग गर्दै एनेकपा माओवादी पूर्ण रुपमा निशस्त्र भई शान्तिपूर्ण प्रतिस्पर्धालाई आत्मसात् गर्ने नागरिक पार्टीका रुपमा रुपान्तरित होस् भन्ने हाम्रो अपेक्षा छ । सभामुख महोदय हामीले शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याउन विशेष सुरक्षा कार्यक्रम लागु गर् यौं । अत्यन्त प्रतिकूल परिस्थितिमा पनि लोकमार्ग अवरोध िहंसा र संग� ित अपराधमा संलग्न विभिन्न समूहका कि्रयाकलाप नियन्त्रण जस्ता कार्य तीब्र रुपमा संचालन भई तुलनात्मक रुपमा शान्ति सुरक्षामा उल्लेखनीय सुधार भयो । सुरक्षा निकायको सुधार सुदृढिकरण र परिचालनतर्फ विभिन्न कामहरु भए । राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा र औद्योगिक सुरक्षा बल ग� नको सैद्धान्तिक आधार तय गरिनुका साथै राष्ट्रिय परिचयपत्रको काम अघि बढ्यो । युवा नीति औद्योगिक नीति सूचना तथा प्रविधि नीति शहरी खानेपानी तथा सरसफाई नीति र जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति लागू हुनुका साथै पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बै� क आयोजना गरिएकॊ तथ्य यस सम्मानित सदनमा प्रस्तुत गर्न चाहन्छु । राजस्व परिचालनलाई उच्च स्तरमा कायम राख्दै का� माण्डौं-तराई द्रुत मार्ग बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी र पोखरामा � ूला जहाज अवतरण गर्नसक्ने हवाई मैदान मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण हुलाकी मार्ग मध्य पहाडी लोकमार्ग जस्ता � ूला विकास आयोजनाहरुको निर्माण कार्य अघि बढाइयो । पर्यटनको माध्यमद्वारा देशको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यका साथ सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरियो । कृषि वन जलस्रोत आदि जस्ता अन्य महत्वपूर्ण क्षेत्रमा स्पष्ट सोच र योजनाका साथ विभिन्न कार्यक्रमहरु संचालन भए् । जनता आवास र कर्णाली रोजगार जस्ता सामाजिक उत्थानका कार्यक्रमलाई महत्वका साथ कार्यान्वयन गरियो । जेष्� नागरिक जेष्� र द्वन्द्वपीडित पत्रकारहरुको लागि विशेष कोषको स्थापना र कार्यक्रम लागु गरियो टेलिफोन र इन्टरनेट सेवाको व्यापक रुपमा विस्तार गरियो । कर्मचारीहरुको कार्यदक्षता र मनोबल बढाउन अनेकौं सुविधाका कार्यक्रमहरु अधि सारिए । वैदेशिक रोजगार बचतपत्र जारी गर्ने स्वर्णपदक प्राप्त खेलाडीहरुलाई आजीवन निर्वाहभत्ता प्रदान गर्ने काम गारियो । महिला िहंसा विरुद्ध विशेष कार्यक्रम लागु गर्नुका साथै यस सन्दर्भमा प्रधानमन्त्री कार्यालयमा छुट्टै इकाईको स्थापना गरियो । घरेलु िहंसा पीडित महिला आवासगृहको निर्माण कार्य अधि बढाइयो । द्वन्द्व पीडितहरुलाई राहत उपलब्ध गराइयो र द्वन्द्वकालमा मारिएकाहरुलाई शहीदको सम्मान प्रदान गरियो । शान्ति प्रकि्रया र विकास कार्यको पक्षमा सहयोग जुटाउन तथा राष्ट्रिय हित र गरिमाको अभिबृद्धि गर्न छिमेकी भारत र चीन लगायत विभिन्न मित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्र संघ समेतका अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसंगको सम्बन्धलाई अझ प्रगाढ तुल्याइयो । यसै सन्दर्भमा विदेशी सहयोग अनुदान दोब्बर भएको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक नै हुनेछ । विगत एक दशकदेखि निस्क्रिय रहेका कतिपय सरकारी संयन्त्रहरुलाई पुनः कि्रयाशील तुल्याइयो । विभिन्न कारणले जनआन्दोलन पार्क संग्रहालयहरु र गणतन्त्र स्तम्भका साथै गणतन्त्र स्मारकको निर्माण तथा सुशासनको दिशामा गर्नुपर्ने कतिपय कामहरु हामीले सोचे अनुरुप अगाडि बढ्न नसकेकोमा भने म स्वयं सन्तुष्ट नरहेको कुरा उल्लेख गर्नचाहन्छु । सभामुख महोदय विद्यमान परिवेशमा देशको समग्र परिस्थितिलाई ध्यानमा राखी हामी नेपाल सरकारको नीति तथा कार्यक्रम र बार्षिक बजेटको तयारी गरिरहेका थियौं । स्वाधीन समृद्ध र शान्तिपूर्ण नेपालको जग बसाउन अग्रगामी संरचना मार्फत राज्यलाई एकात्मक प्रणालीबाट संघात्मक प्रणालीमा रुपान्तरण गर्न शान्ति प्रकि्रया अन्तर्गत गरिनुपर्ने सबै कामहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्न दण्डहीनताको अन्त्य गर्दै विधिको शासनलाई सुदृढ गर्न सरकार निश्चित सोच र कार्ययोजनाका साथ अघि बढिरहेको थियो । सामन्तवादका सामन्तवादको अन्त्य गर्दै आर्थिक-सामाजिक रुपान्तरण समाजवादोन्मुख समावेशी र समन्यायिक सिद्धान्तमा आधारित अर्थव्यवस्था वैज्ञानिक भूमिसुधार र भूउपयोग नीति र भौतिक संरचनाहरुको निर्माण र पुनःनिर्माण राष्ट्रिय हितमा आधारित वैदेशिक सम्बन्ध जस्ता कामहरु सरकारका प्राथमिकतामा थिए् । गरिबीको रेखामुनि रहेकाहरुका लागि ूराज्य सुविधा परिचयपत्रू द्वन्द्व प्रभावितहरुका लागि पाँचै विकास क्षेत्रमा शुरु गरिएका ूआरोग्य आश्रमू को निर्माण कार्य सम्पन्न गर्ने ूशान्ति सुरक्षाः जनताको अपेक्षाू ूनौ सू ूआफ्नो गाउँ आफै बनाऔंू ूएक गाउँ एक उत्पादनू ूगाउँ-गाउँमा सहकारीः घर-घरमा रोजगारीू ूबाल संरक्षण अनुदानू ूसर्जक आश्रमू को संचालन लघु उद्यम विकास फोहरमैला व्यवस्थापन ूसूचना तथा संचारः समृद्धिको आधारू हरित रोजगारी सिर्जना पशुपालन तरकारी तथा फलफूल खेतीका लागि प्रविधि र सुलभ कर्जा अघिल्लो बर्ष आरम्भ गरिएका लोकमार्गहरुको निर्माण कार्यमा तीब्रता ल्याई ती लोकमार्गको सेरोफेरोमा शहरी वस्ति विकास दश कक्षासम्म निःशुल्क शिक्षा गाउँ-गाउँमा लघु जलविद्युत आयोजना र ूलघु जलविद्युत विकास कोषू अन्तर्देशीय विद्युत प्रसारण लाइन कानूनको शासनका लागि फौजदारी कानुन सुधार र अपराध आचार संहिता जस्ता कार्यहरु गर्न सरकारको तयारी रहेको कुरा म जानकारी गराउन चाहन्छु । त्यस्तै अपाङ्गता भएका व्यक्ति पिछडिएका र विपन्न वर्ग दलित लोपोन्मुख जाति र सीमान्तकृत समुदाय महिला जेष्� नागरिक मुक्त कमैया आदिका लागि गत वर्ष संचालित कार्यक्रमहरुलाई निरन्तरता दिदै तिनको अझ विस्तार र सुदृढिकरण गर्न सरकारले आवश्यक कार्य अगाडि बढाइरहेको थियॊ । मुक्त कमलरीलाई तालिम र शिक्षाका लागि छात्रवृत्ति दलित र विपन्न मुसलमान परिवारका बालबालिकाका लागि प्राविधिक शिक्षामा छात्रवृत्ति वादीका लागि ुघर विकास योजनाु उच्च शिक्षा नीति खेलकुद विकास प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति प्रहरी चौकी र इलाकाहरुको स्तरोन्नति र सशस्त्र प्रहरीको सबै जिल्लामा विस्तार वैदेशिक सहयोगको सदुपयोग आर्थिक कूटनीति विद्युतीय सुशासन निजामति कर्मचारीका सन्ततीका लागि विशेष छात्रबृत्ति र अनुदान लोकसेवा आयोगको सुदृढिकरण भ्रष्टाचारको प्रभावकारी नियन्त्रण देशमा उपलब्ध सम्पदाहरुको लगत व्यवस्था सरकारी र सार्वजनिक संस्थाहरुको जग्गा र सम्पत्तिको व्यवस्थित लगत र अभिलेख राख्ने तथा तिनको योजनाबद्ध दीघकालिन सोचका साथ उपयोग गर्ने आदि जस्ता क्षेत्रमा विशेष नीति र योजनाका साथ प्रस्तुत हुने सरकारको तयारी थियो । तर शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउन तथा संविधान निर्माणको काम अघि बढाउन राष्ट्रिय सहमति कायम गर्न र राजनीतिक निकासको मार्ग प्रशस्त गर्न मैले प्रधानमन्त्रीको पदबाट राजीनामा गरेपछि सरकारले गरेको उक्त सबै तयारी स्थगित भएको छ । अब नेपालको अन्तरिम संविधान २०६३ को विशेष व्यवस्था अनुरुप सरकारको तर्फबाट एक तिहाई बजेट मात्र यस सम्मानित सदनमा प्रस्तुत हुनेभएको छ । शान्ति प्रकि्रया आरम्भ भएदेखि यता देशमा सुशासन र आर्थिक विकासका लागि झन गतिका साथ सहमतिको वातावरण सिर्जना हुनुपर्नेमा सामान्य रुपमा नीति र कार्यक्रम तथा बजेट पेश समेत गर्ने अवस्था नहुनु दुःखको कुरा हो । यसका लागि जनताको आलोचना र टिप्पणीलाई हामी सबैले नतमस्तक भएर स्वीकार गर्नै पर्दछ । सभामुख महोदय संविधानसभाबाट संविधान बन्नुपर्ने जनभावनाको कदर गर्दै देश पुनः अन्योल अस्थिरता र द्वन्द्वतर्फ नधकेलियोस् भनेर सरकारको तर्फबाट संविधानसभाको कार्यकाल एक वर्ष थप्ने प्रस्ताव व्यवस्थापिका संसदमा पेश भई पारित भइसकेको कुरा हामी सबैलाई थाहै छ । थप अवधिको पनि डेढ महिना बितिसकेको छ । बाँकि अवधिलाई शान्ति र संविधान निर्माण प्रकि्रयाको पूर्णताको लागि कसरी अधिकतम् रुपमा उपयोग गर्नसकिन्छ भनेर हामी सबैले गम्भीर हुनैपर्दछ । यस अवधिको पनि हामीले पूर्ण उपयोग गर्नसकेनौं भने हाम्रो देश अकल्पनीय संकटको भुमरीमा फँस्न सक्छ र हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरु गुम्न सक्छन् । यस्तो अवस्था आयो भने इतिहासमा नै हामी असक्षम र गैरजिम्मेवार सावित हुनेछौं । जनता तथा देशप्रति जिम्मेवारीबोधका साथ निस्वार्थ र वस्तुवादी भए मात्र हामी साझा सवालमा एकताबद्ध हुनसक्छौं । सबल स्वाधीन र समृद्ध नेपालको निर्माण गर्दै हाम्रो राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउन सक्छौं । अतः म सबै राजनीतिक दल तथा नेता र कार्यकर्ताहरुलाई उक्त युगिन दायित्व पूरा गर्न आ-आफ्नो � ाउँबाट सकारात्मक रुपमा योगदान गर्न आव्हान गर्दछु । स्वाधीन सबल समृद्ध स्वाभिमानयुक्त र शान्त लोकतान्त्रिक गणतन्त्र नेपालकॊ साझा आकांक्षा र लक्ष्यका लागि हामीले लोकतान्त्रिक संघर्षको लामो र कष्टसाध्य यात्रा तय गरेको कुरा निर्विवाद छ । लोकतान्त्रिक आन्दोलनको क्रममा हामीले गत चार बर्षमा महत्वपूर्ण उपलब्धिहरु हासिल पनि गरेका छौं तर हामी अझैं गन्तब्यमा पुगिसकेका छैनौं । गन्तब्यमा नपुग्दै हामीले १२-बुँदे सहमतिदेखि आरम्भ गरेको यात्राको एउटा पक्ष असहमति र निषेधको मानसिकतामा रहेको अपि्रय स्थितिको सामना गरिरहनु पर्दा सबैलाई खल्लो लागेको हुनुपर्छ । यस्तो स्थितिको अन्त्य गर्दै विस्तृत शान्ति सम्झौता र त्यसको आधारमा भएका विभिन्न सहमतिहरुको कार्यान्वयनका लागि सहमति र समझदारीमा आधारित सहकार्यलाई अघि बढाउन मैले पटक-पटक गरेको आग्रहलाई यहाँ दोहोर् याउन चाहन्छु । जे� १४ गतेपछि पनि प्रमुख राजनीतिक दल लगायत विभिन्न राजनीतिक दलका नेताहरुको आग्रह अनुरुप मैले राष्ट्रिय सहमतिको खोजी तथा सरकारको विकल्पबारे � ोस निष्कर्ष निकाल्न पर्याप्त समय दिएर प्रतीक्षा गरें । तर कुनै सहमति देखापरेन । मेरो राजीनामा पछि शान्ति प्रकि्रयाका बाँकी कामहरु अविलम्ब पूरा गरिनेछन् र राष्ट्रिय सहमतिको सरकार ग� न गर्दै संविधान निर्माणको काम अघि बढ्नेछ भनी नेपाली जनताका सामु गरेको बाचा एनेकपा माओवादी का तर्फबाट अझैं पूरा नुहुनु दुःखको कुरा हो । मेरो राजीनामा पछि राष्ट्रिय सहमतिका लागि राष्ट्रपति महोदयबाट थप गरिएको समयावधि पनि बितिसकेको छ । मेरो राजीनामालाई राष्ट्रिय सहमतिको मूल आधार भन्दै सार्वजनिक अभिव्यक्ति दिने दल र नेताहरु मेरो राजीनामा पछि झण्डै दुई हप्ता हुनलाग्दा पनि कुनै निष्कर्षमा नपुग्नु विडम्बना नै मान्नु पर्दछ । यस्तो बिडम्बनाको अविलम्ब अन्त्य गरी देशलाई सुनिश्चित दिशातिर अघि बढाउन म सम्बन्धित सबैलाई आग्रह गर्दछु । सभामुख महोदय लोकतान्त्रिक संस्कृति र मान्यताप्रतिका प्रतिबद्धताहरु अनुरुप व्यवहार गर्नुको साटो हामीले अमर्यादित भाषा र शैलीका कटाक्षयुक्त प्रहार तथा असहयोग एवं षडयन्त्रपूर्ण कि्रयाकलाप प्रतिपक्षबाट मात्र होइन अनपेक्षित स्थानबाट समेत सामना गर्नुपरेको प्रसंगलाई धेरै कोट्याउन चाहन्न । आफूलाई आवश्यक पर्दा राष्ट्रिय सहमति पि्रय लाग्ने अरुबाट त्यसको निम्ति सहयोगको अपेक्षा गर्ने तथा मर्यादा वा सम्मानको महिमा हुने तर आवश्यक न� ान्दा अरुको अस्तित्व र मर्यादाको कििाचत पनि ख्याल नगर्ने प्रवृत्तिबाट मुक्त हुनु सहमतिका लागि आवश्यक छ जस्तो मलाई लाग्छ । संविधान निर्माणको कामलाई सरकार ग� नको विषयसंग गाँसेर संविधानसभाको कार्यप्रकि्रयालाई गतिहीन बनाउनु उचित हुदैन । संविधान निर्माण प्रकि्रया मूलतः राजनीतिक दलहरुको सुझबुझ सहमति र सहकार्यमा आधारित भएपनि उपयुक्त वातावरण सिर्जना गर्ने कार्यमा सरकारका तर्फबाट हामीले भूमिका खेलेका हौं । हामी सबै एउटा सुनिश्चित विधि र प्रणालीबाट निर्देशित छौं । कसैले पनि देशलाई असफल राष्ट्रको पंक्तितर्फ धकेल्ने किसिमका गतिविधिहरु गर्नु खेदजनक हुन्छ । ऐतिहासिक जनआन्दोलन पश्चात् संविधानसभाको निर्वाचन सम्पन्न गर्दै निरंकुश राजतन्त्रको अन्त्य गरिएको तर यस उपलब्धिलाई सुदृढ तुल्याउन भएका सम्झौता र सहमतिको कार्यान्वयन नहुँदा जटिलता उत्पन्न भएको तर्फ सबैले ध्यान दिनै पर्दछ । आफूसंग असहमत राजनीतिक दलका कार्यकर्ताहरुमाथि सांघातिक हमला गर्ने प्रवृत्तिलाई रोक्न प्रयत्न गर्नु त कता हो कता त्यस्तो प्रवृत्तिलाई प्रोत्साहन दिने कार्यले हामी सबैलाई मर्माहत तुल्याइरहेको छ । राजनीतिक अस्थिरता बन्द र हडताल जस्ता कि्रयाकलाप शान्ति र जनताको समृद्धिका बाधक भएको र तिनले हाम्रो राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर पार्ने तथ्यको मनन गर्दै तद्नुरुप सबैले व्यवहार गर्नु आवश्यक छ । शान्तिपूर्ण वातावरणमा मात्रै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम हुन्छ र त्यस्तो वातावरणमा मात्रै संविधान निर्माणको काम सहज हुन्छ । सभामुख महोदय हामी परिवर्तन र रुपान्तरणको प्रकि्रयामा छौं र यो प्रकि्रया निश्चय नै कष्टसाध्य छ । नयाँ संविधानको घोषणा गरी देशमा संघीय प्रणाली लागु गर्ने राज्यको पुनःसंरचनाद्वारा सबै समुदाय र क्षेत्रका जनतालाई अधिकारसम्पन्न तुल्याउने माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाको काम पूरा गरी दिगो शान्ति स्थापना गर्ने जस्ता चुनौतीपूर्ण कामका साथै संक्रमणकालमा देशका विभिन्न भागहरुमा हत्या-िहंसा र आतंक सिर्जना गरी नाजायज फाइदा लिन तल्लीन अवैध समूहका कि्रयाकलापहरु नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । यस्तो आन्तरिक परिस्थिति तथा छर-छिमेक र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका परिवर्तन एवं गतिविधिको हाम्रो जस्तो भू-राजनीति भएको देशमा पर्ने प्रभावको पनि हामीले गहिरो मूल्यांकन गर्नुपर्दछ । आन्तरिक र वाह्य परिस्थितिको विश्लेषणको आधारमा हामीले देशमा जारी शान्ति प्रकि्रया र संविधान निर्माणको महत्वलाई बुझ्नु पर्दछ । यसरी हेर्दा हाम्रो देश र नेपाली जनताको हित र प्रगतिका लागि राष्ट्रिय सहमति एवं सहकार्यका साथ अघि बढ्नु समयोचित छ । यसतर्फ ध्यान दिएर पाइला चाल्यौं भने निश्चय पनि हामीलाई गन्तब्यमा पुग्न सजिलो हुनेछ । सभामुख महोदय सरकार अहिले राजीनामा दिइसकेको विशेष अवस्थामा छ । यस्तो अवस्थामा संविधान र कानूनको मर्यादालाई कायम राख्न हामीहरु सजग छौं । तरपनि यस्तो स्थितिलाई लामो समयसम्म कायम रहनदिनु उचित हुँदैन । मेरो नेतृत्वमा ग� ित सरकारले विगतमा विभिन्न पक्षबाट सिर्जित व्यवधानका कारण जनता र देशलाई दिनसकिने लाभ पूर्ण रुपमा दिननसकेको मा म दुःखित छु र जिम्मेवारीका साथ काम गर्दागर्दै सरकार संचालन गर्दा कुनै कमी-कमजोरी रहेका भए यसका लागि आत्मालोचित छु । मेरो कार्यकालमा संयुक्त सरकारका सहभागी र सहयोगी राजनीतिक दल र सभासद्बाट प्राप्त निरन्तर सहयोगका लागि म ती सबै दल दलका नेता सभासद् तथा कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिनचाहन्छु । शान्ति र लोकतन्त्रको पक्षमा अत्यन्त प्रतिकूल परिस्थितिमा पनि सचेत नागरिक समाज संचारकर्मी लगायतका जनसमुदायबाट प्राप्त न्यानो माया र सहयोगका लागि म िसंगो मन्त्रिपरिषद् र आफ्नो तर्फबाट आभार प्रकट गर्दछु । अनेकौं अप्� ्याराहरुको सामना गर्दै सरकारको पक्षमा उभिने र सफलताको कामना गर्ने मेरो पार्टीका सम्पूर्ण नेता सभासद् र कार्यकर्ताहरुप्रति म कृतज्ञता प्रकट गर्दछु । नेपालको लोकतन्त्र शान्ति प्रकि्रया र आर्थिक-सामाजिक विकासका लागि निरन्तर योगदान गरी हामीलाई सहयोग पुर् याउने सबै मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय संघ-संस्थाहरुलाई दिलैदेखि धन्यवाद दिनचाहन्छु । मेरो राजीनामा पछि शान्ति प्रकि्रयाका बाँकी कामहरु अविलम्ब पूरा गरिनेछन् भनी एनेकपा माओवादी ले गरेको वाचा अवश्य पनि इमान्दारीका साथ पूरा हुनेछ भन्ने कुरामा म पुनः जेाड दिनचाहन्छु । साथै राष्ट्रिय सहमतिको दिशामा थालिएका प्रयासहरुको सफलताको कामना गर्दै यथाशीघ्र नयाँ सरकार ग� न गर्ने कार्यमा राजनीतिक दल र सभासद्हरुको पूर्ण सफलताको कामना गर्दछु । धन्यवाद ! मितिः २०६७।३।२८

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्