Madhav Kumar Nepal

मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति नेकपा एमालेका स्थायी कमिटी सदस्य कमरेड केपी ओली नेकपाएमालेका उपाध्यक्ष एवम् रक्षामन्त्री विद्या भण्डारी त्रिभुवन विश्वविद्यालयका उपकुलपति मदन भण्डारी कलेजका पि्र_िन्सपल शिक्षक कर्मचारी र विद्यार्थीहरु भाई-बहिनीहरु उपस्थित अन्य महानुभावहरु आज हामी जननेता मदन भण्डारीको ५९औँ जन्मजयन्ती तथा मदन भण्डारी मेमोरियल कलेजको ९औँ बार्षिकोत्सवको सन्दर्भमा उपस्थित भइरहेका छौँ । यस घडीमा सर्वप्रथम म जननेता मदन भण्डारी र उहाँका योगदानलाई उच्च सम्मानकासाथ स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धााजली अर्पण गर्दछु । त्यसैगरी आफ्नो स्थापनाको नवौँ बर्ष पूरा गर्न सफल भएकोमा मदन भण्डारी मेमोरियल कलेजलाई हार्दिक बधाई दिन चाहन्छु । साथै आगामी दिनमा यस कलेजको अझ उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । जननेता मदन भण्डारी नवीन विचारक भविष्यद्रष्टा प्रखर वक्ता न्याय समानता र प्रजातान्त्रिक आन्दोलनका महान योद्धा एक देशभक्त निडर निस्वार्थी एवम् निष्कलंकित ब्यक्तित्व र जनताका पि्रय नेता हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेको मात्र होइन राष्ट्रकै नेता हुनुहुन्थ्यो । उहाँले हामीलाई छाडेर जानुभएको १७ बर्ष भइसक्यो तर पनि उहाँका विचारहरुले अहिलेसम्म पनि हामीलाई बाटो देखाइरहेको छ । भूमिगत जीवन त्यागेर सार्वजनिक हुनुभएको निकै छोटो अवधिमा नै जननेता मदन भण्डारी चर्चा लोकपि्रयता र सफलताको शिखरमा पुग्नुभयो । त्यो क्रम बढ्दै गइरहेकै बेला २०५० साल जेष् ३ गते रहस्यमय जीप दुर्घटनामा उहाँको मृत्यू भयो । अल्पायूमै भएको उहाँको मृत्यू साँच्चै अपुरणीय क्षति थियो । जननेता मदन भण्डारी अहिले हाम्रो साथमा हुनुहुन्न । तर उहाँका बहुमूल्य विचार र सपनाहरु हामीसँग छन् उहाँले देखाउनुभएको बाटो र उहाँले सिकाउनुभएको थुप्रै असल कुराहरु हामीसँग छन् । ती बहुमूल्य विचारहरुलाई पछ्याउन विकसित र विस्तारित गर्न सक्यौँ भने उहाँका सपनाहरुलाई पूरा गर्ने दिशामा अघि बढ्न उहाँले देखाउनुभएको बाटोमा हिँड्न र सिकाउनुभएका असल कुराहरुलाई व्यवहारमा लागू गर्न सक्यौँ भने उहाँको निधनले पुगेको क्षतिलाई हामीले केही हदसम्म पूर्ति गर्न सक्नेछौँ र यसो गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धााजली हुनेछ भन्ने मलाई लाग्दछ । मदन भण्डारी मेमोरियल कलेज जननेता मदन भण्डारीको नामसँग जोडिएको कलेज हो । यस कलेजको स्थापनाको शैक्षिक उद्देश्य त छ नै तर त्यसबाहेक जननेता मदन भण्डारीको नाम योगदान र सम्झनालाई ताजा र चिरस्थायी बनाउने उद्देश्य पनि छ । यो निकै प्रंशसनीय उद्देश्य हो । शिक्षाको महत्व मानव विकासको आदिकालदेखि नै रहँदै आएको छ । भलै त्यतिबेला अहिलेको जस्तो औपचारिक र विकसित शिक्षा थिएन । अझअहिलेको आधुनिक र वैज्ञानिक युगमा त शिक्षाको महत्व झनै बढेर गएको छ । खास भन्ने हो भने अहिलेको समयमा शिक्षाविना कुनै पनि मानिस न सहज र सम्मानपूर्वक बाँच्नसक्छ न शिक्षाविना समाज र देशको विकास र प्रगति सम्भव छ । शिक्षाले मानिसलाई अनेक उपयोगी ज्ञान सीप र ब्यवहार सिकाएर सहज र सम्मानपूर्वक जीवनयापन गर्न सक्षम बनाउँछ । त्यसैगरी शिक्षाले समाज र देश विकासका लागि आवश्यक पर्ने संसाधनमध्ये सबभन्दा महत्वपूर्ण मानव संसाधनको अथवा दक्ष जनशक्तिको उत्पादन र विकास गर्दछ त्यसलाई सही ढङ्गले परिचालन गर्ने तरिका सिकाउँछ विभिन्न खाले प्रविधि र साधनहरुको विकास गर्दछ उपलब्ध स्रोत र साधनहरुलाई सही ढङ्गले उपयोग गर्न सिकाउँछ खोज र अनसन्धानको माध्यमबाट नयाँ नयाँ तथ्य सत्य पत्ता लगाउँछ थुप्रै रहस्याको समुद्घाटन गर्दछ । त्यतिमात्रै होइन नयाँ विधि र ज्ञानको आविष्कार गर्दछ । त्यतिमात्र होइन शिक्षाले मानिसहरुलाई सभ्यता शिष्टता अनुशासन नैतिकता अधिकार कर्तव्य आदिको ज्ञान दिएर सभ्य र शान्त समाज निर्माण गर्न मद्दत पुर् याउँछ । यस्तो समाज भएमा नै देशको विकास र प्रगति सम्भव छ । शिक्षाको महत्वलाई प्रष्ट पार्दै प्रसिद्ध दार्शनिक जोन लकले भनेका छन् ूजसरी बोटबिरुवाको यथोचित विकासका लागि गोडमेल र खनजोत अनिवार्य हुन्छ त्यसरी नै मानिसको समग्र विकासका लागि शिक्षा अनिवार्य हुन्छू । यति महत्वपूर्ण शिक्षासँग जननेता मदन भण्डारीको नाम जोडिनु अथवा मदन भण्डारीको नाममा शैक्षिक संस्था खोलिनु अवश्य पनि खुसीको कुरा हो । यसका लागि सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु । जननेता मदन भण्डारी मूलतः राजनीतिक ब्यक्ति भए पनि उहाँलाई शिक्षाको विषयमा पनि राम्रै जानकारी र ज्ञान थियो । उहाँले शिक्षाको सम्बन्धमा राख्नुभएका विचार र धारणाहरु निकै महत्वपूर्ण र स्पष्ट छन् । खासगरी नेकपा एमालेको पाँचौ महाधिवेशनमा वहाँले प्रस्तुत गर्नुभएको दस्तावेज ुनेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादुमा शिक्षासम्बन्धी धारणाहरु निकै स्पष्ट र व्यवस्थित रुपमा राख्नुभएको छ । मूल रुपम जननेता मदन भण्डारी गुणस्तरीय शिक्षा जीवन र राष्ट्रको निम्ति आवश्यक र उपयोगी शिक्षा शिक्षामा समानता वा शिक्षामा सबैको पहुँचको पक्षपाती हुनुहुन्थ्यो । जननेता मदन भण्डारीकै सोचसँग मिल्दोगरी यस मदन भण्डारी मेमोरियल कलेजले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्नमा प्रतिबद्ध रहँदैआएको र यस कार्यमा उल्लेख्य सफलता पाइरहेको सुन्न पाउँदा र शिक्षा क्षेत्रमा व्यापारीकरण भयो भन्ने ब्यापक गुनासो आइरहेको र शैक्षिक व्यापारिकरणको तीव्र विरोध भइरहेको बेलामा समेत यस मदन भण्डारी मेमोरियल कलेजले सामुदायिक कलेजको अवधारणालाई आत्मसात गरी कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ । त्यसैगरी कक्षा ११ र १२बाट शैक्षिक कार्यक्रम शुरु गरेको यस कलेजले आ वर्षको अवधिमै विभिन्न विषयमा स्नातकोत्तरसम्मको शैक्षिक कार्यक्रम शुरु गरिसकको जानकारीले पनि मलाई हर्षित तुल्याएको छ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु र छोटो अवधिमा नै विषय विस्तार स्तरोन्नति गर्न सफल हुनु अवश्य पनि चानचुने कुरा होइन यस्तो सफलताका लागि बार्षिकोत्सवको यस अवसरमा मदन भण्डारी कलेजलाई पुनः म बधाई दिन चाहन्छु र यस किसिमको सफलतामा विभिन्न ढङ्गले योगदान पुर् याउने र भूमिका निर्वाह गर्ने क्याम्पस व्यवस्थापन समिति शिक्षक कर्मचारी विद्यार्थी र अविभावकहरु सबैलाई धन्यवाद दिन चाहन्छु र उनीहरुको उच्च प्रशंसा गर्दछु । आगामी दिनमा यस कलेजले थप स्तरोन्नतिका अतिरिक्त विज्ञान प्रविधि र अन्य रोजगारमूलक विषयहरुका कक्षाहरु समेत साचालन गर्नसके नेपालको शैक्षिक क्षेत्र र सिँगो देशकै लागि महत्वपूर्ण योगदान पुग्ने कुरामा दुई मत हुनसक्दैन । त्यसैले आगामी दिनमा यस कलेजले विज्ञान प्रविधि र रोजगारमूलक विषयहरुका कक्षा साचालन गर्ने विषयमा सोच्नु योजनाहरु बनाउनु र तिनीहरुलाई कार्यान्वयनमा ल्याउने ढङ्गले अघि बढ्नु उचित र जरुरी हुनेछ । शिक्षामा राज्य समाज अविभावक विद्यार्थी शिक्षक कर्मचारी आदि सबैको ूलो लगानी र मेहनत परेको हुन्छ । यदि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सकिएन भने ती सबैको लगानी र मेहनत खेर जानेछ । पढाइसकेपछि पनि विद्यार्थीहरुले आफ्नो परिवारको समाज र देशको लागि केही गर्न सक्नु पर्छ आत्मविश्वासका साथ उपयोगी र उत्पादनमूलक काम गर्न सक्नुपर्छ । तसर्थ गुणस्तरीय शिक्षा दिने काममा यस मदन भण्डारी मेमोरियल कलेजले अझै प्रगति गर्दै जाओस् । अन्त्यमा पुनः एकपटक जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धााजली ब्यक्त गर्दछु । मदन भण्डारी मेमोरियल कलेजलाई बधाई र शुभकामना दिन चाहन्छु । आफ्नो तहमा कलेज टप गरेर मदन भण्डारी गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने पढाईमा उत्कृष्ट नतीजा ल्याएर मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा कलेजले आयोजना गरेको अतिरिक्त कि्रयाकलापका विभिन्न विधामा सफलता प्राप्त गरी मेडल र प्रमाणपत्र प्राप्त गर्ने सबै प्रतिभाशाली विद्यार्थी भाई-बहिनीहरुलाई हार्दिक बधाई दिन चाहन्छु र ५९ औँ मदन जयन्ती तथा मदन भण्डारी मेमोरियल कलेजको नवौं बार्षिकोत्सवमा यहाँ उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य यहीँ टुङ्याउँछु । धन्यवाद † ५९औँ मदन जयन्ती तथा मदन भण्डारी मेमोरियल कलेजको ९औँ बार्षिकोत्सव२०६७ असार १४को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सम्मानीय प्रधानमन्त्रीज्यूले दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्