Madhav Kumar Nepal

लुम्बिनी विश्वविद्यालयको सभामा व्यक्त गर्नुभएको मन्तव्य

बै कका अध्यक्ष सहकुलपति शिक्षामन्त्री सर्बेन्द्रनाथ शुक्ल उपकुलपतिज्यू विश्वविद्यालयका सभासद् तथा पदाधिकारीहरु उपस्थित महानुभावहरु लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम सभालाई सम्बोधन गरिरहँदा मैले अत्यन्त खुसी अनुभव गरेको छु । २०६३ सालको कार्तिकमा ग न भएको विश्वविद्यालय चौथो वर्षमा प्रवेश गरी प्रथम साधरण सभाको आयोजना गरिरहेको यस अवसरमा प्रशन्नता व्यक्त गर्दछु । साथै शान्तिका अग्रदूत महामानव बुद्धको नाममा स्थापित यस विश्वविद्यालय छोटो अवधिमै तीब्र गतिका साथ निर्दिष्ट लक्ष्यतर्फ अग्रसर हुनेछ भन्ने मैले विश्वास लिएको छु । आजको बै कमा हामीले महत्वपूर्ण निर्णय गरेका छौं । विश्वविद्यालयसँग सम्बन्धित बिभिन्न नियमहरु सुझाव सहित पारित गरेका छौं । सभामा प्रस्तावित बिभिन्न विषयहरुको टुंगो लगाएका छौं । लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गर्ने निर्णय गरेका छौं । विश्वविद्यालयलाई यस बिन्दूसमम ल्याउनुहुने उपकुलपति प्रा।डा। त्रिरत्न मानन्धरलाई म विशेष धन्यवाद दिन चाहन्छु । सबै उहाँको लगनशीलताबाट सम्भव भएको छ । सुरुवात राम्रो छ तर गन्तव्यसम्म पुर् याउन अझै धेरै लामो यात्रा पार गर्नुछ । भौतिक बैचारिक एवम् आर्थिक लगायतका धेरै पूर्वाधारहरु निर्माण गर्दै अगाडि बढ्न अतिरिक्त मेहनत गर्नुपर्छ । साथै दौधधुप पनि गर्नुपर्छ । यस सिलसिलामा विश्वविद्यालयका सबै सभासद्हरु त्यतिकै सकि्रय रुपमा लाग्नुपर्छ । लुम्बिनीको विकासको विशाल सम्भावना छ । तर सम्भावनालाई हामीले उपयोग गर्न सक्नुपर्छ । देशभित्र कि्रयाशील संघसंस्थाहरुबाट सहयोग प्राप्त हुनसक्छ । विश्वविद्यालयले अन्तराष्ट्रिय सम्बन्धन पनि प्राप्त गर्नसक्छ । २५ सय वर्षअघि नेपालमा जन्मिनु भएका महामानव गौतम बुद्धका सन्देशहरु संसारको प्रेरणास्रोत बनिरहेका छन् । यसप्रति हामीले गौरववोध गर्न सक्नुपर्छ । गौतम बुद्धद्वारा प्रतिपादित पाचशीलको सिद्धान्तलाई हामीले आज पनि उत्तिकै महत्वका साथ अन्तराष्ट्रिय नीतिका रुपमा अंगिकार गरेका छौं । यसबाट उहाँ केवल शान्तिका दूत मात्र नभई एक कुशल भविष्यद्रष्टा समेत हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ । शान्तिको मूल स्रोत बाहिर होइन हामी भित्रै खोज्नुपर्छ । मानवीय व्यवहार र मूल्य-मान्यतालाई आत्मसात गरेर मात्र शान्तिको मूल मर्म स्थापित गर्न सकिन्छ । बहुजनहिताय बहुजन सुखायको भावनाबाट अभिप्रेरित हुन सके गौतम बुद्धको उपदेशलाई विश्वशान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा स्थापित गर्न र शैक्षिक तथा प्राज्ञिक विकास गर्ने क्षेत्रमा समेत समुचित प्रबन्ध गर्न हामी सबैको ध्यान केन्द्रीत हुनुपर्छ । यस विश्वविद्यालयले विश्वका बौद्ध विद्वानहरुको अन्तरकि्रया शोध तथा अनुसन्धान केन्द्रका रुपमा अगाडि बढाउन तपाईंहरु अगाडि बढ्नुहुने मैले विश्वास लिएको छु । प्राज्ञिक उन्नयन नै राष्ट्र विकास र निर्माणको परिचायक हो । यसबिना देश विकासको परिकल्पना निरर्थक हुन्छ । बौद्ध दर्शन सम्बन्धी प्राज्ञिक अध्ययन एवम् अनुसन्धान मार्फत नेपाललाई विश्वसामू उजागर गर्न सकिन्छ भन्ने मैले ानेको छु । यस सन्दर्भमा उचित सहयोग उपलब्ध गराउन सरकार सदैव सकारात्मक रहनेछ । महामानव गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी नै हो भन्ने कुरा वैज्ञानिक खोज अनुसन्धान र उत्खननबाट प्राप्त तथ्यहरुद्वारा प्रमाणित भइसकेको छ । लुम्बिनीलाई विकास गर्न वर्तमान सरकार लागिरहेको छ । लुम्बिनीमा बुद्धको अग्लो बुद्धको मूर्ति स्थापना गर्न गइरहेका छौं । चीनको सहयोगमा स्थापनाको कार्य अगाडि बढिरहेको छ । करिब ८ अर्बको लगानीमा लुम्बिनीमा पार्कको विकास गर्ने संग्राहलय स्थापना गर्ने अनुसन्धानशालाको स्थापना गर्ने र पयर्टकहरुको आकर्षण बिस्तार गर्ने कतिपय कार्यक्रम साचालन गर्ने तय गरिसकेका छौं । विदेशी राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुले जब लुम्बिनीको भ्रमण गर्छन तव गुनासो गर्छन् अपेक्षित ध्यान पुगेन विकास हुन सकेन भन्दै सहयोगका निम्ति तत्पर रहेको कुरा गर्छन् । तर हामीले उनीहरुको तत्परतलाई पनि समुचित रुपमा उपयोग गर्न सकेका छैनौ । मलाई कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीको भ्रमण गर्ने चाहना रहेको खबर प ाउनुभएको छ । श्रीलंकाका राष्ट्रपतिले पनि यस क्षेत्रको भ्रमण गरेर सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभएको छ । वास्तबमा लुम्बिनीप्रति उहाँहरुको सद्भाव रहनु हाम्रा लागि गौरवको कुरा हो । चीन भ्रमणको क्रममा मैले तिब्बतको पोतला दरबारमा ५ फिटको बुद्धमूर्ति उपहार प ाएको छु । त्यस्तै सियान मन्दिरमा ५ फिटकै बुद्ध मूर्ति म आफैंले प्रतिस्थापन गरेको छु । वास्तबमा यी सबै काम र प्रचारले अरु देशसँगको सम्बन्ध बिस्तारमा सहयोग पुगेको छ । । विश्व विद्यालयको विकास लुम्बिनीको विकाससँग जोडिएको छ । वास्तबमा कपिलबस्तुको रामग्राम क्षेत्रलाई लुम्बिनी सर्किटका रुपमा विकास गर्नुपर्छ । त्यहाँका पुरातात्विक महत्वका बस्तुहरु लोप हुँदै जाने हराउँदै जाने दरवार चोरी हने भयो भने लुम्बिनीकै अस्तित्व मेटिन सक्छ । त्यसैले सरकारले लुम्बिनीको सुरक्षुका निम्ति सशस्त्र प्रहरीको छुट्टै एक युनिट राख्ने विषयमा सोचिरहेका छौं । वास्तबमा पयर्टक आकर्षण गर्ने थलोको रुपमा विकास गरेर लुम्बिनीबाट नेपालले प्रशस्त लाभ लिन सक्छ । गौतम बुद्ध नेपालकै हुन् भन्ने अझै स्थापित पनि गर्नुपर्ने आवश्यकता छ । कुनै देशको पा ्यक्रममा बुद्ध लुम्बिनीमा जन्मिएका होइनन् भन्ने राखिएको भन्ने मैले सुनेको छु । यसबाट भ्रम छर्ने कोशिस भइरहेको छ । भारतको एउटा लबीले यस्तो प्रयत्न गरेको छ । तर भारत सरकारले शाक्यमुनी बुद्धको जन्म लुम्बिनीमै भएको हो भनेर वास्तबिकतालाई स्वीकार गरिसकेको छ । विश्वभरीका बौद्ध धर्मालम्बीहरु तथा शान्तिपि्रय मानवजातिले लुम्बिनीलाई एक पवित्र तीर्थस्थलको रुपमा स्वकिार गरिसकेका छन् । विश्वको सांस्कृतिक सम्पदा सूचिमा समेत लुम्बिनी सूचिकृत भइसकेको सन्दर्भमा अझबढी अनुसन्धान गरी यसको ऐतिहासिक पुरातात्विक र दार्शनिक पक्षलाई उजागर गर्ने दिशामा विश्वविद्यालयले आफूलाई अग्रसर गराउनेछ भन्ने मैले गरेको छु । बौद्ध अध्ययन सम्बन्धी यस विश्वविद्यालयको संकाय विद्यापरिषद् एवम् प्राज्ञिक परिषद् समेतको सकि्रयतामा यस विश्वविद्यालयको उत्तरोत्तर प्रगति हुनेछ भन्ने आशा लिएको छु । साथै यस विश्वविद्यालयले बौद्ध अध्ययनमा बौद्ध दर्शन सम्बन्धी गुणस्तरयुक्त उच्चशिक्षा प्रदान गर्नेछ र शैक्षिक प्रखरता कायम गर्न सफल हुनेछ भन्ने शुभकामना पनि व्यक्त गर्दछु । अन्त्यमा विश्वविद्यालयलाई एउटा प्राज्ञिक केन्द्रका रुपमा विकसित गर्न आ-आफ्नो स्थानबाट आवश्यक सहयोगका साथै सकि्रय भूमिकाकाको अपेक्षा गर्दछु । साथै सहयोगका लागि बिभिन्न संघसंस्थाहरु बिभिन्न स्थानमा रहेका गुम्बाहरु लुम्बिनी विकास कोष लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै यो सभा यहीँ अन्त्य भएको घोषणा गर्दछु धन्यवाद † सम्माननीय प्रधानमन्त्री तथा लुम्बिनी विश्वविद्यालयका कुलपति माधवकुमार नेपालले विश्वविद्यालयको प्रथम साधरण सभा२०६७ असार १३ मा व्यक्त गर्नुभएको मन्तव्य ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्