Madhav Kumar Nepal

विश्व वातावरण दिवसका अवसरमा व्यक्त गर्नुभएको मन्तव्य

यस समारोहका अध्यक्ष माननीय मन्त्री ाकुर प्रसाद शर्मा माननीय मन्त्रीहरु महामहिम राजदूतहरु माचमा आसिन महानुभावहरु सम्पूर्ण उपस्थित भाइबहिनीहरु † विश्व वातावरण दिवस- २०१० को उपलक्ष्यमा आयोजना गरिएको यस कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा मलाई खुसी लागेको छ । आज नेपाललगायत विश्व समुदाय विभिन्न प्रकारका वातावरणीय समस्याहरुबाट आक्रान्त छ । वातावरण विनासका चुनौतीलाई सम्बोधन गर्न सन् १९७२ मा स्वीडेनको स्टकहोल्ममा सम्पन्न मानवीय वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा उ ाइएका वन विनाश अम्लीय वर्षा बाढी-पहिरो भू-क्षय जस्ता वातावरणीय समस्याहरु आज पनि चुनौतीका रुपमा विद्यमान छन् । २० औँ शताब्दीको उत्तराद्र्ध र २१ औँ शताब्दीको पूर्वाद्धमा हरितगृह ग्यासको बढ्दो उत्सर्जनका कारण सिर्जित समस्या अहिले विकराल रुपमा अगाडि आएको छ । जलवायु परिवर्तनबाट धनी-गरिब सबै राष्ट्रहरु प्रभावित छन् । त्यसैले कोपेनहेगन सम्मेलन- २००९ मा विश्वका नेताहरुको ूलो सङ्ख्यामा उपस्थिति थियो । दुर्भाग्य त्यस सम्मेलनलाई अपेक्षित गन्तव्यमा पुर् याउन भने सकिएन । हरितगृह ग्यास उत्सर्जनमा धनी औद्योगिक राष्ट्रहरु बढी जिम्मेवार छन् । तर वातावरणीय विनास र जलवायु परिवर्तनको कुप्रभाव हाम्रा जस्ता मुलुकमा बढी पर्ने गरेको छ । त्यस्ता प्रभावबाट जोगिन गर्नुपर्ने लगानी र प्राविधिक क्षमता नहुँदा विकासोन्मुख मुलुकहरु थप मारमा परेका छन् । हिमतालहरु जोखिममा परेका छन् । जलवायु परिवर्तनका कारण कृषि जैविक विविधता जलस्रोत स्वास्थ्य तथा वन क्षेत्रमा प्रतिकूल प्रभाव पर्नाले त्यस क्षेत्रमा बस्ने आदिवासी र सीमान्तीकृत समुदायको रोजगारी नै गुम्ने खतरा छ । यसका लागि उनीहरु दोषी छैनन् । तर सबैभन्दा त्रुूर दण्ड तिनीहरुले पाउने अवस्था सिर्जना भएको छ । हिमाली क्षेत्रमा उद्गम भएका जलस्रोतमा निर्भर स्वच्छ खानेपानी सिचाइँ ऊर्जा जल यातायात कृषि पर्यटन जस्ता बहुउपयोगी आयोजनाहरु ज्ााेखिममा पर्दा नेपाल लगायत हिन्दु कुस हिमालय प्रभावित अर्बौं मानिस र प्राणीको जीवन जोखिममा पर्नेछ । साथै हाम्रो हिमाली क्षेत्रको पर्यटनमा आश्रित जनजातिहरुको जीविकोपार्जन पनि सङ्कटमा पर्नेछ । त्यसैले हामीले विश्व माचहरुमा सामूहिक र सशक्त आवाज उ ाउन जरुरी छ । राजनीतिक स्थायित्व र वातावरण संरक्षण दिगो विकासका लागि पूर्वसर्तहरु हुन् । शान्तिबिना नेपालीको जीवनस्तर उकास्न सम्भव छैन विकासबिना गरिबी न्यूनीकरणको हाम्रो प्रयास सार्थक हुँदैन । वातावरण व्यवस्थापनबिना दिगो विकास सम्भव हुँदैन । यसरी हेर्दा स्थायित्व जनसङ्ख्या स्रोत वातावरण विकास तथा गरिबी न्यूनीकरणबीच घनिष् सम्बन्ध छ । यसलाई मनन गरी साझा प्रयास हुन सकेमा मात्र विगतमा अरुले गरेका वातावरणविरोधी कि्रयाकलापबाट सिर्जित समस्याहरु दोहोरिने छैनन् । राजनीतिक स्थायित्व भएका राष्ट्रहरुमा वातावरण व्यवस्थापनको कार्य द्रूत गतिमा भइरहेको देखिन्छ । जब राजनीतिक अस्थिरता देखिन्छ तब हाम्रो देशमा प्राकृतिक स्रोतको अधिक दोहन भएका उदाहरणहरु छन् । बन-जङ्गलको विनासबाट वाढी-पहिरो र प्राकृतिक स्रोत सम्पत्ति र जीविकोपार्जनमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । वातावरण संरक्षणमा ध्यान दिन नसक्दा हाम्रा विकासका प्रयासहरुबाट आशातीत लाभ लिन नसकिएको यथार्थ पनि हाम्रा सामु छन् । गरिब जनताको जीवन प्राकृतिक स्रोतमा भर पर्दछ । प्राकृतिक स्रोत सामाजिक-आर्थिक विकासका लागि पनि मुख्य आधार हो । यसरी हेर्दा आर्थिक-सामाजिक विकासले प्राकृतिक साधनमा तीब्र चाप पर्दछ । त्यही प्राकृतिक साधनबाट गरिबहरुको जीविका चल्ने कारणले आर्थिक-सामाजिक विकासको फल गरिबले पाउन सकेनन् भने उनीहरुको बाँच्ने आधार जोखिममा पर्ने खतरा हुन्छ । वातावरण विनासका साझा समस्या र चुनौतीलाई सम्बोधन गर्न नेपालले जनसहभागितालाई कार्यगत तहमा प्रोत्साहन दिने नीति तथा कानुन कार्यान्वयनमा ल्याएको म स्मरण गर्न चाहन्छु । उक्त नीतिमा वातावरण संरक्षणका लागि स्थानीयस्तरसम्म संस्थागत विकासलाई विशेष प्राथमिकता दिइएको छ । वातावरण संरक्षण-उन्मुख विकास कार्यक्रमलाई बढावा दिइएको छ । प्राकृतिक स्रोतको व्यवस्थापन तथा वातावरण संरक्षणका लागि स्थानीय सरकार गैरसरकारी एवम् सामुदायिक सङ्घ-संस्था तथा निजी क्षेत्रको संलग्नता एवम् सहभागिता प्रबद्र्धन गर्ने नीति लिएकॊ छ । वातावरणीय स्रोतसम्बन्धी अनुभव सिकाइ ज्ञान सीप र दक्षतालाई तल्लो तहसम्म लैजाने प्रयत्न गरिएको छ । नेपाल सरकार वातावरण संरक्षणको अवधारणालाई विकास प्रशासनमा आन्तरिकीकरण गर्न प्रयत्नशील रहेको छ । हामी नेपालको अन्तरिम संविधानमा रहेको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने मौलिक हक सुनिश्चित गर्न प्रयत्नरत छौँ । तर वातावरण संरक्षणमार्फत दिगो विकासको लक्ष्य हासिल गर्न अझै धेरै कार्य गर्नु आवश्यक छ । जैविक विविधतामा आएको ह्रासबाट हामी चिन्तित छौँ । जैविक विविधताको संरक्षणका लागि अन्तर्राष्ट्रिय कानुनी संयन्त्रका रुपमा जैविक विविधतासम्बन्धी महासन्धिसमेत कार्यान्वयनमा रहेको छ । तर विद्यमान प्रयास अपर्याप्त भएकोले वंशाणुगत प्रजातीय तथा ुइकोसिस्टमु विविधताको संरक्षण गरी आशातीत लाभ लिनका लागि अझै कि्रयाशील जनमत तयार गर्न आवश्यक छ । यसैक्रममा सन् २०१० लाई अन्तर्राष्ट्रिय जैविक विविधता वर्षका रुपमा नेपाललगायत विश्वभर मनाइरहेको वर्तमान अवस्थामा यसमा ध्यान दिई यस वर्षको विश्व वातावरण दिवसको नारा ुविविध प्रजाति साझा धरतीः हाम्रो भविष्यु अर्थात् ुःबलथ क्उभअष्भक इलभ एबिलभत स् इलभ ँगतगचभु रहेको छ । यस नाराले हाम्रो भविश्य प्रजातीय संरक्षणमा निर्भर रहेको सन्देश दिन खोजेको छ । नेपालले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिवद्धता बमोजिम जैविक विविधताको संरक्षणका लागि जैविक विविधता रणनीति- २००२ एवम् रणनीति कार्यान्वयन कार्ययोजना- २००६ लाई आफ्नै सीमित स्रोत-साधनबाट कार्यान्वयनमा ल्याएको छ । जलवायु परिवर्तनको प्रभावलाई समयसापेक्ष रुपमा सम्बोधन गर्दै लैजान प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद्को ग न भइसकेको छ । जलवायु परिवर्तनबाट नेपाल जस्ता पर्वतीय मुलुकमा परेको प्रतिकूल असरलाई न्यूनीकरण गर्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोगका लागि समेत वार्ता प्रकि्रयालाई प्रभावित पार्ने मुख्य उद्देश्यले समान प्रकृतिका समस्या एवम् चुनौती भोगिरहेका पर्वतीय मुलुकहरुको समूह ग न गर्नका लागि नेपालले संस्थागत अभियान सुरु गरिसकेको छ । यो समूहको आवश्यकताका बारेमा जलवायु परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलनका बेला नेपालले प्रस्ताव राखेको थियो । यसै सन्दर्भमा अन्तराष्ट्रिय संस्था इसिमोडलाई म यस दिवसका अवसरमा धन्यवाद दिन चाहन्छु । जसले हामीलाई पर्वतीय समूह ग न गर्न हौसला प्रदान गरेको थियो । हालै भुटानको राजधानी थिम्पुमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्ग न सार्क को १६ औँ शिखर सम्मेलनका बेला पनि यो समूहको आवश्यकताका बारेमा हामीले जोड दिएका थियौँ । बहुसङ्ख्यक पर्वतीय मुलुकहरुले हालै यस अवधारणालाई सराहना गरेका छन् । हालै सम्पन्न सार्क शिखर सम्मेलनले पनि नेपालको प्रस्ताव अनुमोदन गरी यसै वर्षभित्र नेपालमा पर्वतीय मुलुकहरुको वै क आयोजना गर्ने कुरा आफ्नो घोषणामा उल्लेख गरेको छ । हालै न्युयोर्कमा सम्पन्न पर्वतीय सहकार्यसम्बन्धी बै कमा नेपालले चालेका कदमको प्रशंसा गरिएको जानकारी मैले प्राप्त गरेको छु । पर्वतीय मुलुकहरुको समूह ग न गर्न अगुवाइ गर्न नेपाल सधैँ सकि्रय रहेको छ । यसअघि हामीले कोपनहेगन सम्मेलनको पूर्वसन्ध्यामा जलवायु परिवर्तनका बारेमा विश्वको ध्यानाकर्षण गर्नका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर कालापत्थरमा ४ डिसेम्वर २००९ मा मन्त्रिपरिषद्को बै क आयोजना गरेको घटनाले पनि विश्वको ध्यानाकर्षण गरेको थियो । हाम्रो वातावरणीय समस्या र चुनौती प्राकृतिक र मानव-सिर्जित गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । बहुसङ्ख्यक समस्याहरु बन क्षेत्रको विनाससँग गाँसिएकाले बनको व्यवस्थापनमा विशेष जोड दिनु थप आवश्यक भएको छ । यस दिवसका अवसरमा स्थान विशेषको हावापानी सुहाउँदो बृक्षारोपण गरी ती बृक्षहरुको स्याहार-सम्भार गर्न सकिएमा वातावरणमा अनकुल प्रभाव पार्न प्रजातीय संरक्षणमा योगदान दिन तथा हरितगृह ग्याँस सोस्ने भण्डारको बृद्धि गर्न सकिनेछ र कार्बन ब्यापारको सम्भावना बढ्नेछ । अतः यसरी वृक्षुरोपण गर्दा त्यसबाट प्राप्त गर्न सकिने आर्थिक लाभ र सामाजिक उपयोगिताको पक्षलाई पनि ध्यान दिनुपर्छ । यसर्थ बहुउद्देश्यीय लाभलाई समेत ध्यान दिई बृक्षारोपण गर्ने काममा निजी तथा गैरसरकारी संस्थालाई पनि थप पहल गर्न म आह्वान गर्दछु । आजको दिनले वातावरण संरक्षणको आवश्यकता महत्व र उपादेयताका बारेमा जनचेतना अभिबृद्धि गर्न एवम् वातावरण-मैत्री कार्यहरु वर्षभरी नै कार्यान्वयन गर्न उत्प्रेरणा दिनॆ आशा लिएको छु । वातावरण संरक्षणको क्षँेत्रमा योगदान दिने बिभिन्न व्यक्तित्वहरुलाई हामीले भर्खरै पुरस्कृत गरेका छौं । म पुरस्कृत हुनुहुने तपाईंहरु सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । साथै वातावरण संरक्षणका क्षेत्रमा तपाईंहरुको प्रयास अझ सशक्तताका साथ अगाडि बढ्ने अपेक्षा पनि गर्दछु । वातावरण व्यवस्थापनबाट हुने फाइदाका बारेमा जनताको ज्ञान र सीपमा बृद्धि गर्न सकिँदैन तबसम्म वातावरण संरक्षणप्रतिको हाम्रो सजगता अपूर्ण हुने मैले ानेको छु । भौगोलिक सीमा नचिन्ने साझा वातावरणीय समस्याको निरुपण हामी सबैको साझा प्रयासबाट मात्रै सम्भव छ । यसमा सरकार निजी क्षेत्र गैरसरकारी सङ्घ-संस्था तथा नागरिक समाजको प्रयास अत्यावश्यक भएको छ । हामीले वातावरण व्यवस्थापनबाट लाभ लिनका लागि यसलाई राजनीतिभन्दा माथिबाट सम्बोधन गर्नुपर्ने बेला आएको छ । विश्व वातावरण दिवस मनाइरहँदा वातावरणको दीगो व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि हामीले तीनवटा आयाममा ध्यान दिनुपर्दछ भन्ने मलाई लाग्दछः पहिलो- वातावरणको बहुराष्ट्रिय आयाम । ूला र धनी राष्ट्रले पारेको वातावरणीय प्रभावको शिकार गरिब समुदाय हुने भएकोले उनीहरुले साना विकासशील र बढी जोखिममा परेका मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउन र यस्तो सहयोग पाउनु हाम्रो अधिकार हो भन्ने स्थापित गर्न हामीले अन्तर्राष्ट्रिय माचहरुमा सकि्रय भूमिका खेल्नु पर्दछ । दोस्रो- राम्रो आन्तरिक व्यवस्थापन । आफ्नै भूगोलभित्र पनि प्राकृतिक स्रोतको पहुँच वितरण र उपयोगलाई न्यायोचित बनाउन नसकेमा धनी र गरिब बीचको खाडल बढ्नेछ र समुदायगत द्वन्द्व चर्किनेछ । सङ्घीय संरचनामा जाँदा प्राकृतिक साधनको दीगो र साझा उपयोगबाट सबैलाई समृद्ध बनाउने अवधारणा अवलम्वन गर्न पनि हाम्रो ध्यान जान जरुरी छ । त्यसैले प्राकृतिक स्रोत र वातावरणीय लाभको वितरणमा हामीले हाम्रा संस्थालाई धारिलो बनाई राख्नुपर्दछ । तेस्रो- शिक्षाको विस्तार । वातावरण-मैत्री चेतना शिक्षा र व्यवहार बाल्यकालदेखि सिकाउन सके हाम्रो नयाँ पुस्ता स्वतः वातावरण-मैत्री र सचेत हुनेछ । त्यस्तो पुस्ताले मात्र सुन्दर र सुरक्षित भविष्य निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्नेछ । वातावरणीय ह्रासबाट हुने असर र यसको संरक्षणबाट हुने फाइदाका बारेमा स्थानीय सरकार निजी क्षेत्र गैरसरकारी सङ्घ-संस्था नागरिक समाज जस्ता सरोकारवालाहरुको सहयोग व्यापक हुँदै जाने आशा गर्दै यस दिवसको पूर्ण सफलताको कामना गर्दछु । साथै यस समारोहमा वातावरण पुरस्कारबाट पुरस्कृत हुने र नेपालको विकास प्रयासमा वातावरण व्यवस्थापन तथा जलवायु परिवर्तनलाई मूल प्रवाहीकरण गर्न उल्लेखनीय योगदान पुर् याएवापत कदर-पत्र प्राप्त गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई म फेरि पनि हार्दिक बधाई दिन चाहन्छु । विश्व वातावरण दिवसका अवसरमा वातावरण संरक्षणका सन्दर्भमा आज म पुन ः निम्न कुरामा जोड दिन चाहन्छु । १। देशका प्रत्येक गाउँ र नगरका प्रत्येक वडामा कम्तीमा एउटा सुन्दर हरियाली क्षेत्र र पार्क वा बगैंचाको अनिवार्य व्यवस्था गर्ने तथा प्रत्येक ूला नगरमा ूलो राम्रो सुन्दर आकर्षक पार्कको व्यवस्था गर्ने कामलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्दछ । २। हरेक सरकारी अर्ध सरकारी एवम् सामुदायिक भवन परीसरमा सघन वृक्षारोपण र सुन्दर बगैंचाको व्यवस्था गर्नुपर्छ । ३। राजमार्ग िलंक रोड सडकनहर, नदीका दुवै किनारमा बाक्लो वृक्षारोपण गर्ने अभियान चलाउनु पर्छ । ४। नदीबाट उकास भएको र पर्ति जग्गामा वृक्षारोपण र हरीयाली विकास गर्नुपर्छ । ५। प्रत्येक घर कम्पाउण्डमा रुख एवम् विरुवा रोपी हरियालीपनलाई व्यापक विस्तार गरी टोल-टोललाई सुन्दरता प्रदान गर्नुपर्दछ । ६। प्रत्येक व्यक्ति- युवा विद्यार्थी सामाजिक संघ-संस्थाले हरेक वर्ष अनिवार्य रुपमा वृक्षारोपणलाई अभियानको रुपमा संचालन गर्नुपर्दछ । ७। सरकारी आवास हाउजिङ परीसर कलकारखाना र ूला होटलको कम्पाउण्डभित्र तथा पर्खाल वरीपरी बाक्लो रुख रोप्नु पर्छ । अन्त्यमा नेपालको विकास जलवायु परिवर्तन तथा वातावरणीय चुनौतीलाई सम्बोधन गर्न सहयोग पुर् याउने मित्र राष्ट्र तथा दातृ संस्थाहरुलाई हार्दिक धन्यवाद दिन दिँदै विदा हुन चाहन्छु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री तथा वातावरण संरक्षण परिषद् एवम् जलवायु परिवर्तन परिषद्का अध्यक्ष माधवकुमार नेपालले विश्व वातावरण दिवस- २०१० का अवसरमा आयोजित कार्यक्रम २०६७ जे २२ तदनुसार २०१० जुन ५ कमलादी का माडौँ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्