Madhav Kumar Nepal

गणतन्त्र दिवस

सम्माननीय राष्ट्रपतिज्यू सम्माननीय उपराष्ट्रपतिज्यू सम्माननीय प्रधानन्यायाधीशज्यू सम्माननीय संविधानसभाका अध्यक्षज्यू दाजुभाइ तथा दिदीबहिनीहरु नेपालको इतिहासमा आजको दिनको विशिष्ट महत्व रहेको छ । हामीले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गरेको सबभन्दा ूलो उपलब्धिलाई संस्थागत गरेको दिन हो आज । दुई वर्षअघि आजकै दिन हामीले सामन्ती राजतन्त्रलाई सधैँका लागि समाप्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेका थियौँ । यो एउटा कुनै सामान्य घटना नभएर एउटा युगलाई अर्को युगमा लैजाने युगान्तकारी घटना थियो । त्यसैले आधुनिक नेपालको इतिहासमा आजको दिन सर्वाधिक गौरवशाली र ऐतिहासिक रुपमा अङ्कित रहेको छ । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको शान्तिपूर्ण सङ्घर्षमा जीवन बलिदान गर्नुहुने वीर-वीरङ्गानाहरुप्रति हार्दिक श्रद्धााजली अर्पण गर्दै उहाँहरुका परिवारजनहरुप्रति सम्मान व्यक्त गर्दछु । ती आदरणीय सहिदहरुको त्याग बलिदान र साहस हाम्रा लागि सधैँ मार्गदर्शक भइरहनेछ । साथै यसक्रममा अङ्गभङ्ग भई कष्टकर जीवन व्यतीत गर्न बाध्य योद्धाहरुप्रति पनि सम्मान प्रकट गर्दछु । आजको यस घडीमा तपाईंहरुका अधुरा सपनालाई पूरा गर्नका लागि राज्यका तर्फबाट पुनः एकपटक प्रण दोहोर् याउन चाहन्छु । जनता सर्वाधिक शक्तिशाली छन् जनता नै इतिहासका निर्माता हुन् । यो भनाइ कुनै इतिहासका पानाहरुमा पढिने वाक्य मात्र होइन केही समय पहिले नेपाली जनताले व्यवहारमा उतारेर देखाइदिएको खुला यथार्थ हो । जनता स्वतन्त्र छन् सार्वभौमसत्तासम्पन्न छन् । संसारमा कुनै पनि व्यवस्था जनताको सहमति र समर्थनबिना चल्न सम्भव छैन । नेपालमा पनि यही कुरा पुष्टि भएको छ । ऐतिहासिक जनआन्दोलनमार्फत जनताले गरेको फैसलालाई दुई वर्षअघि आजकै दिन हामीले कार्यान्वयन गरेका थियौँ । जनतासँग निहुँ खोज्दा दुनियाँका कुनै पनि निरङ्कुश शासकहरुले कस्तो नियति भोग्नुपर्दछ भन्ने उदाहरण नेपाली जनताले देखाएका थिए । राजनीतिक दलहरुबीचको एकता सहमति र सहकार्यका आधारमा हामीले ऐतिहासिक जनआन्दोलन सफल बनाएका थियौँ । आन्दोलनले निर्दिष्ट गरेको हाम्रो यात्राको पहिलो घुम्ती ११ वैशाख २०६३ को दिन थियो जुन दिन हामी लोकतन्त्र बहाली गर्न सफल भएका थियौँ । त्यसै गरी दोस्रो घुम्ती २८ चैत २०६४ को दिन थियो जुन दिन हामीले संविधानसभाको निर्वाचन सम्पन्न गरेका थियौँ भने तेस्रो घुम्ती १५ जे २०६५ को दिन थियो जुन दिन हामीले नेपालबाट सामन्ती शाही राजतन्त्रलाई सधैँका लागि समाप्त पारेका थियौँ र अब जनताले चौथो घुम्तीको प्रतीक्षा गरिरहेका छन् जुन दिन नेपालमा सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण हुनेछ । कुनै पनि बहाना र तर्कका आधारमा राजनीतिक दलहरुबीच बेमेल र विभाजन भयो भने हामी हाम्रो यस कार्यभारलाई पूरा गर्न सक्दैनौँ । यसर्थ मेरो विनम्र आग्रह छ- आउनुहोस् सहमतिको यात्रामा हातेमालो गरौँ सहकार्यका लागि पाइलामा पाइला मिलाऔँ र एकताका लागि काँधमा काँध थापौँ । राजनीतिक परिवर्तनबाट मात्र जनताका अपेक्षा र आकाङ्क्षाहरुको पूर्ति गर्न सकिँदैन । अग्रगामी राजनीतिक परिवर्तन अनुकूलको अग्रगामी सामाजिक-आर्थिक परिवर्तन पनि त्यत्तिकै जरुरी छ । जब हामी नयाँ संविधान निर्माण गरी राजनीतिक स्थिरता सुनिश्चित गर्दछौँ तब मुलुकमा आर्थिक समृद्धिको ढोका खुल्छ । राजनीतिक स्थिरताको अभावमा हाम्रा सबै क्षेत्रहरु प्रभावित भइरहेका छन् । राजनीतिक सङ्क्रमणकाल भएका कारण मुलुकका अन्य क्षेत्र पनि सङ्क्रमणकालीन अवस्थाबाट गुजि्ररहेका छन् । त्यसैले छिटोभन्दा छिटो हामीले संविधान निर्माण गरिसक्नुपर्दछ र सङ्क्रमणकालीन अवस्थालाई अन्त्य गर्नुपर्दछ । आज गणतन्त्र दिवसका अवसरमा देशबासीहरुका सामु उभिएर बोल्दा मैले संविधान निर्माणमा भएको विलम्बका बारेमा बोल्नैपर्दछ । हामीले जनताका सामु दुई वर्षभित्र संविधान निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ । यस हिसावले हेर्दा आज गणतन्त्र दिवसका यस अवसरमा तपाई्रहरुका सामु उभिँदा मैले गणतन्त्र नेपालको संविधानसहित उपस्थित हुन सक्नुपर्दथ्यो । तर तपाईंहरुलाई थाहा छ- मुलुकमा त्यस्तो स्थिति रहेन । राजनीतिक दलहरुका बीचमा विमतिहरु देखा परे मनमुटावहरु देखा परे । फलस्वरुप सहमतिको यात्रामा अवरोध उत्पन्न भयो । त्यसका लागि म अहिले कसैलाई दोष दिन चाहन्न । तर आजको दिनमा एउटा कुरा छातीमा हात राखेर हामीले स्मरण गर्नैपर्दछ- संविधानसभाको निर्वाचनमा कसैलाई जिताएको र कसैलाई हराएको रुपमा जसरी चित्रण गरियो सहमतिको यात्रामा अवरोध त्यही विन्दुबाट आरम्भ भएको हो । विजयको उन्मादले आफ्नै सहयात्रीहरुलाई अपमान गर्न बाँकी राखिएन सहमतिको राजनीतिलाई किनारा लगाइयो । त्यसैको परिणाम हामीले दुई वर्षसम्म भोग्नुपरेको यथार्थलाई नस्वीकारी फेरि पनि हामी सहमतिको यात्रामा अघि बढ्न सक्दैनौँ । जनताको शान्ति र नयाँ संविधानको चाहनालाई साकार पार्न हामी पुनः एक ाउँमा उभिएका छौँ र हामीले हिजो मात्रै व्यवस्थापिका-संसद्बाट संविधानसभाको समयावधि एक वर्ष बढाएका छौँ । अनेकौँ विमति र बेमेलहरुलाई पन्छाउँदै हामीले हिजो ऐतिहासिक निर्णय गरेका छौँ । विगतका कमी-कमजोरीबाट पा सिक्दै थप अवधिलाई सही रुपमा सदुपयोग गर्नुपर्दछ र सहमतिका आधारमा अघि बढेर हामीले मुलुकलाई निर्धारित गन्तव्यमा पुर् याउनैपर्दछ । जननिर्वाचित संविधानसभाबाटै संविधान निर्माण गर्ने जनताको चाहनालाई मूर्त रुप दिन हिजोको दिनले हामीलाई निर्देशित गर्नेछ भन्ने मलाई विश्वास छ । मैले बारम्बार सहमति र सहकार्यको राजनीतिमा जोड दिँदै आएको छु । विगतमा बाह्र बुँदे समझदारी गर्दा पनि हाम्राबीचमा थुप्रै असहमतिका बुँदाहरु थिए । विस्तृत शान्ति सम्झौता गर्दा पनि हामीबीच मतान्तरहरु थिए । अन्तरिम संविधान निर्माण गर्दा पनि हाम्राबीचमा विमतिहरु थिए । तर हामी निर्दिष्ट लक्ष्यका लागि आफ्ना मतहरुलाई स्थगन गरेर भए पनि सहमतिको साझा यात्रामा अघि बढ्न सहमत भएका थियौँ । त्यसैको परिणामस्वरुप संविधानसभाको निर्वाचन सम्भव भएको थियो लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको थियो । तर विडम्बना † अहिले हामीले हाम्रो निर्दिष्ट लक्ष्य- नयाँ संविधान निर्माणमा समुचित ध्यान दिन सकिरहेका छैनौँ जसका कारण सहमतिभन्दा असहमतिका बुँदाहरु धेरै हुन थालेका छन् । त्यसैले म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु- असहमतिका कुराहरु धेरै नकोट्याऔँ सहमतिका कुरा गरौँ विगतका कुरा धेरै नकोट्याऔँ आगतका कुरा गरौँ । शान्तिको मूल्यमा हामीले अहिलेसम्मका सबै कामहरु गर्दै आएका हौँ । नयाँ संविधानको निर्माण पनि जनताको दिगो शान्ति र परिवर्तनको आकाङ्क्षालाई सधैँका लागि सुनिश्चित गर्नका लागि हो । त्यसैले नयाँ संविधान निर्माण गर्नका लागि सबभन्दा पहिला शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउनुपर्दछ । यसैगरी लोकतन्त्रलाई सुदृढ गर्नका लागि लोकतन्त्रका आधारभूत मूल्य-मान्यताप्रति पूर्ण रुपमा इमान्दारीका साथ प्रतिबद्ध हुनैपर्दछ । सबैले आफ्ना आचरण र व्यवहारलाई लोकतान्त्रिक संस्कृति र संस्कार अनुरुप ढाल्नैपर्दछ । लोकतन्त्रमा सबै दलहरु बराबर हुन्छन् सबै नागरिक बराबर हुन्छन् । लोकतन्त्रमा अरुको सम्मान र इज्जत गर्ने संस्कारलाई स्थापित गर्नैपर्दछ । सबैको स्वाभिमानको यथोचित कदर गर्नैपर्दछ । लोकतन्त्रमा डर त्रास भय र आतङ्कका भरमा होइन नीति सिद्धान्त तर्क र तथ्यका आधारमा राजनीति गर्नुपर्दछ । अनि मात्र हामी लोकतन्त्रलाई बलियो बनाउन सक्छौँ र जनमुखी लोकतन्त्रले असमानता भेदभाव शोषण र उत्पीडनलाई समाप्त पारी सामाजिक न्याय र समृद्धि हासिल गर्न सक्छ । अन्त्यमा ऐतिहासिक जनआन्दोलनका क्रममा जनताले गरेको एउटा अ ोटलाई म दोहोर् याउन चाहन्छु- पटक-पटक यस्तो लडाइँ लडिरहन नपरोस् । त्यसका लागि हामीले दुई वर्षको कलिलो लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्दछ । सबैसँग यही आग्रह गर्दै तपाईंहरु सबैलाई पुनः हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री तथा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रका दिवसका अवसरमा आयोजित मूल समारोह २०६७ जे १५ सैनिक माच टुँडिखेल का माडौँ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्