Madhav Kumar Nepal

नेपाल प्रज्ञा प्रतिष्� ानको सभामा सम्बोधन गर्नुभएको मन्तव्य

उद्घाटन समारोह एवम् प्राज्ञासभाका अध्यक्ष कुलपति वैरागी काइँला
प्राज्ञसभाका सदस्यहरु
उपस्थित महानुभावहरु
सर्वप्रथम नेपाल प्रज्ञा प्रतिष् ानको २४ औँ प्राज्ञसभाको समुद्घाटन समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट व्यक्तित्व एवम् प्राज्ञहरुप्रति नेपाल प्रज्ञा प्रतिष् ानको प्रमुख संरक्षकका हैसियतले म हार्दिक अभिवादन गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
हालको नेपाल प्रज्ञा प्रतिष् ान वि।सं।२०१३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम जनस्तरबाट ग ित काव्य प्रतिष् ानको मूल मर्मलाई बोकी २०१४ सालमा सरकारबाट स्थापित नेपाल एकेडेमी हुँदै क्रमशः रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा प्रतिष् ानको रुपमा रुपान्तरित प्रतिष् ानको उत्तराधिकार प्राप्त प्राज्ञिक संस्था हो । २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको सफलताबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्राज्ञिक जगत्सँगको विस्तृत छलफल अन्तर्त्रिुया र सुझावका आधारमा साविकको नेपाल राजकीय प्रज्ञा प्रतिष् ानलाई युगानुकूल रुपान्तरण गर्दै ललित कला र सङ्गीत-नाट्य विधाका लागि छुट्टै प्रज्ञा प्रतिष् ानहरु ग न गरी नेपाल प्रज्ञा प्रतिष् ान ऐन- २०६४ जारी गरी ज्ञान-विज्ञानका विशेष विधा भाषा साहित्य संस्कृति दर्शनशास्त्र र सामाजिक शास्त्रसम्बन्धी विशेष अध्ययन-अनुसन्धान गर्ने उत्तरदायित्वका साथ यो नेपाल प्रज्ञा प्रतिष् ानको ग न गरिएको तपाईंहरुलाई अवगत नै छ । नयाँ उत्तरदायित्वका साथ वाङ्मयका सबै विधासँग सम्बन्धित प्राज्ञिक कार्य सम्पादन गर्ने गरी ग न भएको हालको प्रज्ञा प्रतिष् ानको पहिलो प्राज्ञसभामा आज हामी उपस्थित भएका छौँ । यस सुखद् अवसरमा नेपाल प्रज्ञा प्रतिष् ानको प्रमुख संरक्षकका हैसियतले प्रतिष् ानको उत्तरोत्तर प्रगति एवम् सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्राज्ञसभा नेपाल प्रज्ञा प्रतिष् ानको नीति निर्माण र कार्यक्रम तर्जुमा गर्ने सर्वोच्च निकाय हो । त्यसैले यस सभाले लिने निर्णय र तर्जुमा गर्ने नीति तथा कार्यक्रमहरुले नेपाल प्रज्ञा प्रतिष् ानका कि्रयाकलापमा दीर्घकालीन प्रभाव पार्नेछन् । त्यसकारण बदलिँदो परिस्थितिमा नेपालको भौगोलिक भाषिक सांस्कृतिक धार्मिक एवम् जातीय विविधताको विशिष्टतालाई ख्याल गरी नेपालका सबै भाषा तिनका साहित्य संस्कृति दर्शनशास्त्र र सामाजिकशास्त्रलाई समेटी सबैको समुचित विकास हुने गरी यथोचित नीति र कार्यक्रम बनाई लागू गर्दा मात्र यो प्रतिष् ान सबै नेपालीहरुको साझा प्रतिष् ान बन्न सक्नेछ । नेपाल प्रज्ञा प्रतिष् ानका सम्पूर्ण पदाधिकारी एवम् प्राज्ञसभाका सदस्यहरुले मुलुकको उपयुक्त विशिष्टताको पहिचान गरी प्रतिष् ानको आगामी नीति र कार्यक्रमहरु बनाउन सक्षम हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
निश्चय पनि राजनीतिक रुपान्तरणका क्रममा विगतका केही वर्ष नेतृत्वविहीन रहेको प्रज्ञा प्रतिष् ानमा सम्पन्न भएका विविध कार्यक्रमहरुलाई वैधता प्रदान गर्ने दायित्व पनि यही प्राज्ञसभाको रहेको छ । त्यसका साथै अधुरा कार्ययोजनालाई पूर्णता दिँदै मुलुकको प्राज्ञिक जगत्लाई माथि उ ाउन तपाईंहरु लागिपर्नु हुनेछ । नयाँ ऐन बमोजिम प्रज्ञा प्रतिष् ान साचालन गर्न समयानुकूल नियम-विनियम बनाई पारित गर्दै मुलुकको अग्रगामी रुपान्तरणलाई सुहाउने नीति र कार्यक्रम बनाउन यो प्राज्ञसभा सफल हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।
प्राज्ञ भनेका परिपक्व वुद्धि क्षमता विवेक र सीपयुक्त विशिष्ट अध्ययनबाट आर्जन गरेका विशेष ज्ञान भएका विद्वान् हुन् । यस्ता विद्वान्हरुले नेतृत्व गरेको नेपाल प्रज्ञा प्रतिष् ानमा आवद्ध तप्ँँईंहरुजस्ता व्यक्तित्वहरुले मुलुकको अहिलेको सङ्क्रमणकालीन अवस्थालाई अग्रगामी दिशातिर उन्मुख गराउन सक्षम हुन सक्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु ।
तपाईंहरुलाई विदितै छ- सरकार विद्यमान द्वन्द्वलाई सधैँका लागि समाप्त पार्नका लागि सबै पक्षबाट अनुमोदित शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याई मुलुकलाई अग्रगामी निकास दिन प्रयत्नशील छ । साथै सदियौँदेखिको मुलुकको सामन्ती संरचनालाई विस्थापित गरी सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान बनाउने कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न पनि हामी प्रयत्नशील छौँ । तर हाम्रा यी प्रयत्नले मुलुकका कि्रयाशील राजनीतिक शक्तिबीच अपेक्षित सहमति कायम हुन नसक्दा गति लिन सकिरहेको छैन । यस अवस्थामा मुलुकका जल्दाबल्दा समस्याहरुमा सबै शक्तिहरुबीच आमसहमति कायम गर्न÷गराउन प्राज्ञिक जगत्का अगुवाहरुको पनि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका रहने कुरामा म विश्वस्त छु । म आशा गर्दछु- प्राज्ञहरुका सुविचारित निर्णय र निष्कर्षहरुले मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछ ।
अहिले संविधासभाको बारेमा प्रश्नहरु उ िरहेका छन् । म आग्रह गर्न चाहन्छु- यसलाई बार्गेनिङको विषय नबनऔँ । किनभने हामीले संविधानसभाको म्याद बढाएर नयाँ संविधान बनाउनुको विकल्प छैन । त्यसैले यस विषयमा कसैले पनि सौदाबाजी गर्नुहुँदैन भन्ने मलाई लाग्छ ।
अन्त्यमा नेपाल प्रज्ञा प्रतिष् ान ऐन- २०६४ अन्तर्गत ग न भएको नेपाल प्रज्ञा प्रतिष् ानको यो पहिलो प्राज्ञसभा मुलुकका सबै जाति क्षेत्र र विधाका प्राज्ञहरुलाई समेटी राज्यका लागि उपयुक्त प्राज्ञिक नीति र कार्यक्रम बनाउन सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै यो प्राज्ञसभाको समुद्घाटन गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकहरुलाई फेरि एक पटक धन्यवाद दिँदै आफ्नो मन्तव्य यही टुङ्ग्याउँछु ।
धन्यवाद
सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष् ानका प्रमुख संरक्षक माधवकुमार नेपालले नेपाल प्रज्ञा प्रतिष् ानको २४औँ प्राज्ञसभाको समुद्घाटन समारोह २०६७ जे १२ प्रज्ञा हल कमलादी का माडौँ मा दिनुभएको मन्तव्य

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्