Madhav Kumar Nepal

साँखु महोत्सव उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापतिज्यू, बिभिन्न राजनीतिक पार्टीका नेताहरु, महोत्सव आयोजक समतिका पदाधिकारीहरु, उपस्थित सम्पूर्ण आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, आज साँखुले पहिचानको खोजि गर्दै आफूलाई स्थापित गर्न चाहिरहेको छ । ३ हजार ३ सय वर्ष पुरानो इतिहास बोकेको यस स्थानले पुरानो इतिहासका गाथाहरुलाई उजागर गर्न चाहिरहेको छ । मलाई लाग्दछ, तपाईंहरुको यो इतिहास गौरवशाली इतिहास हो । हामी नेपालको इतिहासको बारेमा चर्चा गर्दा २ सय ४० वर्षको राजतन्त्र ढाल्यौं, त्यसयताको असमानता र भेदभाव अन्त्य गर्ने ऐतिहासिक कार्य सम्पन्न गर्‍यौं भन्छौं । तर हामी इतिहासको त्यसभ्ान्दा पनि अघिको पाना पल्टाउन चाहँदैनौं । हामी २ हजार वर्ष पुरानो सामन्तवादलाई अन्त्य गरेको चर्चा गर्दैनौं । नेपालीहरुको वीरताको गाथालाई, आफ्नो समाजलाई व्यबस्थित बनाउनका लागि सामाजिक जीवनलाई सुन्दर र समृद्ध बनाउनका लागि चालेका प्रयासहरुलाई हामी उच्च मूल्यांकन गर्दै, प्रशंसा गर्दै अगाडि बढाउने काम गर्दैनौं । नेपालको इतिहासको चर्चा गर्दा किरात सम्वत भनेर कतिपयले चर्चा गर्ने गरेको ५ हजार वर्षको त्यो पुरानो इतिहासका बारेमा हामीलाई जानकारी पनि छैन । संसारका अरु देशहरुमा त्यस्तो हुँदैन । कोरियनहरुसँग भेटघाट गर्दा उनीहरुले ४ हजार वर्ष आफ्नो पुरानो इतिहासको, त्यतिबेलाको पुरानो संस्कृतिको र सभ्यताको चर्चा गर्छन् । तर हामी भने इतिहासका ती पुराना पानाहरुलाई पल्टाएर हेर्न चाहँदैनौं, प्रचार-प्रसार गर्दैनौं । हाम्रा छोरा-नातीहरुलाई त्यस बारेमा शिक्षादीक्षा दिँदैनौं । इतिहासको एउटा कालखण्डमा संस्कृति र सभ्यताको केन्द्रका रुपमा रहेको नेपाल र यहाँका बिभिन्न स्थानहरुको हामी कहिल्यै पनि गौरवका साथ चर्चा गर्दैनौं । हामीकहाँ नै रामपिथेकस देखा परेका हुन् । दशौं लाख वर्ष पुरानो इतिहासको त्यो पाना वुटवल र दाङ नजिकका घाँटीहरुमा देखा परेका थियो । रामपिथेकसका बिभिन्न अवशेषहरु, र पाईलाका डोवहरु अझै प्रमाणका रुपमा रहे पनि हामी चर्चा गर्दैनौं । साँच्चै भन्ने हो भने हाम्रो देश नेपाल गौरवशाली इतिहास बोकेको देश हो । यो देशका बासिन्दाले, नागरिकहरुले आफ्नो इतिहासप्रति गौरवबोध गर्नुपर्छ । हाम्रा पुर्खाहरुले हामीलाई ती सबै ऐतिहासिक धरोहरहरु हाम्रो जिम्मामा सुम्पिएर गएका छन् । अहिले मैले सुनें- यहाँका साथीहरुको जोडदार माग के छ भने साँखु, बज्रयोगिनी, सालिनदी जस्ता धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई विश्व सम्पदाका रुपमा संरक्षण किन नगर्ने ?, विश्व सम्पदामा सूचिकृत गर्न नेपाल सरकारले प्रयास किन अगाडि नबढाउने ? तपाईंहरुका यी मागहरु अत्यन्तै जायज छन् । त्यस्तै तपाईंहरुले साँखु क्षेत्रलाई पयर्टकीय क्षेत्रका रुपमा अगाडि बढाउन पनि माग गर्नुभएको छ । तपाईंहरुका यी दुवै माग जायज छन् । पयर्टन मन्त्रालयमा तपाईंहरु प्रक्रिया अगाडि बढाउनुहोस्, त्यस सन्दर्भमा सम्भव सहयोग गर्नका लागि म तयार छु र सरकार पनि तयार छ । हाम्रो इतिहास आपसी सद्भाव, एकता र मेलमिलापको छ । जुनसुकै धर्मका, जातीका र भौगलिक क्षेत्रका जनताहरु किन नहुन्, ती सबै आपसमा मिलेर बस्ने हाम्रो इतिहास रहेको छ । त्यसकारण आपसी सद्भाव वृद्धि गर्नका लागि यस्ता महोत्सवले ूलो भूमिका खेल्दछ । तपाईंहरुले पहिलो पटक साँखु महोत्सव-२०६६ को आयोजना गरिरहनुभएको छ । यो महोत्सवले इतिहासका ती पानाहरुलाई फेरि तपाईं-हामीसामू जीबन्त बनाएको छ । विगतका हाम्रा जीवनका बिभिन्न पक्षहरुलाई उजागर गरेको छ । यसरी हाम्रो सभ्यता र संस्कृतिका सबै पक्षलाई हामीले उजागर गर्न सक्यौं र हाम्रा विद्यार्थी भाइबहिनीहरुलाई पनि यसबारेमा प्रशिक्षित गर्न सक्यौं भने इतिहासको धरोहर उनीहरुलाई सुम्पिन सकिन्छ । उनीहरुले त्यसलाई अगाडि बढाएर लैजान सक्दछन् । यस अर्थमा साँखुको भूमिकाको बारेमा मैले धेरै चर्चा गरिरहनुपर्ने आवश्यकता छैन । मैले पढेँ- स्रोङचङ गम्फोको भृकुटीसँग विवहा भएको ाउँ पनि यहीँ हो । वास्तबमा बज्रयोगिनी क्षेत्रलाई त्यस रुपमा यहाँ प्रस्तुत पनि गरिएको छ । इतिहासका पानामा ती सबै पक्ष्ाहरु रहेका छन् त्यसलाई अझै अगाडि बढाउनुहोस्, खोजबिन गर्नुहोस्, पूष्टि गर्ने आधार प्रस्तुत गर्नुहोस् ।' यो अत्यन्तै महत्वपूर्ण विषय पनि हो । परापूर्व कालमा भोट जाने बाटो यहीँ साँखु थियो भन्ने पनि हामी सबैले मानेका र सुनेका हौं । त्यसैले जब पछि कोदारी राजमार्ग र अरनीको राजमार्ग निर्माण भयो त्यसपछि भोट जाने बाटो अर्कै हुनपुग्यो । त्यस्ाबेला साँखु एउटा ब्यापारिक केन्द्रका रुपमा पनि रहेको थियो । तिब्बतसँगको ब्यापारको एउटा महत्वपूर्ण नाकाको रुपमा, महत्वपूर्ण थलोको रुपमा वरिपरीको डाँडामा अवस्थित यो उपत्यकामा साँखु बजार अत्यन्तै रमाईलो बजारको रुपमा रहेको थियो । यी सबै हिसाबले तपाईंहरुले साँखुको महत्वलाई उजागर गर्नुपर्दछ । यी सबै सन्दर्भमा तपाईं साँखुवासीहरु ग्ाौरवशाली हुनुहुन्छ, तपाईंहरुले आफूलाई गौरवशाली सम्भिmरहनुभएको छ । नेपालको इतिहाससँग साँखुको इतिहास घनिष्टताका साथ जोडिएको छ । तपाईंहरुले चर्चा गर्नुभएको छ, का माडौं उपत्यका जलमग्न भएको बेला यही ाउँबाट मञ्जुश्रीले चोभार डाँडाबाट पानी निकाली बसोबास सुरु गरेको इतिहास पनि साँखुसँग जोडिएको छ । यी धेरै इतिहासका पानाहरु र पाटाहरु साँखुसँग जोडिएका छन् । त्यसकारण पयर्टन प्रर्वद्धनको हिसाबले यो क्षेत्रको निक्कै ूलो महत्व छ । स्वस्थानी कथा अनुसार व्रत लिने चलन पनि छ । स्वस्थानी कथाको प्रवचन सुन्नेहरुले साली नदीको चर्चा गर्ने गर्दछन् । साली नदीमा नुहाउँदा पूण्य लाभ हुने गर्दछ भन्ने चर्चा सुनिन्छ । यी सबै हिसाबले यस क्षेत्रको संरक्षण र सम्र्वद्धन गर्न जरुरी छ । यस्ता शहर नेपालमा खोज्ने हो भने मलाई लाग्दछ, बिरलै पाइन्छ । नौ वटा ढोका भएको र आ टोल भएका यो शहरको आफ्नै विशेषता छ । त्यसकारण तपाईंहरुले महोत्सव मनाउने जुन कार्य गर्नुभएको छ, यसलाई निरन्तरता दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । महोत्सवले स्थानीय ब्यापार-व्यबसाय प्रर्बद्धनका लागि भूमिका खेल्दछ, आपसी अन्र्तक्रियाका लागि थलो प्रदान गर्दछ, प्रेम र सद््भाव वृद्धि गर्नका लागि मद्दत पुर्‍याउँछ र गौरवशाली इतिहासलाई तरल ताजा गर्नका लागि पनि सहयोग पुर्‍याउँछ । यी सबै हिसाबबाट यो महोत्सव अत्यन्तै महत्वपूर्ण अवसरका रुपमा रहेको छ भन्ने मैले ानेको छु । अन्त्यमा, साँखुको गरिमालाई उजागर गर्न सरकारले विकास निर्माणलाई ध्यान दिओस् भन्ने तपाईंहरुले जुन चाहना राख्दै आउनुभएको छ, यस सम्बन्धमा पनि सरकारको ध्यान गएको छ । यही बाटो भएर कोदारी राजमार्ग र अरनीको राजमार्गको जिरो किलोमिटरसम्म जोड्ने अर्को एउटा बाटो निर्माण गर्न सकियो भने का माडौंबाट कोदारी पुग्ने बाटो छोटिनेछ । त्यसपछि साँखु महत्वपूर्ण स्थलका रुपमा विकास हुनसक्ने देखिन्छ । त्यसैले साँखु क्षेत्रका जनताको सुुःख र समृद्धि होस्, तपाईंहरुले इतिहासलाई बचाई राख्नुभएको छ, आफ्नो संस्कृति र सभ्यतालाई अगाडि बढाउने जमर्को गर्नुभएको छ । यी सबै कार्यहरुमा तपाईंहरुलाई सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै म आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद, नमस्कार, -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले २०६६, चैत २० गते साँखु महोत्सव उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभ्ाएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्