Madhav Kumar Nepal

ध’लिखेलमा योगपी उद्घाटन कार्यक्रममा व्यक्त गनर्’भएको मन्तव्य

योगऋषि स्वामी रामदेवजी महाराज, आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी, उपस्थित महानुभावहहरु, सर्वप्रथम म स्वामी रामदेवजीलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु । उहाँले हाम्रो मुलुकमा योग शिक्षा प्रबर्द्धनका लागि यति धेरै महत्व दिनुभएको छ । आज यहाँ उद्घाटित योगग्रामबाट पक्कै पनि यस क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरु निकै लाभान्वित हुनुहुनेछ । स्वस्थ नागरिकबिना कुनै पनि मुलुक स्वस्थ रहन सक्दैन । जनस्वास्थ्यका क्षेत्रमा ध्यान दिनु सरकारको पनि कर्तव्य हुन्छ । यसका साथै, हिजोसम्म पूजापा , मन्दिर र मन्त्रहरुमा मात्र सीमित रहेको धर्मलाई यति परोपकारी काममा लगाउनमा स्वामी रामदेवले जुन योगदान गर्नुभएको छ, यसका लागि म नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद दिन चाहन्छु । अहिले पतञ्जली योगपी लाई विस्तार गर्ने क्रममा तपाईंहरुले नेपाललाई रोज्नुभएकोमा मलाई धेरै खुसी लागेको छ । यहाँ १ सय ४० रोपनी जमिनमा निर्माण हुने यस योगग्रामबाट यस क्षेत्रमा स्वास्थ्य चेतना फैलिने मात्र होइन, नैतिक शिक्षा र राष्ट्रभक्तिको भावनासमेत विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु । व्यक्तिको जीवनमा सबैभन्दा ूलो सम्पत्ति भनेकै नैतिक शिक्षा हो । नैतिक शिक्षाको अभावमा कुनै पनि व्यक्ति योग्य र सफल हुन सक्दैन । योगका साथसाथै रामदेव स्वामीले प्रदान गर्ने नैतिक शिक्षाको झन् ूलो महत्व छ । दैनिक एक हजार जनाले योगाभ्यास गर्न सक्ने क्षमतासहित निर्माण हुन लागेको यस संरचनाबाट हामीले अधिकतम लाभ हासिल गर्न सकौँ भन्ने म कामना गर्दछु । का माडौँको मन्डिखाटारमा तपाईंहरुले पतञ्जली योगपी को शाखा निर्माण गर्न सुरु गर्नुभएको छ । त्यति मात्र होइन, स्याङ्जा, लमजुङ, जनकपुर, धनगढी, दाङ र चितवनमा पनि यसका शाखाहरु विस्तार गर्ने तपाईंहरुको योजनाका लागि म अगि्रम शुभकामना र बधाई दिन चाहन्छु । 'योग गरौँ, निरोगी रहौँ' र 'स्वस्थ नेपाल, स्वस्थ विश्व' भन्ने नाराका साथ चैत १४ देखि का माडौँको खुलामञ्चमा योग शिविर सञ्चालन भइरहेको छ । त्यसबाट अवश्य पनि धेरै मानिसहरु लाभान्वित हुनुभएको छ । यसले नेपालमा योगको प्रचार, प्रसार र प्रबर्द्धनका क्षेत्रमा निकै ूलो भूमिका निर्वाह गर्नेछ भन्ने मैले अपेक्षा गरेको छु । मलाई खुसी लागेको छ- स्वामी रामदेवजीको ध्यान नेपालतर्फ आकषिर्त भएको छ । उहाँले यसअघि पनि का माडौँमा योग शिविर चलाउनुभएको थियो । अब नेपालमै पतञ्जली योगपी को शाखा विस्तार गर्ने र त्यसमार्फत नेपालका जडिबुटीहरूको उपयोग गरी हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको सेवा गर्ने उहाँले जुन योजना बनाउनुभएको छ, यसका लागि म विशेष खुसी प्रकट गर्दछु । अझ नेपालका विभिन्न क्षेत्रमा यसलाई विस्तार गर्ने पनि उहाँहरूको योजना रहेको छ । यस कार्यमा सरकारका तर्फबाट पनि तपाईंहरूलाई आवश्यक सहयोग हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु । हाम्रो मुलुक प्राकृतिक रुपमा निकै धनी छ । यहाँ रहेका प्राकृतिक सम्पदाहरूलाई हामीले राम्ररी उपयोग गर्न सक्ने हो भने हामी सम्पन्न बन्न सक्छौँ । जडिबुटीहरूको पहिचान र प्रशोधन राम्ररी गर्न सक्दा धेरै रोगहरूको सजिलै उपचार गर्न सकिने औषधी खोज्न अन्यत्र जानु पर्दैन । यस कार्यमा यस्ता अभियानहरूले सहयोग पुर्‍याउँछन् भन्नेमा म आशावादी छु । योग भनेको वास्तवमा शारीरिक अभ्यास तथा मन र चित्तको केन्द्रीकरण हो । हामीले आफ्ना शरीरका निस्त्रिmय रहेका अङ्गहरूलाई सक्रिय बनाएर त्यस सक्रियताबाट आफ्नो शरीरलाई स्वस्थ राख्ने माध्यममा रुपमा योगलाई बुझेका छौँ । तर, यो बुझाइ मात्र पर्याप्त छैन । मन र चित्तको संकेन्द्रीकरण गर्दै मनको शुद्धतामा योगले जोड दिन्छ । शारीरिक स्वस्थता र मानसिक स्वस्थताको योग नै योग हो । आफूले आफूलाई स्वस्थ राख्ने सबभन्दा सरल तरिका योग हो । खानपानमा मात्रै नियन्त्रण गर्ने हो भने पनि धेरै रोग आफैँ टाढा भाग्छन् । दैनिक योगाभ्यासबाट आफूलाई आफैँ स्वस्थ राख्ने काममा तपाईंहरुले अल्छी गर्नुहुने छैन भन्ने मलाई विश्वास छ । अन्त्यमा, यस पवित्र कार्यका लागि स्वामी रामदेव र बालकृष्णजीलाई पुनः धन्यवाद दिँदै आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद, -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली योगपी को योगग्राम शिलान्यास कार्यक्रम -२०६६ चैत १८, धुलिखेल, काभ्रे) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्