Madhav Kumar Nepal

नेपाल च्याम्बर अफ कमर्सको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका अध्यक्ष नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायत उद्योग-व्यवासायी मित्रहरू, उपस्थित महानुभावहरू ! विक्रम सम्बत् २००९ सालमा स्थापित नेपालको सबभन्दा पुरानो र चेम्बर अभियानको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सको ५७ औँ साधारणसभाका अवसरमा सर्वप्रथम म तपाईंहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । मुलुकको वर्तमान अवस्थाका बारेमा तपाईंहरू अनभिज्ञ हुनुहुन्न । मुलुक अहिले सङ्क्रमणकालबाट गुजि्ररहेको छ । त्यसैले यसका असरहरूबाट कुनै पनि क्षेत्र मुक्त हुन सकिरहेको छैन । उद्योग-व्यवसाय पनि त्यसको मारमा परिरहेको कुरा पनि त्यत्तिकै प्रस्ट छ । जुन मुलुकमा राजनीतिक स्थायित्व हुँदैन, त्यस मुलुकका सबै क्षेत्रहरूले भोग्नुपर्ने समस्याहरू यस्तै हुन्छन् । वर्तमान सरकार आफ्नो क्षमताले भ्याएसम्म मुलुकलाई अगाडि बढाउने दिशामा पूर्ण रूपमा क्रियाशील रहने व्यहोरा अवगत गराउन चाहन्छु । निःसन्देश शान्ति-सुरक्षा कुनै पनि मुलुकको पहिलो र अनिवार्य सर्त हो । किनभने, शान्ति-सुरक्षाको अभावमा उद्योग-व्यवसाय मात्र होइन, कुनै पनि क्षेत्र चल्न सक्दैन । उद्योगी-व्यापारी मित्रहरूले मलाई भेट्दा पनि पटक-पटक यही कुरा उ ाउने गर्नुभएको छ । यस विषयमा सरकार अत्यन्तै संवेदनशील छ । यही समस्यालाई ध्यानमा राखेर वर्तमान सरकारले आफ्नो जिम्मेवारी सम्हालेपछि शान्ति-सुरक्षा सुदृढ बनाउने अग्रसरता लिएर विशेष सुरक्षा योजना अघि बढाएको कुरा तपाईंहरूलाई विदितै छ । त्यस अभियानपछि मुलुकको सुरक्षा स्थितिमा कपत मात्रामा सुधार आउन सक्यो/सकेन ? तपाईंहरुले मूल्यांकन गर्नुभएको होला । विगतमा राजमार्ग छ-सात दिनसम्म रागमार्ग अवरुद्ध भएको कुरा अहिले हामीले बिर्सिसकेका छौँ । लोग्ने-स्वास्नीको झगडामा राजमार्ग बन्द हुने गर्दथे । विगत सरकारका पालामा कस्तो स्थिति थियो र अहिले कस्तो छ ? मस्जिद सुरक्षित थिएनन्, गिर्जाघर सुरक्षित थिएनन, बस अड्डा सुरक्षित थिएनन्, गल्ली सुरक्षित थिएनन् । के अहिले त्यस्तो छ ? पूर्वाञ्चल गएको बेला मैले त्यहाँका सुरक्षा अधिकारीहरुलाई सोधेँ- त्यहाँको सुरक्षा अवस्थाका बारेमा । खुल्ला रुपमा प्रेसमा सामु भन्नुपर्दछ र गल्ती छ भने त्यहीँ खण्डन हुन्छ । अर्थात् मलाई तथ्यमा चाहिन्छ । तथ्यहरुले सुरक्षास्थितिमा सुधार आएको बताइरहेका छन् । यति भनेर मैले शान्ति-सुरक्षाको स्थिति ीक छ भनेर सन्तुष्टी व्यक्त गर्न खोजेको होइन । मैले गृहमन्त्रीलाई भनेँ- कुनै प्रहरी भ्रष्ट छ भने कारवाही गर्नूस् । एकपटकमा पाँच सय/एक हजार प्रहरी घर जान्छन् भने पनि निकाल्नूस् । यहाँ त्यस्ता मानिसहरुलाई कसैले न कसैले संरक्षण गरिरहेको छ । भ्रष्ट, चरित्रहीन र भ्रष्टाचारीहरुसँग साँ गाँ गर्नेहरुलाई 'क्लिन्चिङ' नगरी भएको छैन । म त्यस्तालाई कारवाही गर्न तयार छु । तपाईंहरुलाई मेरो आग्रह छ- सुरक्षास्थितिमा जति सुधार आएको छ, त्यसको चर्चा गर्नुहोस् । तर, तपाईंंहरु त्यस्तो गर्नुहुन्न, खाली नकारँत्मक कुरा मात्रै गर्नुहुन्छ । सार्वजनिक रुपमा बन्द-हडताल नगर्ने प्रतिबद्धता व्यक्त गरिन्छ । तर, तिनै दलहरुले बन्दलाई प्रोत्साहित गरिरहेका छन् । खोई त तपाईंहरुले तिनीहरुको आलोचना गरेको ? तपाईं त्यस्ताको नाम पनि किन किटानी गर्नुहुन्न ? पछिल्ला केही दिनमा चर्चामा आउने गरी भएका एक/दुईवटा हत्याकाण्डहरूले उद्योगी-व्यवसायीहरूमा असुरक्षाको भावना बढेकोप्रति सरकार संवेदनशील छ । विगतमा राजधानीबाटै दिनदहाडै अपहरण हुने, हप्ता दिनसम्म राजमार्ग बन्द हुने, खुलेआम रूपमा फिरौती असुल गर्ने जस्ता क्रियाकलापहरू भएको तपाईं-हामी सबैलाई सम्झना नै छ । अहिले तिनलाई नियन्त्रण गरिएको छ । उद्योग-कलकारखानमा बन्द-हडताल कम भएको छ । प्रहरी परिचालन गरेर भए पनि राजमार्ग तुरुन्तै खुलाउने गरिएको छ । राजधानीमा बम विस्फोट गराउने गिरोहका नाइकेहरूलाई समातिएको छ । आपराधिक समूहका नाइकेहरूलाई कानुनको क घरामा ल्याइएको छ । तर, पक्कै पनि यति मात्रै पर्याप्त छैन । म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु- सरकारले जति गरेको छ, त्यसका लागि हौसला बढाउनुहोस्, स्यावासी दिनुहोस् अनि हुन नसकेका काम गर्नका लागि सुझाव दिनुहोस्, आलोचन गर्नूस् । हामी शालीनताका साथ ग्रहण गर्न तयार छौँ, सुधार गर्न तयार छौँ । औद्योगीकरणबिना मुलुकको विकास सम्भव छैन भन्ने कुरामा कुनै दुईमत छैन । राजनीतिक तहमा निकै ूला र युगान्तकारी परिवर्तनहरू गर्न सफल भए पनि आर्थिक रूपान्तरणका लागि हामीले अहिलेसम्म ूला कदमहरू चाल्न सकेका छैनौँ । अब त्यो बेला आउन लागेको छ । ऐतिहासिक जनआन्दोलनबाट राजनीतिक परिवर्तनको एक चक्र पूरा भइसकेपछि अब यसलाई संस्थागत गर्दै हामी आर्थिक विकासमा केन्दि्रत हुन अति आवश्यक भइसकेको छ । मलाई आशा एवम् विश्वास छ- दलहरूका बीचमा सहमति र सहकार्य हुनेछ र निर्धारित मितिमा शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याई नयाँ संविधान निर्माण गर्न हामी समर्थ हुनेछौँ । अहिले दलहरुका बीचमा अन्तरक्रिया बढिरहेको छ । गिरिजाप्रसाद कोइरालाको अवसानपछिको परिस्थितिका बारेमा छलफल हुँदैछ । माओवादीले गिरिजाप्रसाद कोइरालालाई अभिभावक भन्दै उहाँका सपनाहरु पूरा गर्ने बताइरहेको छ । गिरिजाप्रसाद कोइरालाले माओवादी सेनाका तीन हजार लडाकुहरुलाई सुरक्षा निकायमा समायोजन गर्ने भन्नुभएको थियो । आफूलाई गिरिजाप्रसाद कोइरालाका सच्चा उत्तराधिकारी भन्ने माओवादीले उहाँको सपना कत्तिको पूरा गर्छन्, अब हेर्नुछ । विद्यमान औद्योगिक अवस्थामा सुधार गर्नका लागि केही समस्याहरू देखा परेका छन् । एकातिर हामीले उत्पादन बढाउने कुरा गरिरहँदा अर्कातिर लोडसेडिङको मार खेपिरहनुपरेको छ । लोडसेडिङ घटाउनका लागि विभिन्न सङ्घ-संस्थाहरूबाट सरकारमाथि दवाव पनि परिरहेको छ । र, म पनि अचम्मित हुन्छु- वर्षौंदेखि त्यही कुरा उ िरहन्छ तर किन गम्भीरताका साथ काम हुँदैन ? हामी कुन चक्रव्युहमा फँसेका छौँ ? किन हामीले तत्कालीन रुपमा भए पनि समस्या समाधान गर्न सकिरहेका छैनौँ ? तपाईंहरुको जस्तै मेरो दिमागमा पनि त्यही कुरा छ । सबै समस्या वर्तमान सरकारको पालामा मात्र उब्जेका पनि होइन । यहाँ त विगतमा समस्याहरुका 'क्यारी अन' र निरन्तरता मात्रै भइरहेको छ । यसमा परिवर्तन गर्नुपर्दछ । यदि हामीले यति काम गर्न सक्यौँ भने आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ, आर्थिक पलायनलाई रोक्न सकिन्छ । अहिले पनि जलविद्युत् आयोजनाहरू सञ्चालनमा अवरोध पुर्‍याउने, छनोट भएर काम सुरु गरिरहेका कम्पनीहरूलाई कार्यक्षेत्रबाट लखेट्ने जस्ता अनेक अवरोधहरू सिर्जना गरिएको छ । यसले अहिले मात्र होइन, भोलि पनि मुलुकलाई अन्धकारमै राखिराख्नेबाहेक कहीँ कसैलाई फाइदा गर्दैन । नेपालमा भएको जलविद्युत्को अपार सम्भावनालाई मूर्त रूप दिनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई सदैव स्वागत गर्ने नेपाल सरकारको नीति रहेको कुरा म यहाँ उल्लेख गर्न चाहन्छु । उद्योग, व्यापार-यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन र उद्योग-व्यवसायको प्रतिस्पर्धी क्षमता बढाउन सरकारले केही नीतिगत र प्रक्रियागत निर्णय लिन गइरहेको छ । उद्योग-व्यवसाय तथा व्यवसायीको सुरक्षालाई विषेश प्राथमिकता दिँदै सरकारले छिट्टै सशस्त्र प्रहरी बलको थप जनशक्तिमध्ये केहीलाई औद्योगिक सुरक्षामा खटाउने गरी निर्णय गर्ने तयारी गरिरहेको छ । नयाँ औद्योगिक नीति र सुचना तथा प्रविधि नीति मन्त्रिपरिषद्ले छिटै सार्वजनिक गर्दैछ । धेरै लामो समयदेखि व्यवसायीहरूले मागेको छुट्टै लगानी बोर्ड ग नबारे छिट्टै टुङ्गो लगाउन गइरहेका छौँ । मौदि्रक नीति र बैङ्किङ्ग क्षेत्रमा देखिएको तरलताको अभाव तथा ब्याजदरमा देखिएको केही उतार-चढावलाई कम गर्नका लागि नेपाल राष्ट्र बैङ्कले छिट्टै प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्नेमा सरकार आशावादी छ । हस्तकलाका वस्तुहरूको प्रबर्द्धनमा हस्तकलाग्राम र क्याडमियम परीक्षण गर्ने प्रयोगशाला नेपालमै स्थापना गर्ने कार्यमा उद्यमी-व्यवसायीसँग छलफल भइरहेको छ । फलस्वरूप क्याडमियम परीक्षण गर्ने प्रयोगशाला छिट्टै स्थापना हुनेछ भने हस्तकलाग्राम निर्माण कार्यमा निजी क्षेत्रलाइ सघाउन सरकार तयार छ । लामो समयदेखि विभिन्न कारणले गर्दा अगाडि बढ्न नसकेको सूचना प्रविधि विकास परियोजनाले हालै आप\mनो काम थालेको छ । यस परियोजनाको सफल कार्यान्वयनबाट सुशासन प्रबर्द्धनमा सघाउ पुग्नुका साथै सरकारी सेवामा सरल पहुँच हुने अपेक्षा गरिएको छ । सूचना प्रबिधि, पर्यटन र कृषि क्षेत्रको विकासबाट देशको समग्र आर्थिक उन्नति एवम् विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा सरकार विश्वस्त छ । गरिबी घटाउने तथा रोजगारीका नयाँ अवसर जुटाउने खालका क्रियाकलापमा आगामी बजेटले विशेष ध्यान दिनेछ । सामाजिक पूर्वाधारको विकासमा सरकारको विशेष ध्यान जानेछ । व्यावसायिक वातावरण तयार गर्नु सरकारको अर्को प्राथमिकता हो । अहिले भर्खरै तपाईंहरूले यहाँ राख्नुभएका समस्याहरू तपाइर्ंहरूका मात्र समस्या होइनन् । यी त हामी सबैका साझा समस्या हुन् । त्यसैले यी समस्याहरूप्रति सरकार गम्भीर छ । र, समाधानका लागि तपाईं-हामी सबैको सहकार्य र हातेमालो जरुरी छ । अन्त्यमा, निजी क्षेत्रका समस्या, व्यावसायिक सुरक्षा र औद्योगिक प्रबर्द्धनका लागि ोस नीतिहरू तय गर्न तपाईंहरूको यो साधारणसभा सफल होस् भन्ने कामना गर्न चाहन्छु । साथै, तपाईंहरुले उ ाएका समस्यामा बारेमा सम्बन्धित मन्त्रालय/निकायहरु संवेदनशील भएनन् भन्ने कुराप्रति मेरो ध्यान गएको छ । म सम्बन्धित मन्त्री, सचिवलगायतका पदाधिकारीलाई यसबारे ध्यान दिन र तपाईंहरुसँग छलफल गरी अघि बढ्न ध्यानाकर्षण गराउने छु । धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल च्याम्बर अफ कमर्सको ५७ औँ वाषिर्क साधारणसभाको उद्घाटन -२०६६ चैत १५ गते, होटल याक एन्ड यति, का माडौँ) मा व्यक्त गर्नुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्