Madhav Kumar Nepal

नारायणहिटी राजदरबार

सम्माननीय प्रधानन्यायाधीशज्यू सम्माननीय संविधानसभाका अध्यक्षज्यू म्ााननीय मन्त्रीहरु महामहिम राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरु नेपाल सरकारका सचिवहरु पर्यटन व्यवसायी मित्रहरु दातृ निकायका प्रतिनिधिहरु पत्रकार साथीहरु † जलवायु परिवर्तनका बहुआयमिक असरहरुमध्ये हिमालयहरुमा पर्ने प्रभावका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन हामीले गत २०६६ मङ्सिर १९ गते सगरमाथाको आधार शिविर कालापत्थरमा ५ हजार २ सय ४२ मिटरको उचाइँमा मन्त्रिपरिषद्को ऐतिहासिक बै क सम्पन्न गरेको कुरा तपाईंहरुलाई थाहै छ । आज हामी त्यो बै क तथा विश्व पर्वतीय दिवसका अवसरमा आयोजित ुहिमालय बचाऔँु अभियानमा सहयोग पुर् याउने दातृ निकाय सङ्घ-सस्था तथा महानुभावहरुलाई सम्मान गर्ने अवसरमा यहाँ भेला भएका छौँ । नेपाल सरकारका तर्फबाट सम्भवतः यस रुपमा पहिलो पटक आयोजित यस समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै नेपाललाई विश्वसामु चिनाउन सकि्रय सहयोग गर्नुहुने सम्पूर्ण सङ्घ-संस्था र महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो अभियान सफल पार्न विशेष पहल गर्नुहुने माननीय वन तथा भूसंरक्षणमन्त्री दीपक बोहरा वातावरमन्त्रीलगायत सम्पूर्ण सरकारी टोलीलाई पनि धन्यवाद दिन चाहन्छु । सन् १८७१ मा अमेरिकाको एलो स्टोन राष्ट्रिय निकुाज स्थापना भएपछि आधुनिक प्रकृति संरक्षणको विधिवत् सुरुआत भएको मानिन्छ । नेपालमा भने त्यसको १ सय १ वर्षपछि सन् १९७२ मा राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षण ऐन निर्माण भएपछि मात्रै यस कार्यको विधिवत् सुरुआत भएको हो । त्यसयता हामीले लगातार रुपमा वातावरण जैविक विविधता र प्रकृति संरक्षणका क्षेत्रमा आफ्ना प्रयासहरुलाई तीब्र रुपमा अघि बढाउँदै आएका छौँ । मन्त्रिपरिषद्को कालापत्थर बै क वातावरण संरक्षणप्रति हाम्रो मुलुकको राष्ट्रिय अ ोटको परिणाम थियो जसले जलवायु परिवर्तनका नकारात्मक असरहरुका बारेमा विश्वलाई सचेत बनाउन हिमशृङ्खलाहरुको मुलुकबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हामीले त्यहाँ जारी गरेको १० बुँदे घोषणा वास्तवमा नेपालको प्रकृति संरक्षणका क्षेत्रमा वर्तमान कोशेढुङ्गा मात्र होइन भविष्यको आधारशीलाका रुपमा समेत रहनेछ भन्ने नेपाल सरकारले विश्वास लिएको छ । डेनमार्कको राजधानी कोपनहेगनमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व शिखर सम्मेलनको पूर्वसन्ध्यामा हामीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा उक्त बै क आयोजना गरेका थियौँ । त्यस घटनालाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा ूलो महत्वका साथ लिइएको थियो । त्यसयता हामीले गरेका विभिन्न विदेश भ्रमणहरुका बेला पनि कालापत्थर बै कका बारेमा चर्चा-परिचर्चाहरु हुने गरेका छन् । खासगरी पर्वतीय शृङखला भएका देशहरुको यसमा बढी ध्यान गएको छ । किनभने हाम्रा जस्ता मुलुकहरुले जलवायु परिवर्तनमा खासै नकारात्मक योगदान गर्दैनन् वा नगण्य रुपमा मात्र गर्दछन् । तर जलवायु परिवर्तनका असरहरु भने विकसित र औद्योगीकरण भएका मुलुकहरुले झै हामीले पनि झन्डै-झन्डै समान रुपमा भोग्नुपर्ने हुन्छ । हिमशृङ्खलाहरु निरन्तर रुपमा पग्लिँदै जानु हिमतालहरुको आयतन अस्वाभाविक रुपमा बढ्दै जानु अतिवृष्टि÷अनावृष्टि जस्ता प्राकृतिक प्रकोपहरु बढ्दै जानु जस्ता समस्याले हामी त्यत्तिकै आक्रान्त हुँदै गइरहेका छौँ । यस अर्थमा हामीले गरेको त्यो पहल अति कम विकसित मुलुकहरुका तर्फबाट सम्पन्न÷विकसित देशहरुलाई झक्झक्याउने एउटा सतत् प्रयत्न थियो । म तपाईंहरुलाई स्मरण गराउन चाहन्छु- हाम्रो त्यस बै कको प्रमुख उद्देश्य जलवायु परिवर्तनका कारण हिमालयहरुमा परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि संसारभर जनचेतना प्रवाह गर्नु थियो । किनभने हिमालयको विश्व पारिस्थितिक प्रणालीमा महत्वपूर्ण स्थान छ । यो हिमालय शृङ्खला एसियाका नौवटा प्रमुख नदी प्रणालीको प्रमुख स्रोत पनि हो । यो शृङ्खला पूर्वमा बर्मादेखि पश्चिममा अफगानिस्तानसम्म लगभग २ हजार ७ सय किलोमिटरसम्म फैलिएको छ । यसमा लगभग १ अर्ब ३२ करोड मानिस आश्रित छन् । यसले विश्व वायुमण्डलीय परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले जलवायु परिवर्तनले विश्व जलचक्रमा पनि नकारात्मक प्रभाव परेको छ । यसको अर्थ हुन्छ- जुन-जुन मुलुकहरु जलवायु परिवर्तनका कारण हिमालयहरुमा पर्ने समस्याबाट होइन समुद्रमा आउने नकारात्मक परिवर्तनबाट पीडित हुँदैछन् उनीहरुको समस्याको कारण पनि हिमालयसँग जोडिएको छ । मैले माथि पनि उल्लेख गरेँ- हाम्रो त्यस बै कले विश्वभरि प्रचार-प्रसार पाएको थियो । प्रतिष् ित साचारमाध्यमहरुले त्यस घटनालाई निकै महत्वका साथ प्रशारण÷प्रकाशन गरेका थिए । अहिले पनि इन्टरनेटमा हेर्दा पछिल्ला दिनमा नेपालको कुनै घटनाले धेरै महत्व पाएको छ भने त्यो त्यही बै क हो भन्ने सजिलै थाहा पाउन सकिन्छ । यसबाट नेपाललाई विश्वका सामु चिनाउन मद्दत मिल्नुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाले फेरि एकपटक संसारभरि चम्किने मौका पाएको छ जुन हाम्रा लागि पर्यटकीय महत्वका हिसावले पनि उपलब्धिको कुरा हो । कोपनहेगनको बेला सेन्टरमा संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुन विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिक बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका व्यक्तित्वहरुले कालापत्थर बै कको प्रसङ्गका साथ कुराकानीको सुरुआत गर्नुले पनि विश्वका प्रमुख राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको ध्यान यसतर्फ आकर्षित भएको रहेछ भन्ने बुझ्न थप सजिलो भएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । डिसेम्बर ११ मा विश्व पर्वतीय दिवसको अवसर पारेर हामीले जलवायु परिवर्तनसम्बन्धी विश्व शिखर सम्मेलनस्थल डेनमार्कमै विशेष कार्यक्रम आयोजना गरेका थियौँ । विश्व प्रख्यात पर्वतारोही तथा पर्वतप्रेमी सामुदायसित हातेमालो गरी राष्ट्रिय झन्डा बोकेर ुहिमालय बचाऔँु भन्ने नाराका साथ हामीले जुलुश प्रदर्शन गरेका थियौँ । यस कार्यबाट प्रवासमा रहेका नेपालीहरुको मात्र नभई सम्पूर्ण नेपालीको मन गदगद भएको थियो । यस अभियानले हिमालय बचाउने अभियानमा विश्व समुदायको ध्यान तानेको मात्र नभई त्यसले कार्यगत एकताका लागि समेत आह्वान गरेको थियो । फलस्वरुप नेपालले पर्वतीय देशहरुको विश्वव्पापी सम्मेलन गर्ने अवसर सिर्जना भएको छ । अहिले अति कम विकसित मुलुकहरुको अध्यक्षता ग्रहण गर्ने अवसर पाइरहेको बेला हाम्रो मुलुकले यस विषयमा विश्वको ध्यान अझ बढी आकर्षित गर्नका लागि प्रयत्न गर्नेछ भन्ने मलाई विश्वास छ । आजको यस विशेष अवसरमा म कालापत्थरमा मन्त्रिपरिषद्को बै क सम्पन्न गर्न भूमिका निर्वाह गर्ने नेपाली सेना जनपथ तथा सशस्त्र प्रहरी जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु नेपाल पर्वतारोही सङ्घ नेपाल ट्राभल एन्ड ट्रेकिङ्ग एसोसियसन ट्राभल एन्ड टुर एसोसियसन अफ नेपाल ग्रीन भेन्चर नेपाल सगरमाथा आरोही सङ्घ युनियन अफ एसियन अल्पाइन एसोसियसन हिमालय उद्दार सङघ सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति स्थानीय जनसमुदाय नेपाल हवाई सेवा साचालक सङ्घ एभरेस्ट हार्डवयर नर्थ फेस ला भिल्ला शेर्पेनी होटल लुक्ला नेपाल टेलिभिजन पत्रकार बन्धुलगायत विभिन्न सङ्घ÷संस्था र महानुभावहरुलाई नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । साथै डेनमार्कमा आयोजित कार्यक्रम सम्पन्न गर्न सहयोग पुर् याउने राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल पर्वतारोही सङ्घ डेनमार्क सरकार डेनमार्कस्थित नेपाली राजदूतावास गैरआवासीय नेपाली सङ्घ- युरोपेली च्याप्टर डेनमार्कस्थित नेपाली समुदाय सगरमाथा आरोही सङ्घ युनियन अफ एसियन अल्पाइन एसोसियसन विश्वभरका विभिन्न सङ्घ-संस्था सबैलाई धन्यवाद दिन चाहन्छु । यी कार्यक्रमहरुले नेपाल र नेपालीलाई अझ उचाइँमा पुर् याएका छन् हाम्रो राष्ट्रिय स्वाभिमानलाई उच्च बनाएका छन् । नेपाल र नेपालीका लागि ऐतिहासिक महत्व राख्ने यी कार्यक्रमहरुप्रति विश्व समुदायले प्रदान गरेको सहयोग र समर्थनका लागि समेत हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले सगरमाथा आधार शिविर कालापत्थरमा आयोजित मन्त्रिपरिषद्को बै क तथा डेनमार्कमा सम्पन्न हिमालय बचाऔँ अभियानमा सहयोग पुर् याउने संघ÷संस्था र महानुभावहरुको सम्मानमा नेपाल सरकारद्वारा आयोजित समारोह २०६६ चैत ५ नारायणहिटी राजदरबार का माडौँ मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्