Madhav Kumar Nepal

बालुवाटारमा खेलाडीहरुको स्वागत समारोहमा व्यक्त गर्नुभएको मन्तव्य

माननीय मन्त्रीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, खेलाडी मित्रहरु Û प्रशिक्षक, व्यवस्थापक, चिकित्सक तथा अन्य खेल पदाधिकारीहरु, मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा भर्खरै सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग) मा भाग लिएर विभिन्न खेलमा पदक प्राप्त गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको इज्जत र प्रतिष् ा अभिबृद्धि गर्न सफल खेलाडीहरुलाई आज यसरी बधाई ज्ञापन गर्न पाउँदा मलाई ज्यादै खुसी लागेको छ । स्रोत, साधन, सुविधा र तालिमको अभावलगायतका तमाम प्रतिकुलताहरुका बाबजुद यस्तो सफलता प्राप्त गरी देशको इज्जत र प्रतिष् ालाई अन्तर्राष्ट्रिय जगत्मा उँचो बनाउन योगदान पुर्‍याउनुहुने तपाई सम्पूर्ण मिहिनेती खेलाडीहरुलाई म हृदयदेखि नै बधाई र धन्यवाद दिन चाहन्छु । साथै, ढाका पुगेर आफ्नो क्षमता प्रदर्शन गरेर फर्किने अन्य खेलाडीहरुलाई पनि म धन्यवाद दिन चाहन्छु । खेलाडीहरुको सफलतामा विभिन्न ढङ्गले सहयोग पुर्‍याउने प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । प्रतिकुल स्वास्थ्यका बाबजुद राष्ट्रिय कीर्तिमान मात्र होइन, दक्षिण एसियाली कीर्तिमान कायम गर्न सफल तेक्वान्दो खेलाडी दीपक विष्ट र लिफ्ट दुर्घटनामा परेर पनि पदक प्राप्त गर्न सफल जुडो खेलाडी देबु थापालाई विशेष बधाई दिन चाहन्छु । साथै, तपाईंहरुको साहस र समर्पणभावको उच्च प्रशंसा गर्न चाहन्छु । कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्टको ऐतिहासिक सफलताको कदर गर्दै उहाँलाई राज्यका तर्फबाट राष्ट्रिय सम्मानसहित नगद पुरस्कार प्रदान गर्ने र उहाँको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय सरकारले गरिसकेको छ । त्यसैगरी, अन्य घाइते खेलाडीहरुको उपचारका लागि आवश्यक खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ । यसका लागि प्रक्रिया अघि बढाउन र आवश्यक संयोजन गर्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुलाई निर्देशन दिइसकेको छु । त्यसैगरी, पूर्वघोषणा अनुसार, पदक विजेता खेलाडीहरुलाई राज्यका तर्फबाट नगद पुरस्कार प्रदान गर्नका लागि छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउन खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिइसकेको छु । नागरिकहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन, अनुशासन सिकाउन, नागरिकहरुका बीचमा हार्दिकता कायम गराउन, राष्ट्र र जनतालाई भावनात्मक रुपमा एकढिक्का बनाउन र देशलाई विश्वमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका हुने गर्दछ । त्यसैगरी खेलकुदले नागरिकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको रोजगारीको अवसर पनि प्रदान गर्दछ । खेलकुद आर्थिक विकास र पर्यटन प्रबर्द्धनको माध्यम पनि हुन सक्दछ । त्यति मात्र होइन, खेलकुदले विभिन्न देशहरुबीचको सम्बन्ध आरम्भ र विकास गर्न, विगि्रएको सम्बन्ध सुधार गर्न पनि सहयोग पुर्‍याउन सक्दछ । विभिन्न देशहरुका बीचमा अन्य विभिन्न कारणले विगि्रएको सम्बन्ध, अन्य तरिकाले सुधि्रन नसकेको अबस्थामा खेलकुदको माध्यमबाट सुधि्रएको देखिन्छ । यस्तो महत्व बोकेको खेलकुदको अवस्था हाम्रो देशमा सन्तोषजनक छैन । यसका अनेक कारण छन्, यस खुशीको अवसरमा त्यतातिर म जान चाहन्न, त्यस विषयमा समयक्रममा छलफल गर्दै जान सकिन्छ । म यहाँ आज यति भन्न चाहन्छु- विगतबाट पा सिकौँ, दुनियाँबाट पा सिकौँ, विगतका नराम्रो कुरा त्यागौँ र राम्रा कुरालाई जोगाएर अघि बढौँ । यसका लागि हामी सबैले आ-आफ्नो ाउँबाट लागि परौँ Û खेलाडीहरु राष्ट्रका सम्पति हुन् । उनीहरुको सम्मान, संरक्षण र प्रोत्साहन गर्नु राज्यको कर्तब्य हो । यसतर्फ आफ्नो बलबुताले भ्याएसम्म राज्यले ध्यान दिइरहेको छ र यस कार्यलाई भविष्यमा बढाउँदै लगिनेछ । अन्त्यमा, ११ औँ दक्षिण एशियाली खेलकुदमा पदक ल्याउन सफल खेलाडीहरुलाई पुनः बधाई दिन चाहन्छु । भविष्यमा पनि तपाईहरुको सफलताको यात्रा जारी रहोस्, दक्षिण एसियाली खेलकुदमा हासिल गरेको सफलतालाई कायम गर्दै आगामी दिनमा हुने एसियाली खेलकुद, युथ ओलम्पिक, ओलम्पिकलगायत विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा सफलता प्राप्त गर्न सफल हुनुहोस्, अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको झन्डा फहराउन सफल हुनुहोस् भन्ने शुभकामना दिन चाहन्छु । यसका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायत सम्बन्धित निकायलाई तदारुकताका साथ तयारीमा जुट्न पनि निर्देशन दिन चाहन्छु । धन्यवाद Û -सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक माधवकुमार नेपालले साग खेलका विजेता तथा सहभागी खेलाडीहरुको सम्मानमा आयोजितन रात्रिभोज -२०६६ फागुन २५, प्रम निवास, बालुवाटार, का माडौँ) मा दिनुभएको मन्तव्य)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्