Madhav Kumar Nepal

उदयपुरको बेलटारमा व्यक्त गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति कमरेड, मञ्चमा उपस्थित नेकपा-एमाले)का उपाध्यक्ष क. अशोक राई, केन्द्रीय सदस्य क. जगन्नाथ खतिवडा, पूर्व केन्द्रीय सदस्य क, सुरेश कार्की, माननीय सभासद दुर्गा परियार, पार्टीका जिल्ला अध्यक्ष, सदस्यहरु, सम्पूर्ण प्यारा कमरेडहरु, आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ! पूर्ववक्ता मित्रहरुले धेरै विषयमा तपाईंहरुका बीचमा आफ्ना कुराहरु राखिसक्नुभएको छ । मैले ती सबै विषयहरुका बारेमा धेरै चर्चा गर्नुपर्ने आवश्यक छैन । तपाईंहरु सबैलाई जानकारी नै छ, अहिले हाम्रो मुलुक द्वन्द्वको अबस्थाबाट शान्तितर्फ अगाडि बढिरहेको छ । हामी संक्रमणकालीन अबस्थाबाट गुजि्ररहेका छौं । यो अबस्था अत्यन्तै पीडादायी हुन्छ । द्वन्द्व पनि छ, शान्ति पनि चाहिएको छ । द्वन्द्वको अन्त्य गर्नुछ, शान्तिलाई सुदृढ बनाउनुपर्ने आवश्यकता छ । हामी चाहान्छौं- यो मुलुकमा दीगो शान्ति स्थापना होस् । शान्तिपूर्ण वातबरणमै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ । चीनलाई हेर्नुस, शान्तिपूर्ण परिवेषमै चीनले कहाँबाट कहाँसम्म प्रगति गरिसकेको छ । धेरै देशहरु अहिले विकासको नयाँ उचाईमा पुगेका छन् । ती देशहरुमा बेरोजगारीका समस्याहरु हल हुँदै गएका छन्, गरिवी निवारण भइरहेको छ । जनताको जीवन सुःखमय र समृद्धमय बन्दै गएको छ । राज्य संचालनको उद्देश्य जनतालाई शान्ति, सुःख र समृद्धी दिनु हो । सरकारको उद्देश्य पनि जनताको हित र कल्याण गर्नु हो । जुन सरकारले जनताको, राज्यको हित गर्न सक्दैन, त्यो सरकारको उपदेयता रहँदैन । त्यसले आफ्नो औचित्य पनि पूष्टि गर्न सक्दैन । अहिलेको सन्दर्भमा चर्चा गर्ने हो भने हामी तीनवटा मुख्य काम सम्पन्न गर्दै अगाडि बढ्न चाहिरहेका छौं । पहिलो, मुलुकको द्वन्द्वलाई सँधैका निम्ती अन्त्य गर्नुछ । अर्थात् शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउनु । यसको अर्थ माओवादीसँग हिजो भएका सहमति कार्यान्वयन गर्नु हो । त्यो सहमति के हो भने क्यान्टोनमेन्टमा रहेका माओवादीका लडाकुहरुलाई पुनस्र्थापना र व्यबस्थापन गर्नु हो । माओवादीका सेनाहरु अब क्यान्टोन्ामेन्टमा रहने छैनन्, माओवादी पार्टी हतियार, हिंसा र बन्दुगमा होइन जनतामा आश्रति भएर चल्नेछ । जनताको विश्वास जितेर राजनीति गर्नेछ । हिंसा र आतंकको सहारा अपनाउने छैन, जनतालाई सँधैभरी आतंकित बनाउने छैन । वाईसीएल संचालन गरेर क्यान्टोनमेन्टमा भएका लडाकुहरुको शक्ति देखाएर जनतामाथि शासन लाद्ने छैन । यसरी हामी माओवादी नागरिक पार्टीमा रुपान्तरण होस् भन्ने चाहन्छौं । माओवादीले राजनीतिलाई, जनतालाई केन्द्रमा राखोस् र जनताको चेतना, जागरणलाई केन्द्रबिन्दूमा राखेर अगाडि बढोस् । वास्तबमा हामीले सोचिरहेका छौं, माओवादीहरु सुधि्रउन्, उनीहरु रुपान्तरित होउन् । तर, हामीले चाहेजस्तो उनीहरु रुपान्तरित भइसकेका छैनन् । अहिले हामीले कालो झण्डा देख्यौं । मलाई पनि राम्रो लाग्यो । माओवादीहरु बन्दुगको बाटोबाट कालोझण्डाको बाटोमा आइरहेका छन् । म हेर्न्ा चाहन्छु, माओवादीले कालो झण्डा लिएर राजनीति गर्नु नपरोस्, रातो फुल लिएर सकरात्मक राजनीति गर्न सकोस् । सकारात्मक सोचका साथ राजनीति गरेको खण्डमा माओवादी जनताको निम्ती उपयोगी पार्टी हुनेछ । अहिले माओवादीले नकरात्मक राजनीति गरिरहेको छ । त्यस्तो पार्टीले राम्रो काम गर्नसक्छ भनेर विश्वास गर्न सकिन्न । त्यसकारण माओवादीका कार्यकर्ताहरुलाई म आव्ह्ान गर्न चाहान्छु- निषेधको बाटो छोड्नुस्, नकरात्मक बाटो त्याग्नुस्, बिरोधको राजनीति गर्ने बानी छोड्नुस्, अब मिलेर अगाडि बढ्ने, सहकार्य गरेर अगाडि बढ्नुस, मुलुकको साझा समस्या समाधान गर्ने प्रतिबद्धता सहित हातेमालो गर्दै अगाडि बढ्नुस । नेकपा-एमाले) र नेपालका अन्य राजनीतिक दलहरु एकता, सहमति र सहकार्यको पक्ष्ामा छन् । यसबाटै हामी मुलुकको समस्या समाधान गर्न सक्छौं । तपाईंलाई थाहा छ, हिजो शाही राजतन्त्रलाई हामीले मिलेरै उन्मूलन गर्‍यौं, गणतन्त्र स्थापना गर्‍यौं । अहिले हामी एकात्मक ढाँचाको शासन समाप्त पारी मुलुकलाई संघात्मक ढाँचाको शासनमा लैजान चाहिरहेका छौं । जनतालाई वास्तबमै सार्वभौम सम्पन्न बनाउन चाहिरहेका छौं । मुलुकको विकास गर्न चाहिरहेका छौं, पछौटेपन, गरिबी, अभाव र बेरोजगारीका समस्याबाट देशलाई मुक्त गर्न चाहिरहेका छौं । यस्तो अबस्थामा बिरोध र नकरात्मकताको राजनीति गर्ने होइन, सकरात्मक राजनीतिक सोच लिएर अगाडि बढ्नु आवश्यक छ । त्यसकारण म माओवादीका सम्पूर्ण नेताहरुलाई र कार्यकर्ताहरुलाई मुलुकको समस्या, आवश्यकता र जनताको चाहानालाई राम्ररी बुझ्न र मनन गर्न हार्दिक आग्रह गर्न चाहन्छु । त्यसकारण शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनकै लागि माओवादीका क्यान्टोनमेन्ट खाली गर्नुपर्छ । विगतका सहमति इम्ाान्दारिताका साथ पालना गर्नुपर्छ । त्यसकारण माओवादीले लडाकुको समायोजन, व्यबस्थापन र पुनस्र्थापनामा सकारात्मक भूमिका खेल्नुपर्छ । उनीहरुले देशका बिभिन्न भागमा जबरजस्ती अरुका सम्पत्ति कब्जा गरेका छन्, लुटेका छन् । ती सबै लुटिएका सम्पति फिर्ता गर्नुपर्छ । हिंसा र दवावको राजनीति होइन, जनतालाई आतंकित बनाउने राजनीति होइन, जनताको विश्वास जित्ने राजनीति गर्नुपर्छ । यी काम माओवादीले गरेको खण्डमा मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा सही निष्कर्षमा पुर्‍याउन सकिन्छ । दोस्रो, संविधान निर्माण गर्ने । यो काम हामीले जे १४ गतेभित्रै सम्पन्न गर्नुछ । त्यसभित्र सम्पन्न गर्न हामीसँग समय अत्यन्तै कम छ । ८० दिनभन्दा पनि कम समयमै हामीले यी सबै काम सम्पन्न गर्नुछ । हिजो संविधानसभाको निर्वाचन हुँदा हामीसँग दुई वर्षको समय बाँकी थियो । निर्वाचन भएको ६ महिनाभित्र माओवादीका लडाकुहरुलाई क्यान्टोनमेन्टबाट बाहिर निकाल्ने, समायोजन, पुनस्र्थापन र व्यबस्थापन गर्ने काम गरिसक्नुपथ्र्यो । बाँकी समयमा हामीले संविधान निर्माणका काम सम्पन्न गर्नुपथ्र्यो । तर, त्यसयता डेढ वर्ष समय बितिसक्यो, क्यान्टोन्मेन्ट खाली भएको छैन । संविधान बनाउने काममा अझै बाधा खडा भइरहेका छन् । पार्टीहरुका बीचमा कतिपय मुद्दामा अझै सहमति हुन सकेको छैन । अब हामीले ढिला नगरीकन संविधान निर्माण गर्ने सवालमा जुन्-जुन् विषयहरुमा सहमति जुट्न सकेको छैन, ती विषयहरुमा छलफल प्रारम्भ गर्नुपर्छ । शासकीय स्वरुप, राज्यको पुनर्संरचना, न्यायपालिका, असमावेशीताको सवालमा राजनीतिक दलका नेताहरुका बीचमा गहन छलफल आवश्यक छ र समयभित्रै संविधान निर्माण गर्नुपर्छ । जे १४ भित्र संविधान जारी गरिएन भने अर्को समस्या उत्पन्न हुनेछ । नयाँ जटिलतातर्फ देश जानसक्छ । अनिश्चितता र अनिश्चयको अबस्थाले कसैको पनि भलो गर्दैन । त्यसकारण आपसी अविश्वास समाप्त पारेर विश्वास र सहमतिका साथ अगाडि बढ्न जरुरी छ । त्यसकारण शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने यी दुई काम जे १४ गतेभित्रै सम्पन्न गर्ने काम गरेर देशलाई हामीले कसरी अगाडि बढाउन सक्छौं, विकास निर्माणका कामलाई कसरी गति प्रदान गर्न सक्छौं भन्ने जस्ता कुरामा ध्यान दिन जरुरी छ । अहिले बिभिन्न स्थानमा शान्ति-सुरक्षाका सन्दर्भमा प्रश्नहरु उ ेका छन् । आज मात्रै मैले पूर्वाञ्चलका क्षेत्रीय प्रशासक र प्रहरी प्रमुखसँग छलफल गरेको थिएँ । पूर्वाञ्चलको शान्ति-सुरक्ष्ााको अबस्था कस्तो छ ? भन्ने प्रश्न पनि गरेको थिएँ । त्यसक्रममा उहाँहरु दुवैले गत वर्षको तुलनामा शान्ति-सुरक्ष्ााको अबस्थामा धेरै सुधार भएको बताउनुभयो । राजमार्गहरुमा सँधै चक्काजाम, हड्ताल हुने गर्दैन । विगतमा हुने गरेका अपहरणका घटनाहरुमा धेरै कमी आएको छ । त्यस्तै अन्य आपराधिक क्रियाकलापहरुमा पनि धेरै कमी आएको छ भन्नुभयो । यसरी जनताले शान्ति-सुरक्षाको अनुभूति गरिरहेका छन् र बाँकी समस्या पनि हल गर्नका लागि उहाँहरु गम्भीरतापूर्वक योजना बनाएर अगाडि बढिरहनुभएको छ । जनताको सहयोग भयो भने शान्ति-सुरक्षामा पूर्ण रुपमा सुधार गर्न सकिन्छ, अमनचयनका साथ जनता बस्न सक्ने स्थिति सिर्जना गर्न सकिन्छ । अहिले सरकारले जनताको शान्ति-सुरक्षाप्रतिको चासोलाई गम्भीरतापूर्वक लिएको छ । हल गर्नका लागि लागि परेको पनि छ । त्यसैगरी मूल्यवृद्धिका समस्याहरु, बेरोजगारीका समस्याहरु र जिल्लाजिल्लामा जनताका विकासका चाहनाका समस्याहरुलाई पनि त्यतिकै महत्व दिएर हल गर्न चाहिरहेका छौं । उदयपुरको सन्दर्भमा पनि कमरेड अशोक राई लगायतका वक्ता कमरेडहरुले चर्चा गर्नुभएको छ । वास्तबमा उदयपुर जिल्लामा तीन-चारवटा कुराहरु तत्काल लागू हुनुपर्दछ भन्ने मान्यता मैले राखिरहेको छु । मैले उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसँग आफैं कुरा गरेर चतरामा पूल बनाउने, इटहरीबाट चतराहुँदै उदयपुरको गाईघाटबाट सिन्धुलीसम्म अर्को समानन्तर बाटो छिटोभन्दा छिटो निर्माण गर्ने विषयमा कुराकानी गरेको छु । सरकारको तर्फबाट यो काम सम्पन्न गर्न जोडदार रुपमा लागिरहेका छौं । दोस्रो, उदयपुरको गाईघाटबाट खोटाङसम्म र कटारीबाट ओखलढुंगासम्म पनि बाटो निर्माण गर्न सकिन्छ । यसरी उदयपुर जिल्लाका बाटाघाटा लगायतका समस्याहरु, सिँचाईका समस्याहरु, तटबन्धनका समस्याहरु, सुकुम्बासीका समस्याहरु, जग्गाको नापी भएर जनताले लालपूर्जा नपाएका जस्ता सबै समस्याहरुको सन्दर्भमा पनि हामीले अवश्य पनि ध्यान दिनेछौं । त्यस्तै तपाईंहरुले अन्य थुप्रै मागहरु पनि राख्नुभएको छ । ती सबै मागहरुका बारेमा हामीले छलफल गर्नेछौं र सम्भव भएसम्म पूरा गर्नका लागि सरकारको तर्फबाट प्रयत्न गरिनेछ । तपाईंहरुले यस ाउँमा बैंक स्थापनाको कुरा पनि उ ाउनुभएको छ । अवश्य पनि द्वन्द्व कालमा बिभिन्न बजारहरुबाट बैंकहरु हटाइएका थिए, ती सबै ाउँमा क्रमश ः बैंकहरु पुनस्र्थापना गर्ने नीति सरकारले लिएको छ । यस ाउँमा तपाईंहरुले बैंकको आवश्यकता अत्यन्तै महशुस गर्नुभएको छ । यसका निम्ती मेरो तर्फबाट प्रयास अगाडि बढाउनेछु । उपश्थित जनसमुदायहरु ! आज हामीले पुष्पलालको शालिक अनावरण गरेका छौं । तपाईंहरुलाई थाहा छ, उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको शीखर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपालका सबै लोकतान्त्रिक पार्टीहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले झुपडीमा बस्ने गरीव जनताहरुबीचको एकतालाई राष्ट्रिय एकताको आधार भन्नुभएको थियो । त्यस्ता व्यक्तित्वलाई सम्मान गर्दै आज हामीले उहाँको शालिक राखेका छौं । मलाई लाग्दछ, उहाँको शालिकले नयाँ पुस्तालाई प्रेरणा दिनेछ, जनतालाई अझ समर्पित भएर लाग्न उत्प्रेरित गर्नेछ । कमरेड पुष्पलालका बिचारहरुलाई आज हामीले आत्मसात गरेको हुनाले २०६२-६३ को जनआन्दोलन सफल बनायौं । उहाँको बिचारलाई आत्मसात गरेको हुनाले हामीले २०४६ सालको जनआन्दोलन पनि सफल बनाएका थियौं । त्यसकारण कमरेड पुष्पलालप्रति म हार्दिक सम्मानका साथ श्र्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । तपाईंहरुले जसरी पुष्पलालप्रति हार्दिक श्र्रद्धाञ्जली व्यक्त गर्नुभएको छ, त्यसका लागि पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । उहाँको सम्मानमा हामीले पुष्पलाल स्मृति प्रतिष् ान स्थापना गरेका छौं । म आफैं अहिलेसम्म प्रतिष् ानको अध्यक्ष्ा छु । स्वभाविक रुपमा पुष्पलालको शालिक स्थापना गर्नुभएको कुराले म अत्यन्तै खुसी भएको छु । कमरेड अशोक राई, सुरेश कार्की लगायतका यहाँका साथीहरुले जसरी नेताहरुको सम्मान गर्ने, नयाँ पुस्तालाई प्रेरणा दिने काम गर्नुभएको छ, त्यो अत्यन्तै सराहनीय रहेको छ । त्यसैगरी बेलटार बजारमा पुष्पलालको शालिकका साथै विपी कोइरालाको पनि शालिक स्थापना गर्ने कुरा भइरहेको मैले सुनेको छु । अवश्य पनि जो नेताहरु सम्मानित हुनुहुन्छ, जसले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ, लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ, त्यस्ता राजनेताहरुको हामी सबैले उच्चमूल्यांकन गर्नुपर्दछ, सम्मान गर्नुपर्दछ र नयाँ पुस्ताले पनि उहाँहरुबाट प्रेरणा लिँदै अघि बढ्नुपर्दछ । उपस्थित साथीहरु ! अब म वतर्मान सरकारका सन्दर्भमा केही थोरै चर्चा गर्न चाहन्छु । नेकपा-माओवादी)ले सरकारका बारेमा केही प्रश्नहरु पनि उ ाउने गरेको तपाईंहरुले पनि सुनिरहनुभएको छ । उनीहरुले बिभिन्न ाउँमा वतर्मान सरकार असंवैधानिक भन्दै भाषण गर्ने गरेका छन् । तपाईंहरुलाई थाहा छ, वतर्मान सरकार कसरी ग न भएको हो, पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजिनामा दिनुभयो । मैले हिजो पनि चर्चा गरेँ । यदि पुष्पकमल दाहालले राजिनामा नगरेको भए प्रधानमन्त्रीको पद खाली हुने थिएन । उहाँले स्वविवेकबाटै राजिनामा गर्नुभएको होला । कसैको दवावमा परेर र निन्द्राको सुरमा राजिनामा पत्रमा हस्ताक्षर गर्नुभयो भन्ने मलाई लाग्दैन । यदी उहाँले निन्द्राको सूरमा र कसैको दवावमा राजिनामापत्रममा सही गर्नुभएको होइन भने आज उहाँहरु किन हल्ला गर्दै हुनुहुन्छ ?, उहाँहरु किन सरकारबाट हटाइयो भन्दै हुनुहुन्छ ?, उहाँहरु किन गीत गाउँदै हिँड्नुहुन्छ ?, आफैंले राजिनामा दिनुभएको होइन ? आफैं राजिनामा दिएर कुर्ची खाली गरेको होइन ? अनि आफैंले राजिनामा दिएपछि अर्को सरकार बन्छ कि बन्दैन ? नेपालको संविधान बमोजिम नै अहिलेको सरकार ग न भएको छ । संसदले नै यो सरकार निर्वाचित गरेको छ । त्यसहुनाले यो सरकार संविधानसम्मत्त ग न भएको छ, संसदमा रहेका २२ पार्टीको समर्थन प्राप्त गरेको छ । ६ सय १ मध्ये ३ सय ६० जनाले समर्थन गरेका छन् भने यो सरकार कसरी असंवैधानिक हुन्छ ? तर पनि उहाँहरु भन्नुहुन्छ- यो सरकार क पूतली सरकार हो । होइन कुन् सरकार पूतली सरकार हो, कुन् सरकार क पूतली सरकार हो ? के हुँदा पूतली हुन्छ, के हुँदा क पूतली हुन्छ ? यसको ब्याख्या पनि चाहियो । हिजो सारा पार्टीको समर्थन, एमालेको समर्थन पाएको माओवादी नेतृत्वको सरकार चाँही जिउँदो सरकार हुने, अहिले २२ पार्टीको समर्थनमा ग न भएको सरकार चाँही क पूतली सरकार हुन्छ र ! हिजो पनि प्रचण्डलाई अरु पार्टीले समर्थन गरेका थिए, त्यसपछि मात्रै त्यो सरकारले आकार ग्रहण गरेको थियो । उहाँहरु अहिले के भन्नुहुन्छ भने - चुनावमा हामीले सबैभन्दा बढी सिट ल्याएका हुनाले सरकारमा हाम्रो हक लाग्छ, सरकार हामीले पाउनुपर्छ । तर, उहाँहरुले एउटा कुरा लुकाइरहनुभएको छ, चुनावमा उहाँहरुले जम्माजम्मी २९ प्रतिशत मात्रै मत पाउनुभएको थियो । सिट संख्या ३९ प्रतिशत मात्रै रहेको छ । म तपाईंहरुलाई सम्झना गराउन चाहन्छु, २०५१ सालमा नेकपा-एमाले)को सरकार हुँदा म उपप्रधानमन्त्री थिएँ, क.अशोक राई मन्त्री हुनुहुन्थ्यो । त्यतिबेला हामीले ४४ प्रतिशत सिट ल्याएका थियौं । तर पनि एमालेको सरकार नौ महिनाभन्दा बढी चल्न सकेन । पछि ५६ प्रतिशत सिट बनाएर अन्य पार्टी मिले, हाम्रा विरुद्ध अविश्वासको प्रस्ताव ल्याए, हामीले सरकार छाडिदियौं । त्यसपछि माओवादीले जस्तै हामीले गीत तगाउँदै हिँडेनौं । सबैभन्दा ूलो पार्टी भएको हुनाले एमालेले सरकार बनाउन पाउनुपर्छ, सरकारमा एमालेको हक लाग्छ भन्दै हामी गीत गाउँदै, रुँदै, कराउँदै र छाति पिट्दै हिँडेनौं । आज माओवादीले ३९ प्रतिशत मात्रै सिट जितेको छ । २९ प्रतिशत मत मात्रै प्राप्त गरेको छ । तर पनि अहिले दावा गरिरहेको छ- सरकारमा हाम्रो हक लाग्छ, हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ । उहाँहरुलाई सरकारको नेतृत्व गर्न रहर छ भने दुई अबस्था पैदा गर्नुपर्छ । या त संसदको बहुमतको विश्वास जित्नुपर्छ । बहुमतको विश्वास जित्नुस्, सरकार बनाउनुस् । जुन दिन तपाईंहरुले ३ सय १ जनाको समर्थन पाउनुहुन्छ त्यसबेला बाटो छाड्न तयार छु । हिम्मत छ ? ३ सय १ को समर्थन ल्याउन नसक्ने अनि उल्टै सरकार हाम्रै नेतृत्वमा हुनुपर्छ भन्दै गीत गाउँदै हिँड्ने ? कि दोस्रो काम गर्नुपर्छ । हाम्रो मन जित्नुपर्छ, सबै पार्टीको विश्वास जित्नुपर्छ । अरुको विश्वास पनि जित्न नसक्ने बहुमत पनि ल्याउन नसक्ने हो भने जतिसुकै टाउको फोडे पनि, गीत गाए पनि, गाली गरे पनि तपाईंको नेतृत्वमा सरकार बन्नेवाला छैन । त्यसकारण म माओवादीका नेताहरुलाई भन्न चाहन्छु- तपाईंहरु अब विध्वंशको राजनीति गर्न छाडिदिनुस्, बिरोधको राजनीति गर्न छोड्नुस्, आउनुस् विश्वास र सहमतिका साथ अगाडि बढौं । माओवादी लडाकुलाई व्यबस्थापन गर्नुस्, हिंसाको बाटो छोड्नुस्, खोसिएको सम्पत्ति फिर्ता गर्नुस्, संविधान निर्माण गर्ने काममा लाग्नुस्, अरुको विश्वास जित्नुस् । त्यसपछि त तपाईंलाई पनि विश्वास गर्न सकिन्छ । लडाकु समयोजनका सम्बन्धमा हिजो गिरिजाप्रसाद कोइरालाजीलाई के बचन दिनुभएको थियो ?, मलाई नै के बचन दिनुभएको थियो ?, अन्य पार्टीका नेताहरुलाई के भन्नुभएको थियो ? आज तपाईं बिर्सिएर जम्मै १० हजारलाई सेनामा प्रवेश गराउनुपर्छ बाँकी ५ हजार जनपद र शसस्त्र प्रहरीमा ल्याउनुपर्छ भन्ने नयाँनयाँ कुरा गरेर वास्तबमा हिजोका सहमतिबाट पछि हट्दै हुनुहुन्छ । हिजोका सहमतिबाट पछि नहट्नुस् । सहमतिबाट पछि हट्दा तपाईंको विश्वसनीयता समाप्त हुन्छ । त्यसकारण विश्वासको राजनीतिमा आउनुस्, अरुको विश्वास जित्न सक्नुभयो भने, आफ्नो वचनमा अड्न सक्न्ाुभयो भने अवश्य पनि बाटो खुल्न सक्छ । त्यसकारण माओवादीलाई म फेरि आग्रह गर्न चाहन्छु- गालीगलौज र धम्कीको भाषा त्याग्नुस्, विद्रोहको कुरा पनि गर्न छोड्नुस् । विद्रोहको धम्की दिएर तपाईंले पार लगाउन सक्नुुहुँदैन । मु भेडको तयारी तपाईं गर्नुहुन्छ, दोष जति अरुलाई लगाउनुुहुन्छ ? समस्या तपाईं सिर्जना गर्नुहुन्छ, दोष अरुलाई लगाउनुहुन्छ ?, गालीगलौज तपाईं गर्नुहुन्छ, हामीलाई एक्लो पारे भन्दै अरुलाई दोष दिनुहुन्छ । त्यसकारण अरुलाई दोष दिने बानी परित्याग गर्नुस्, अरुलाई गाली मात्रै गर्ने, दोष मात्रै दिने बानी विकास गर्नुभयो भने वास्तबमा मुलुक दुघर्टनातर्फ जानेछ । त्यसकारण मुलुकलाई दुर्घटनातर्फ लाने गल्ती नगर्नुस्, मुलुकमा दुर्घटना निम्तियो भने माओवादीकै कारणले निम्तिनेछ । मुलुकलाई दुर्घटनाबाट जोगाउनुछ भने माओवादीले सकरात्मक भूमिका खेल्नुपर्छ, हाम्रो तर्फबाट नेकपा-एमाले)को तर्फबाट, नेपाली कांग्रेस लगायत सरकारमा सामेल, सहयोग गर्ने सबै पार्टीहरुको तर्फबाट म के भन्न चाहन्छु- माओवादी पार्टीसँग हातेमालो गर्दै जान तयार छौं । मुलुक र जनताको समस्या समाधान गर्न हामी मु भेड चाहँदैनौं, हामी मुलुकलाई अर्को द्वन्द्वतिर लैजान चाहँदैनौं, हामी मुलुकमा अर्को जटिलता पनि निम्त्याउन चाहँदैनौं । मुलुकको समस्या समाधान होस् भनेर विगतदेखि नै हामीले रचनात्मक भूमिका खेल्दै आएका छौं । आज पनि त्यही भूमिका खेल्न चाहान्छौं । त्यसकारण जनताका समस्यालाई ध्यान दिँदै सकरात्मक सोच सहित अगाडि बढ्न धेरै ढिला भइसकेको छ भन्ने कुरा म फेरि पनि जोड दिन चाहन्छु । आदरणीय मित्रहरु ! अहिले हामी सबैमा पार्टीहरुका बीचमा सहमति हुन्छ कि हुँदैन भन्ने गम्भिर चिन्ता छाएको छ । संविधान समयमै बन्छ कि बन्दैन भन्ने तपाईंहरुको चिन्ता अत्यन्तै जायज पनि छ । माओवादीलाई समयमै संविधान बनाऊ भनेर गाउँ-गाउँ, जिल्लाजिल्लाबाट आवाज उ ाउनु पर्छ । संविधान बनाउने कुरामा, शान्ति प्रक्रियालाई निष्कर्ष पुर्‍याउनुपर्छ भन्दै सचेत बनाउनुपर्छ । अहिले संवैधानिक समिति संविधान निर्माण गर्ने काममा लागेको छ । प्रत्येक पार्टीका नेताहरुलाई बोलाएर आफ्नो बिचार व्यक्त गर्न भनिएको थियो । त्यहाँ सबैले बिचार राख्ने क्रममा केहीकेहीले आशंका व्यक्त गरेका छन् । केहीकेहीले वास्तबमा अझै प्रयत्न गर्‍यो भने संविधान लेख्न सकिन्छ भन्ने बिचार व्यक्त गरेका छन् । केहीले अब संविधान निर्माण गर्ने कामलाई प्राथमिकता दिन्छौं भनेका छन् । त्यसकारण मलाई अझै आशा एवं विश्वास छ, संविधान निर्माण गर्ने काम जे १४ गतेभित्रै सकिन्छ । तर, त्यसका लागि सबैले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने कुरालाई केन्द्रबिन्दूमा राखेर लाग्नुपर्छ । सबैको यसैमा कल्याण पनि छ । आज तपाईंहरुको बीचमा केही कुरा राख्न पाउँदा मलाई धेरै खुसी लाग्यो । यसभन्दा पहिला पनि उदयपुर आउने हामीले सोच बनाएका थियौं । तर कार्यब्यस्तताका कारण आउन सकिएको थिएन । यही ाउँमा हामीले पार्टीको चौथो महाधिवेशन पनि गर्न खोजेका थियौं । त्यस सिलसिलामा बिभिन्न ाउँहरुको निरिक्षण भ्रमण गर्न म आफैं, कमरेड अशोक राई, ईश्वर पोखरेल र जीवराज आश्रति आएका थियौं । बिभिन्न गाउँको भ्रमण गरेका थियौं । त्यसकारण यस जिल्लाप्रतिको विशेष आकर्ष्ाणका कारणले पनि म यहाँ तपाईंहरुको बीचमा उपस्थित भएर समस्याहरुका बारेमा पनि जानकारी हाँसिल गरेँ, बुझ्ने मौका पनि पाएँ । यस्तो मौका प्रदान गर्नुभएकोमा सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन्छु । एकीकृत नेकपा-माओवादी) र नेपाली कांग्रेस परित्याग गरेर नेकपा-एमाले)को रातो झण्डालाई बुलन्द गर्ने, जनताको बहुदलीय जनवादको बाटोमा अगाडि बढ्ने जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ, त्यसका निम्ती सम्पूर्ण कमरेडहरुलाई हार्दिक सम्मान व्यक्त गर्दै स्वागत गर्न चाहन्छु । सबै एकताबद्ध भई अगाडि बढौं भन्ने भावना व्यक्त गर्दै म आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद, नमस्कार ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा-एमाले) उदयपुर जिल्ला कमिटीले २०६६, फागुन २६ गते उदयपुरको बेलटारमा आयोजना गरेको स्व. क. पुष्पलालको शालिक अनावरण कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्