Madhav Kumar Nepal

अनेमसंघको महिला महोत्सवमा सम्बोधन गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति रक्षामन्त्री विद्या भण्डारी, गृहराज्यमन्त्री, अनेमसंघका पदाधिकारीहरु, दिदीबहिनी तथा दाजुभाइहरु ! आज यस अन्तराष्ट्रिय महिला दिवस मनाउनका लागि अखिल नेपाल महिला संघले भव्य कार्यक्रमको आयोजना गरेकोमा मलाई खुसी लागेको छ । एकसय वर्ष पहिले सन् ः १९१० मा महिलाहरुले स्वतन्त्रता र मुक्तिको आवाज बुलन्द गर्दै मतदानको अधिकार हाँसिल गरेका थिए र उनीहरुले आफ्नो अस्तित्व परिवारमा, समाजमा र राष्ट्रमा स्थापित गरेका थिए । त्यो अभियान अहिले पनि जारी छ । तपाईंहरुलाई अचम्म लाग्दो होला, विकसित भनिएका मुलुकहरुमा पनि महिलाहरुलाई मतदान गर्ने अधिकार थिएन । तर, नेपालमा भने महिलाहरुलाई त्यस अधिकारबाट वञ्चित गरिएन । यो नेपाली समाजको एउटा विशेषता पनि हो । विकसित भनिएको स्विजरल्याण्डमा समेत महिलाहरुले सन् १९७५ मा मतदानको अधिकार पाए । हामी देखिरहेका छौं, महिला आन्दोलन संसारभरी फैलिरहेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस त्यसैको एउटा प्रतिफल हो । नेपालमा २०३७ सालमा अखिल नेपाल महिला संघको पुर्नग न भयो । त्यसको जिम्मेवारी पार्टीले मलाई दिएको थियो । अहिले अनेमसंघ देशव्यापी रुपमा फैलिएकोमा मलाई खुसी लागेको छ । गाउँ-गाउँमा, कुनाकाप्चाहरुमा अनेमसंघको झण्डा बुलन्द गर्दै नारा घन्काइएका छन् । तर पनि महिलाहरुमाथिको ज्यादति र हिंसा अझै रोकिएको छैन । महिलालाई अझै समान अधिकार प्रदान गरिएको छैन । हाम्रो समाजमा अझै पनि पुरुष प्रधान चिन्तनहरु ब्याप्त छन् । पुरुषहरुले महिलाई मनोरञ्जनको साधन ान्ने, आफ्नो ईच्छा र रुचि अनुसार चल्नुपर्दछ भन्ने ान्ने, महिलालाई बच्चा उत्पादन गर्ने साधान ान्ने, अझै किनबेचमा प्रयोग गर्दै उनीहरुको अस्मिताकै खिल्ली उडाउने प्रवृतिहरु व्याप्त छन् । यस्ता प्रवृतिविरुद्ध तपाईंहरुले अझै आन्दोलन अगाडि बढाउनुपर्छ । प्रेस, नागरिक समाज, प्रवुद्ध समुदायले महिला अधिकारका पक्ष्ामा अझै सशक्त आवज उ ाउनुपर्छ । यस पटकको १०० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तपाईंहरुले महिलाहरुको पौरखलाई, क्षमतालाई र रचनात्मकतालाई व्यक्त गर्ने किसिमका कलाहरु, उत्पादनहरु बिभिन्न स्टलहरुमा प्रदर्शन गर्नुभएको छ । म सरकारको तर्फबाट यस कार्यप्रति अभिवादन गर्दै तपाईंहरुको शीपको प्रशंसा गर्न चाहन्छु । आफ्नै खुट्टामा उभिन सकिन्छ भन्ने जुन सन्देश तपाईंहरुले दिन खोज्नुभएको छ, यो अत्यन्तै प्रशंसनीय कुरा हो भन्ने म ान्दछु । नेपाली समाज परिवर्तन र रुपान्तरणको दिशातर्फ अगाडि बढिरहेको छ । यो प्रक्रिया निरन्तर समुन्नतितर्फ अग्रशर छ । त्यसैले जनतमा निराशाको होइन, हामीले आशाको सन्देश दिनुपर्दछ । संसारका कतिपय देशका तुलनामा नेपाल पछाडि परेको होला । तर महिला अधिकारका सवालमा अगाडि छ । संविधानसभामा सम्पूूर्ण संख्याको एकतिहाई महिलाको सहभागिता छ । संसारका जनप्रतिनिधि निकायहरुमा एक तिहाई महिला सहभागिता भएको देश कुन्-कुन् हो भनेर सोध्यो भने तपाईंले जवाफ दिनसक्नुहुन्न । संसारमा कसैले हाजीरिजवाफ प्रतियोगितामा प्रश्न सोध्यो भने नेपालको नाम एक नम्बरमा आउँछ, यो गौरव गर्न लायक विषय हो । त्यसकारण महिला अधिकारका सवालमा जुन हिसाबले नेपालले उपलब्धि हाँसिल गरेको छ, त्यसलाई अझ सबै क्षेत्रहरुमा बिस्तार गर्नुपर्दछ । राजनीतिक दलभित्र, जनवर्गीय संग नभित्र पनि महिलाहरुको सहभागिता कम्तीमा एक तिहाई सहभागिता सुनिश्चित गर्नुपर्दछ । मलाई खुसी लागेको छ, हाम्राे पार्टीको जनवर्गीय संग न युवा संघभित्र सम्पूर्ण केन्द्रीय सदस्यको एक तिहाई सहभागिता रहेको छ । विद्यार्थी संग न र अनेकिसंघ यही उद्देश्य सहित अगाडि बढिरहेका छन् । नेपाल ट्रेड युनियन महासंघले पनि राम्रो उदाहरण प्रस्तुत गरेको छ । त्यसकारण पार्टीको निर्देशन अनुरुप बिभिन्न जनवर्गीय संग नहरु अगाडि बढिरहेका छन् । कसैले त सुरु गर्नुपर्नेमा एमालेले त सुरु गर्‍यो । अब हेर्नुछ, अरु पार्टीले पनि आफ्ना जनवर्गीय संग नमा यो उदाहरण साँच्चै देखाउन सक्छन् कि, सक्दैनन् ? पत्रकारिता क्षेत्रमा पनि बिस्तारै महिला सहभागिता बढ्दै गएको छ । स्टिल फोटोग्राफरको संख्या पनि राम्रो छ । चित्रकारितामा, राजनीतिक क्षेत्रमा, समाजसेवाका क्षेत्रमा, सबै क्षेत्रमा महिलाहरुको संख्या बढिरहेको छ । जुनसुकै क्षेत्रमा पनि समर्पित भएर लाग्नुहोस् । तपाईं राम्ररी लाग्नुभयो भने योग्यता उजागर हुन्छ, खुबी फकि्रन्छ । तर इमान्दारिताका साथ लाग्नुपर्छ । मानिसहरुमा केही न केही प्रतिभाहरु रहेका हुन्छन्, प्रस्तुत गर्ने ाउँको खोजि गरिरहेका हुन्छन् । तर खुबीको पहिचान गर्नुपर्छ । कसैलाई पनि अपमानित गर्नुहुँदैन । सबैको आत्मविश्वास बढाउन प्रयत्न गर्नुपर्छ । म आमाबुबाहरुलाई भन्न चाहान्छु- छोराछोरीहरुको मनोवल गिराउने काम नगर्नुहोस् । मनोवल बढाउनुभयो भने आज असम्भव देखिएका काम पनि भोलि उनीहरुले सम्भव बनाउनेछन् । हाम्रो देशमा विकासका सम्भावनाहरु छन् । साधन-स्रोतको प्रयोग गर्न सक्ने थुप्रै आधारहरु विद्यामान छन् । मेहनती जनता छन् । त्यसमा पनि महिला झन् अग्रपंक्तिमा छन् । घरको सबै काम महिलाको मात्रै जिम्मा हो भन्ने जस्तो भएको छ । छोरोछोरीहरुको जिम्मेवारी पनि महिलाकै छ । जिम्मेवारी बराबर लिन पुरुषहरु पनि तयार हुनुपर्‍यो । युरोपियन मुलुकमा महिलाहरुले बच्चा जन्माउँछन्, पुरुषले हुर्काउँछन् । पुरुषलाई पनि बच्चा हुर्काउनका लागि सरकारले छुट्टी दिन्छ । हाम्रा त लोग्नेहरु ाल्ाू छन् । हाम्रो सामाजिक संरचना र मान्यतामा पनि परिवर्तन गर्नु जरुरी छ । महिलाले त अतिरिक्त जिम्मेवारी बोकेको मात्रै हो । अवश्य पनि महिलाको पनि विशेष दायित्व हुन्छ । अधिकांश बच्चाहरु आमाको वरीपरी घुमिरहेका हुन्छन्, लुटपुटिन्छन् । त्यसकारण आमाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । नारीले खेलेको भूमिकाको समाजले यथोचित मूल्यांकन गर्नुपर्छ । त्यसकारण आमालाई श्रद्धा गर्नुपर्छ । मान्यहरुमाथि सम्मान गर्ने भावनाको विकास गर्नुपर्छ । तर आफूलाई जन्माउने बाबुआमालाई यथोचित सम्मान नगर्ने परिपाटी पनि छ यहाँ । यस्ता कूसंस्कारहरु परित्याग गर्नुपर्छ । यस्तो संस्कार पूर्वीया, एसियाली, नेपाली संस्कृतिसँग मेल खाँदैन । नेपाल देश हाम्रो सिंगो परिवार हो । जसरी एउटा बगैंचामा सुन्दर फुलहरुका कारण विविधता देखिन्छ, त्यसैगरी हाम्रो परिवारमा, समाजमा पनि विविधता छ । बिभिन्न जाति, धर्म, संस्कृतिका बाबजुद पनि हामीले एउटै राष्ट्रियताको मालामा उनेका छौं हामीले । विविधतमा एकता नेपालको विशेषता हो । अहिले हामीले हिमाली भेगका महिलाहरुको अत्यन्तै सुन्दर नृत्य हेर्‍यौं र सबै रमायौं । यस्तै संस्कृति तराईमा छन् । यी सबै असल परम्पराहरुको संरक्षण गर्नुपर्छ, अगाडि बढाउनुपर्छ । नेपाली समाजमा चलिरहेको महिला मुक्तिको आन्दोलन गणतन्त्र स्थापनासँगै रोकिदैंन । हामीले सामन्तवादलाई समूल अन्त्य गर्‍यौं भने पनि रोकिदैंन । सामन्तवाद पुरुष प्रधान चिन्तनको मुख्य आधार हो । लामो समयसम्म यो चिन्तन विद्यमान हुँदो रहेछ । समाजवादमा पुग्दा पनि वर्षौसम्म रहिरहँदो रहेछ । त्यसकारण निरन्तर सामन्तवादी संस्कारविरुद्ध सांस्कृतिक आन्दोलन गरिरहनुपर्छ । त्यसपछि मात्रै एउटा नयाँ युगमा प्रवेश गर्न सकिन्छ, जहाँ महिला र पुरुष समान हुनेछन् । दुवैले एकले अर्कालाई कदर गर्नेछन् । अहिले तपाईंहरुले १०० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस बेग्लै विशेषताका साथ मनाइरहुन भएको छ । यसलाई अझै भव्य बनाउने गरी अघि बढ्नुहोस्, देशका कुनाकाप्चामा महिला अधिकारका आवज बुलन्द बनाउनुहोस् । म प्रधानमन्त्री भएपछि महिलामाथि हुने हिंसालाई अत्यन्तै गम्भीरताका साथ हेरिरहेको छु । बल्ाात्कार, उत्पीडन, बेचबिखन, बालबालिकाको अपहरण जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्नका लागि मैले संकल्प गरेको छु । यसका लागि महिला संग न, अधिकारकर्मी, प्रेस जगत, नागरिक समाज लगायत सबैको सक्रिय सहयोग चाहिन्छ । सबैले हातेमालो गर्दै हामीले अभियान चलायौं भने अपराधी जोसुकै किन नहोस, उसलाई हामी कानुनको दायरामा ल्याउन सक्छौं । दण्डित गर्न सक्छौं । बोक्सी, देउकी, झुमा जस्ता कूप्रथाहरु अन्त्य गर्नुपर्दछ । त्यसपछि मात्रै महिलाहरु सम्पूर्ण रुपमा स्वतन्त्र हुन सक्छन् । सम्मानित रुपमा बाँच्न सक्छन् । परनिर्भरताको स्थितिबाट मुक्त हुन सक्नेछन् । गणतन्त्र स्थापनापछि त महिला अधिकारको सवाल झन् सशक्त बन्दै जानुपर्छ । अहिलेको अबस्थामा भन्ने हो भने महिला संग नहरुको क्रियाशील भूमिकाको आवश्यकता छ । नयाँ संविधान निर्माण गर्ने काममा पनि महिला अधिकारका सवालमा महिलाहरु अत्यन्तै चनाखो हुनुपर्ने आवश्यकता छ । समयमै संविधान निर्माण गर्न महिला आन्दोलनले सजगतापूर्ण भूमिका निर्वाह गर्नुपर्छ । कुन् पार्टीले समयमै संविधान बनाउन चाहिरहेका छैन, कसले निहूँ खोजिरहेको छ, संविधानसभाको आयू बढाएर मुलुकलाई अस्थिरताको बन्दी बनाइराख्ने कुरामा को लागिरहेको छ, चिन्नुपर्दछ । कसले संविधान बनाउने काममा, शान्ति प्रक्रिया टुंग्याउन, छिटोभन्दा छिटो क्यान्टोन्ामेन्ट खाली गर्न, लडाकुहरुको वास्तबिक तथ्यांक दिन बाधा खडा गरिरहेको छ चिन्नुपर्दछ । संख्या पुग्दैन, बहुमत छैन । तर आफू सरकारमा बसेपछि मात्रै यी काम हुनसक्छ भनेर निहूँ खोजिरहेको छ, सँधैभरी रोईकराई गालीगलौज मात्रै गरिरहेको छ, ती को हुन् तपाईंहरुले खोजि गर्नुपर्दछ । हामीलाई अनुभव छ, २०५१ सालमा नेकपा-एमाले)ले ४४ प्रतिशत सिट ल्याएको थियो । तर ९ महिनाभन्दा बढी हामीले सरकार कायम राख्न सकेनौं । बाँकी ५६ प्रतिशत मिलिसकेपछि उनीहरुले सरकार बनाए, चलाए । तर हामी रोईकराई त हिँडेनौ नि ! २४ घण्टै सरकार हामीलाई नै चाहिन्छ भन्दै गीत गाउँदै त हिँडेनौं । अहिले जम्माजम्मी माओवादीको ३८ प्रतिशत सिट छ, एमालेभन्दा ६ प्रतिशत कम । तर पनि सँधैभरी मलाई नै चाहियो भन्दै गीत गाएकै छ । एउटा प्रधानमन्त्रीको कूर्ची बनाइदिनुपर्‍यो र यसैमा बस भन्नुपर्‍यो । होइन भने बहुमत देखाउनुपर्‍यो । छिटो प्रक्रिया टुंग्याउनुस्, सेना समायोजन गर्नुस्, संविधानको घोषणा गर्नुस्, विश्वास जित्नुस्, लिनुस् । विश्वास जित्नुस्, फेरि एक पटक बन्ने रहर छ भन्नुभयो भने म आफैं त्यो रहर पूरा गरिदिऔंला नि ! तर सेना समयोजन त गर्नुस्, पहिला संविधान घोषणा गर्ने काममा त सहयोग गर्नुस् । फेरि चुनावबाटै बहुमत ल्याउन पनि सक्नुहुन्छ । तर, चुनाव अगावै चाहियो भन्नुहुन्छ भने त्यसमा पनि बिचार गरौंला । मरिहत्ते गर्दैमा तपाईंको सामूमा समर्पण त गर्दैनन् नि ! केही शर्तहरु छन् । ती शर्तहरु- संविधान निर्माणको प्रतिबद्धता हो । तर त्यो कागजी प्रतिबद्धताबाट मात्रै हुँदैन, इमान्दारिका साथ काम गरेर देखाउनुपर्छ । आउनुहोस्, छिटोभन्दा छिटो क्यान्टोनमेन्ट खाली गर्नुस् । वाईसीएलको संरचना भंग गर्नुस् । सैन्य कुरा गर्न बन्द गर्नुस्, शान्तिका कुरा गर्नुस्, हिंसा बन्द गर्नुस् । पहिला यी सबै काम गरेर सकरात्मक र रचनात्मक भूमिका खेल्नुस् । तर जम्मैलाई शत्रु बनाएको छ, जम्मैलाई गाली गर्दै बिरोधी बनाएको छ, जम्मैलाई धम्की दिएको छ, चन्दा आतंक मच्चाएको छ । सबै मान्छे यसपछि थाक्लान्, गल्लान्, घुँडा टेक्लान् , आत्मसमर्पण गर्लान् भन्ने ानेको हो भने कोही पनि नेपाली जनताले आत्मसर्पण गर्दैनन् । वतर्मान सरकार जनताको चाहना पूरा गर्न प्रतिबद्ध छ । अपराध पूर्णरुपमा निर्मूल गर्न, शान्ति- सुरक्ष्ाा कायम गर्न, अपराधीहरुलाई गिरफ्तार गर्न वतर्मान सरकार प्रतिबद्ध छ । यसका लागि प्रशासन संयन्त्र चुस्त-दुरुस्त बनाउन पहल अगाडि बढाइरहेको छ । यस क्रममा राम्ररी कर्तव्य पूरा गर्ने प्रहरीहरुलाई प्रोत्साहन गरिनेछ र अपराधीसँग साँ गाँ गर्नेहरुलाई कारवाही गरिनेछ । अवश्य पनि राज्य संचालनका क्रममा देखिएका कमजोरीहरुलाई सुधार गरिनेछ र गर्न सकिन्छ । तर तपाईंहरुको सहयोग पनि चाहिन्छ । अनुचित काममा औंला ड्याउनुस्, गलत कामको आलोचना गर्नुस् । तर राम्रो कामको प्रशंसा पनि गर्नुस् । अहिले सहमति, एकताको आवश्यकता छ । त्यसैले राष्ट्रिय सहमतिका निम्ति एकताबद्ध भएर अगाडि बढ्न आव्ह्ान गर्न चाहन्छु । संक्रमणकालमा आपसी वैमनस्यता बढाएर कुनै फाइदा छैन । हिलो छ्यापाछ्याप गरेर, आरोप-प्रत्यारोप गरेर कुनै फाइदा छैन । त्यसका निम्ती आपसी सद्भाव, सहकार्य र मेलमिलापको आवश्यकता छ । जनताको चाहना पनि यही हो । त्यसकारण राष्ट्रिय सहमतिको बाटोमा मिलेर, एकताबद्ध भएर अगाडि बढ्नका लागि म सबै पार्टीहरुलाई आग्रह गर्न चाहन्छु । मेरो गोरुको बाहृै टक्का छोडेर, सबैको विश्वास जितेर, खेलको नियमलाई स्वीकार गरेर, पद्दतिपूर्वक आउनका लागि म आव्हा्न गर्न चाहन्छु । मुलुकको समस्यालाई फेरि पनि गम्भीरतापूर्वक महशुस गर्नुस्, अहिले शान्ति र संविधान राष्ट्रिय आवश्यकता भएको हुनाले मिलेर अगाडि बढ्न आग्रह गर्दै १०० औं श्रमिक महिला अन्तराष्ट्रिय दिवस भव्यताका साथ देशव्यापी रुपममा मनाउन तपाईंहरुलाई आव्ह्ान गर्दै म आफ्नो भनाई यहीँ टुंग्याउँछु, धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले २०६६, फागुन २२ गते अनेमसंघले अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको महिला महोत्सव उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्