Madhav Kumar Nepal

फर्मा एक्सपो-२०१० उद्घाटन कार्यक्रममा सम्वोधन गर्नुभएको मन्तव्य

कार्यक्रमका सभापति महोदय, मञ्चमा उपस्थत माननीय स्वास्थ्य राज्यमन्त्री, उद्योगी-व्यबसायी मित्रहरु, उपस्थित महानुभावहरु, भद्र महिला तथा सज्जनवृन्द ! देशभित्र उत्पादन भएका औषधीका बारेमा जानकारी दिन र प्रयोग भएका उपकरणहरुका बारेमा सरोकारवालाहरुको समेत ध्यान्ााकर्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस तीन दिने मेला 'फर्मा एक्सपो-२०१०' को उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका लागि सर्वप्रथम म आयोजक मित्रहरुलाई हार्दिक धन्यवाद दिँदै तपाईंहरुको यस मेलाको पूर्ण सफलताको कामना गर्दछु । 'भविष्यका चुनौतिलाई आत्मसात गर्ने' नारासहित आयोजित यस एक्सपो मेलाले स्वदेशमा उत्पादित औषधीहरुको बजार प्रर्वद्धन गर्दै मुलुकलाई औषधी उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर बनाउन योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । हामी उत्पादनमा अझै आत्मनिर्भर हुन सकेका छैनौं । त्यसैले पनि परनिर्भरता हाम्रा लागि अझैसम्म पनि बाध्यता रहेको छ । कुनै पनि मुलुकलाई स्वाधिन, आत्मनिर्भर र विकसित बनाउने आधार आन्तरिक उत्पादनमा आत्मनिर्भरता नै हो । अहिलेको विश्वव्यापीकरणको युगमा कुनै पनि मुलुकले विदेशी उत्पादनलाई रोक्न सक्दैन । त्यसैले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुबाहेक हामीसँग अर्को कुनै विकल्प छैन । तर, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै बजारको माग अनुरुप गुणस्तरीय उत्पादन गर्न सक्यौं भने मात्रै हामी औषधी उत्पादनमा आत्मनिर्भर बन्न सक्छौं । बीस वर्षअघि स्थापित नेपाल औषधी उत्पादन संघले मुलुकलाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउन एउटा संग ित संस्थाको रुपमा गर्दै आएको प्रयास प्रशंसनीय छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै स्थापित यस संघले अहिले नेपाली बजारले माग गरिरहेको ५५ प्रतिशतसम्म औषधी उत्पादनको आवश्यकता पूर्ति गर्न सक्नुलाई एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्दछ । हुन त कुनै पनि संस्थाको बीस वर्षे आयु पक्कै पनि छोटो होइन । तर, एउटा परिपक्व संस्थाका रुपमा आफ्नो परिचय स्थापित गर्दै नेपाललाई औषधी उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर बनाउने तपाईंहरुले जुन संकल्प गर्नुभएको छ, यो राष्ट्रिय जिम्मेवारीबोधबाट समेत अभिप्रेरित छ भन्ने मैले ानेको छु । वास्तबमा यस्तै संकल्प आ-आफ्नो क्षेत्रबाट गर्दै सबै अगाडि बढ्ने हो भने मुलुकलाई निश्चित रुपमा छोटो छिट्टै विकसित राष्ट्र बनाउन सकिन्छ । तीन दिने यस मेलाले पक्कै पनि उपभोक्ताहरुलाई स्वदेशी उत्पादन प्रयोग गर्न अभिप्रेरित गर्दै बजार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले ानेको छु । हाम्रो मुलुकमा अनेकौं जडिबुटीको भण्डार भए पनि हामीले तिनको उचित सदुपयोग गर्न सकेका छैनौं । खासगरी हिमाली क्षेत्रमा पाईने थुप्रै जडिबुटीहरु मानव जीवनका लागि निक्कै उपयोगी छन् । तर, खोज र अनुसन्धान मार्फत् तिनको पहिचान गर्ने, देशका बिभिन्न स्थानमा प्रशोधन केन्द्रहरु स्थापना गरी उपयोग गर्ने जस्ता काममा भने हामी पछि परेका छौं । खोज र अनुसन्धान मार्फत् औषधी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पर्दाथ हामी स्वदेशमै प्रशस्त मात्रामा उत्पादन गर्न सक्छौं । त्यसैले तपाईंहरु सबैलाई यस कुरातर्फ विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु । सरकार र तपाईं व्यबसायी मित्रहरुले संयुक्त रुपमा यसतर्फ ध्यान केन्द्रीत गर्ने हो भने मुलुकलाई अवश्य पनि औषधी उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । यसबाट स्वदेशी मुद्राको मात्रै सञ्चिति होइन, विदेशी मुद्रा समेत आर्जन गर्न सकिन्छ, रोजगारी सिर्जना हुन्छ र सँगसँगै मुलुकले आर्थिक विकास पनि गर्छ । उपस्थित महानुभावहरु ! औषधीको उत्पादन मानव स्वास्थ्यसँग गाँसिएको छ । उत्पादनको गुणस्तरीयता प्रत्येक व्यक्तिको स्वास्थ्यसँग गाँसिएकाले तपाईंहरुले उत्पादनवृद्धिसँगै आफ्नो उत्पादनको गुणस्तरीयतामा विशेष ध्यान दिनुपर्दछ । अहिले नेपालमै औषधी उत्पादन गर्ने ४४ वटा उद्योगहरु सञ्चालनमा छन् । थप दुईवटा नयाँ उद्योगहरु सञ्चालनको तयारीमा छन् । यस क्षेत्रमा आ अर्बभन्दा बढी रकम लगानी भइसकेको छ । कूल १२ अर्ब रुपैयाँ औषधीको बजारमा नेपालमै उत्पादित औषधीहरुले ४ अर्ब रुपैयाँ बराबर र ५५ प्रतिशतसम्मको बजार नेपालबाटै उत्पादित औषधीहरुले लिइसकेका छन् । यसले नेपालको औषधी उत्पादनको क्षेत्र नेपालको अर्थतन्त्रकै एउटा मेरुदण्डकै रुपमा विकास हुँदै गएको मात्रै होइन, भविष्यमा नेपाल यसमा पूर्ण आत्मनिर्भर हुनसक्ने शुभ संकेत समेत देखाएको छ । तपाईंहरुका समस्याका सुनुवाई र माग सरकारले सम्बोधन गर्नुपर्ने विषय आफ्ना ाउँमा होलान् । तर, मानव स्वास्थ्यसँग गाँसिएको व्यबसाय समेत भएको हुनाले तपाईंहरु अझ गम्भीर बनेर यस व्यबसायलाई नैतिक जिम्मेवारीबोधका साथ आफ्ना उत्पादनको गुणस्तरीयतामाथि कहिल्यै प्रश्न नउ ्ने गरी अगाडि बढ्नुभयो भने तपाईंहरुले अहिले जुन उद्देश्यले यस एक्सपो मेलाको आयोजना गर्नुभएको छ, त्यो सार्थक भएको हरिनेछ । तपाईंहरुले देखाउने विश्वसनीयता, गुणस्तरीयताले मुलुक आत्मनिर्भर मात्रै होइन, अन्तराष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्दछन् । अहिले सञ्चालनमा रहेका ४६ वटा उद्योगहरुमध्ये १६ वटाले अन्तराष्ट्रिय मान्यता- 'जीएमपी' पाउनु खुसीको कुरा हो । तपाईंहरुले बंगलादेशले जस्तै आत्मनिर्भर भएका औषधीका बिदेशी ब्राण्डमा प्रतिबन्ध लगाए जस्तै नेपालमा पनि प्रतिबन्ध गर्नुपर्ने माग गर्नुभएको छ । तर, नेपाल आफैं विश्व व्यापार संग नको सदस्य भइसकेको अवस्थामा तपाईंहरुको यो माग समय सान्दर्भिक र व्यबहारिक छ आफैं मनन गर्न म अनुरोध गर्दछु । उत्पादनमा सक्षम रहेका औषधीहरुको आयातलाई निरुत्साहित गर्ने, उत्पादनका लागि आवश्यक पर्ने सामग्रीहरुको आयातमा भन्सार छुट, औषधी प्रयोगशालाको बिस्तार लगायतका विषयमा तपाईंहरुले राख्नुभएका मागहरुप्रति सरकार सकारात्मक छ । सम्बन्धित मन्त्रालयसँग बसेर यी विषयमा छलफल गनुभएमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । अहिले कुनै सामान्य माग या कुनै एक वाहानमा दिनहुँ उद्योगधन्दाहरु बन्द र हड्ताल गर्ने गलत संस्कृतिले प्रश्रय पाउँदै गएको छ । तपाईंहरुलाई जानकारी होला, हामीले केही दिन अघि नेपाल भ्रमण वर्ष वर्ष २०११ शुभारम्भ गरेका थियौं । घोषणा कार्यक्रममा हामीले दश लाख पयर्टक नेपाल भित्र्याउने चर्चा गर्‍यौं । अधिकांश राजनीतिक दलले वर्षभरी वन्द र हड्ताल नगर्ने लिखित प्रतिवद्धता पनि जनाए । त्यो प्रतिवद्धताले औषधी उद्योगहरुलाई पनि सहयोग गर्नेछ भन्ने मलाई लागेको छ । बन्द र हड्ताल गरेर प्रतिकूल स्थिति सिर्जना नगर्नेतर्फ सबै राजनीतिक दलले अवश्य नै ध्यान दिनेछन् । बन्द र हड्तालले मुलुक आक्रान्त भइसकेको छ । यो त अति नै भयो भनेर केही दिन अघि नागरिक समाजले समेत असन्तुष्टि जनाएको थियो । तपाईंहरुको ध्यानकर्षण गराऔं- वतर्मान सरकार ग नपूर्व दिनैपिच्छे जस्तो आयोजना हुने बन्द र हड्तालले नेपालको पूर्वी भेगबाट पश्चिम कति दिनमा पुगिने हो यसै भन्ने स्थिति थिएन । तर हामीले त्यसविरुद्ध कदम उ ायौं, एउटा ोस निर्णय सहित अगाडि बढ्यौं त्यसपछि विना अबरोध कुनै पनि व्यक्ति मेची-महाकाली यात्रा गर्न सक्ने स्थिति बन्यो । राजमार्ग सुचारु सञ्चालन हुन थाले । अहिले पनि शान्ति सुव्यबस्था कायम राख्न हामीले कडा नीति अवलम्बन गर्ने प्रयास गरिहेका छौं । केही दिनअघि उद्योगी-व्यबसायी मित्रहरु मकहाँ समस्या अवगत गराउन आउनुभएको थियो । उहाँहरुले शान्ति-सुरक्षा, उर्जा संकट, वन्द, हड्ताल, ट्रेड युनियहरुले खडा गरिरहेका अवरोध लगायतका समस्या राख्नुभएको थियो । ती सबै समस्यालाई सरकारले व्यबसायीहरुको वास्तबिक समस्याको रुपमा लिएको छ र सम्वोधनको प्रक्रिया अगाडि बढाएको छ । हामीले व्यबसायीहरुका मागलाई हल्का रुपमा लिएका छैनौं, सरकार गम्भिर छ । केही पत्रपत्रिकाहरुमा प्रधानमन्त्रीले शान्ति-सुरक्षा कायम गर्न नसकिएको स्वीकार गरे, निरीहता देखाए भन्दै उल्लेख गरिएको समाचार प्रकाशित भएको मैले पढेँ । ती सबै झुट र कपोल्कल्पित टिप्पणीहरु हुन् । मैले कहिल्यै त्यसरी अभिव्यक्ति दिएको छैन । तपाईंहरुलाई स्पष्ट पारौं, म त कि हिँड, कि हिँड्न देऊ भन्ने मान्यता बोकेको आत्मविश्वासयुक्त मान्छे हुँ । निराशाले घेरिएको, गतिहीन भएर चल्ने मान्छे होइन । सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरुलाई समेत कि हिँड, कि छोड भनेको छु । सुुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई चुस्त-दुरुस्त बनाउने प्रयास गरिरहेको छु । यदी शान्ति-सुरक्षा चुस्त-दुरुस्त बनाउने सवालमा समस्या छ भने त्यो प्रहरीभित्रै छ । प्रहरी राम्ररी परिचालन भयो, योग्य मान्छेहरुलाई जिम्मेवारी दिएर प ाउँदा अपराधीहरुको भागाभाग हुन्छ । तर, राम्ररी परिचालन हुन सकेन, जिम्मेवारहरु नै अयोग्य भए भने फेरि अपराध बढ्न थाल्छ । यस्तो किन भइरहेको छ ? उद्योगी-व्यवसायीहरुका समस्याका बारेमा हामी पूर्ण रुपमा अवगत छौं । तर, तपाईंहरुले पनि आवश्यक सूचना दिनुपर्छ । धम्क्याएको छ, थर्काएको छ । तर, कतिपय अबस्थामा तपाईंहरु आफैं किन समयमै सूचना दिनुहुँदैन । आफैं डरले थरथर काँप्न थाल्नुभयो भने अपराधीहरुको मनोवल आफैं बढ्छ । देशभरीको प्रशासन संयन्त्रलाई चुस्त रुपमा परिचालन गर्न म आफैंले जिल्ला-जिल्लामा प्रहरीका जिम्मेवार अधिकारी र अन्य अधिकारीहरुले कस्तो भूमिका निर्वाह गरिरहेका छन् भन्ने बारेमा आवश्यक सूचना लिन सुरु गरेको छु । तर, तपाईंहरुले पनि कहाँ, के कस्ता कमजोरी भएका छन् सुर्धान हामीलाई समयमै जानकारी दिनुभयो भने सरकारलाई ूलो सहयोग हुन्छ । राजनीति गर्ने नेताहरु भगवान त होइनन् । भगवानप्रति विश्वास त होइन, म आफैं पनि धेरैले विश्वास गर्ने अन्तरयामी जस्तो सबै जान्न सक्ने व्यक्ति त होईन । कहीँ न कँहीबाट समयमै जानकारी र आवश्यक सूचना त प्राप्त गर्नैपर्‍यो नि ! अवश्य पनि लामो राजनीतिक अनुभवका आधारमा नेता भएकाले परिचालन गर्नसक्ने मात्रै हो । अर्को, लोडसेडिङको समस्या निराकरण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सकिएको छैन । लाइसेन्स ओगटेर बसेका व्यबसायीहरुलाई निश्चित समयभित्र निर्माण पूरा गर्नुपर्ने, स्वदेशी मात्रै होइन विदेशी व्यबसायीहरुलाई समेत लगानीका लागि आकषिर्त गर्ने जस्ता काम गरिएको छ । उद्योगधन्दा सुचारु गर्न गम्भिर बन्दै वैकल्पिक उपायाको समेत खोजि गर्दै सरकारले छलफल अगाडि बढाइरहेको छ । मित्रहरु ! अहिले हाम्रासामू मुख्य दुई कार्यभार छन् । शान्ति प्रक्रियालाई टुंग्याउने, तोकिएकै मितिमा संविधान निर्माण गर्ने यी दुई कार्यभार पूरा गर्न सरकार गम्भिर गृहकार्य सहित अगाडि बढिरहेको छ । तर, माओवादी लडाकूको समायोजन, पुर्नस्थापना र व्यबस्थापन नभइकन शान्ति प्रक्रिया टुंगिदैन, संविधान पनि निर्माण हुँदैन । त्यसैले लडाकू व्यबस्थापनप्रति गम्भीर हुन म एकीकृत नेकपा-माओवादी) र अन्य राजनीतिक दलललाई समेत आग्रह गर्न चाहान्छु । धम्क्याउने, थर्काउने, चन्दा आतंक मच्चाउने जस्ता क्रियाकलापले शान्ति प्रक्रियामा गम्भिर असर परिरहेको छ । म यस्ता कार्य तत्काल बन्द गर्न माओवादीलाई आग्रह गर्दछु । आफ्नो सामान्य स्वार्थ पूर्तिका लागि बन्द, हड्ताल र हिंसाको साहारा लिने संस्कारले मुलुकलाई भयावह जटिलतामा फसाउन सक्छ । त्यसकारण म यस्ता गलत क्रियाकलाप बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । अहिले दलीय स्वार्थका लागि सिंगो मुलुकलाई गतिरोधकै गोलचक्करमा फसाउने बेला होइन भन्ने कुरामा विशेष जोड दिन चाहान्छु । त्यसैले राष्ट्रिय जिम्मेवारीबोधका साथ लडाकु समायोजन गरी शान्ति प्रक्रिया छिट्टै टुंग्याएर निर्धारित समयभित्रै संविधान निमार्ृण गर्ने काममा हातेमालो गर्दै अगाडि बढ्न म एकीकृत नेकपा-माओवादी) लगायत सबैलाई हार्दिक आग्रह गर्दछु । अन्त्यमा मलाई मेला- फर्मा एक्सपो २०१० को उद्घाटनको अवसर प्रदान गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिँदै तपाईंहरुको अभियान सफल होस् भन्ने शुभेच्छा समेत व्यक्त गर्दै म आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद ! -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले २०६६, फागुन २१ गते नेपाल औषधी उत्पादक संघद्वारा आयोजित फर्मा एक्सपो-२०१० उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्