Madhav Kumar Nepal

प्याब्सनको दशौं राष्ट्रिय महाधिवेशनलाई दिनुभएको शुभकामना सन्देश

उद्घाटन समारोहका सभापतिज्यू, मञ्चमा उपस्थित प्रबुद्ध व्यक्तित्वहरु, महाधिवेशनमा सहभागी भइरहनुभएका प्रतिनिधि तथा पर्यवेक्षक, भद्र महिला तथा सज्जनवृन्द ! निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल -प्याब्सन) को दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गइरहेकोमा मलाई अत्यन्त खुसी लागेको छ । विशेष कारणवस उद्घाटन कार्यक्रममा सहभागी हुन नपाए पनि म तपाईंहरुको यस दशौं महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु । तपाईंहरुलाई थाहै छ, अहिले हामी मुलुकमा दीगो शान्ति स्थापना गरी नयाा संविधान निर्माण गर्ने, राज्यको पुर्नसंरचना गर्दै मुलुकलाई आर्थिक र सामाजिक रुपान्तरणको दिशातर्फ अगाडि बढाउने अभियानमा जुटिरहेका छौं । सबैको सामूहिक संकल्प र सहयोगबाट मात्रै हाम्रो यो अभियान सफल हुन सक्दछ । देशभरीका ६३ जिल्लाका १२ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागितामा सम्पन्न हुन गइरहेको प्याब्सनको यस दशौं राष्ट्रिय महाधिवेशनले शैक्षिक क्षेत्रका नीतिगत र तपाईंहरुका पेशागत समस्याहरुका बारेमा मात्रै होइन, मुलुकमा दीगो शान्ति स्थापना गर्ने सन्दर्भमा समेत आफ्ना तर्फबाट खेल्न सकिने भूमिकाका बारेमा छलफल गरी एउटा सकरात्मक निष्कर्ष निकाल्नेछ भन्ने मैले अपेक्षा गरेको छु । नेपालको शिक्षा विकासमा निजी क्षेत्रको उपस्थिति लगानी परिचालन, पूर्वाधार विकास, गुणस्तर अभिवृद्धि र अन्तराष्ट्रियस्तरमा देशको प्रतिस्पर्धी क्षमता वृद्धिसमेतका हिसावले अत्यन्त महत्वपूर्ण छ । यही कारण गुणस्तरीय शिक्षाको विकास, उत्पादनशील र प्रतिस्पर्धी शैक्षिक जनशक्ति उत्पादनमा निजी क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकता दिादै आएको छ । विगत लामो समयदेखि निजी क्षेत्रमा सञ्चालित प्याब्सनमा आवद्ध विद्यालयहरुले देशका बिभिन्न स्थानहरुमा विद्यालय सञ्चालन गरी गुणस्तरीय शिक्षामा बालबालिकाहरुको पहाुच अभिवृद्धि गर्न गरेको महत्वपूर्ण योगदान प्रशंसनीय छ । तर, देशका बिभिन्न स्थानसम्म निजी विद्यालयहरुको बिस्तार हुादैमा गुणस्तरीय शिक्षामा विपन्न जनताको पहुाच स्थापित हुादैन । जबसम्म शिक्षामा आधारभूत तहका जनताको समेत पहुाच बिस्तार गर्न सकिदैंन तवसम्म मुलुकबाट अशिक्षा, गरिवी र बेरोजगारी जस्ता समस्या समाधन गर्न सकिदैंन । त्यसैले गरीव र विपन्न जनताको समेत पहुाच अभिवृद्धि गरी मुलुकलाई कसरी समृद्धिको दिशातर्फ अघि बढाउन सकिन्छ भन्ने बारेमा तपाईंहरुले आफ्ना तर्फबाट अझै महत्वप्ाूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता झन् टड्कारो बन्दै गएको छ । शिक्षा निजी लगानीकर्ताहरुकै कारण महंगो र गरीव जनताको पहुाच बाहिर हुादै गएका जस्ता गुनासाहरु प्रशस्तै सुनिने गरेका छन् । त्यसैले यस्ता गुनासाहरुलाई समेत ध्यान दिादै शिक्षामा आमजनताको पहुाच स्थापित गर्ने दिशामा तपाईंहरुले ध्यान दिनुपर्दछ । नेपालको शिक्षा क्षेत्रमा बढ्दो लगानीको आवश्यकता एवं निजी तथा आवासीय विद्यालयहरुको सघन उपस्थितीलाई मध्यनजर गर्दै 'निजी-सार्वजनिक साझेदारी'को अवधारणा अन्तर्गत निजी क्षेत्रको स्थायित्व, निरन्तरता, लगानीको सुरक्षा र उचित व्यवस्थापनका सम्बन्धमा तपाईंहरुले पटक-पटक आवाज उ ाउादै आउनुभएको छ । यस सम्बन्धमा सरकारको पनि ध्यानाकर्षण भइसकेको छ । तर, सरकारको जिम्मेवारीका सम्बन्धमा ध्यानकर्षण गराईरहादा तपाईंहरुले पनि आफ्नो जिम्मेवारी महसुश गरिरहनुभएको होला भन्ने मैले ानेको छु । तपाईंहरुले अगाडि सार्नुभएका मागका सम्बन्धमा सम्बन्धित मन्त्रालयसाग बसेर छलफल गर्नुहोस्, उचित मागहरु समाधान गर्न सरकार सकारात्मक छ । राष्ट्रका लागि आवश्यक व्यवसायिक एवं सीपमूलक शिक्षाको विकास गर्ने र श्रमप्रति आस्थावान एवं राष्ट्र र जनताप्रति समर्पित जनशक्तिको उत्पादन गर्ने नयाा दृष्टिकोणसहित निजी क्षेत्र अगाडि बढ्नेछ भन्नेे मेरो अपेक्षा रहेको छ । विद्यालय शान्ति क्षेत्र हो । यसप्रति सबै सचेत हुन जरुरी छ । विद्यालयलाई दलगत र समूहगत स्वार्थका लागि दुरुपयोग गर्ने जस्ता क्रियाकलाप रोक्नुपर्छ । अन्त्यमा, प्याब्सनको यस महाधिवेशनमा उपस्थित हुन असमर्थ भएकोमा दुःख व्यक्त गर्दै मलाई गरेको आमन्त्रणप्रति हार्दिक आभार व्यक्त गर्दछु । महाधिवेशन गतिशील र सशtm नेतृत्व चयन गर्न सफल होस्, हार्दिक शुभकामना Û -सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले भैरहवामा सम्पनन भइरहेको प्याब्सनको दशौं महाधिवेशनका लागि प ाउनुभएको शुभकामना मन्तव्य, २०६६, फागुन २१ गते ।)
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्