Madhav Kumar Nepal

पोखरा विश्वविद्यालयको यस सातौँ दीक्षान्त

यस दीक्षान्त समारोहका प्रमुख अतिथि प्रा सइद इरानदोस्ट विशेष अतिथि प्रा। केन्जी फुरुकवा पोखरा विश्वविद्यालयका सभासद्हरु आज दीक्षित विद्यार्थी भाइबहिनीहरु उपस्थित भद्र महिला तथा सज्जनवृन्द ! सर्वप्रथम पोखरा विश्वविद्यालयको यस सातौँ दीक्षान्त समारोहको उल्लासमय वातावरणमा म आज दीक्षित हुने सम्पूर्ण विद्यार्थी भाइ-बहिनीहरुलाई यस विश्वविद्यालयको कुलपतिका हैसियतले हार्दिक बधाई ज्ञापन गर्दै तपाईंहरुको सुन्दर भविष्यको कामना गर्दछु । आजको दिन तपाईंहरुको जीवनमा एक अविस्मरणीय र ऐतिहासिक दिनका रुपमा अङ्कित भइरहनेछ । साथै यस दिनले तपाइर्ंंहरुलाई आफ्नो जीवनको नयाँ मोडमा मात्र होइन मुलुक निर्माणको अभियानमा सकि्रय रुपले सहभागी हुने नयाँ चरणमा प्रवेश गराएको छ भन्ने मलाई लागेको छ । मलाई आशा एवम् विश्वास छ- तपाईंहरुले आफ्नो त्यो जिम्मेवार राम्ररी बुझ्नुभएको छ र त्यसलाई आफ्नो वुद्धि विवेक र क्षमताले भ्याएसम्म कुशलताका साथ निर्वाह गर्नुहुनेछ । हामी समृद्ध नेपाल निर्माणको सङ्घारमा छौँ । यसबेला हामी सहकार्यको संस्कृतिको विकास गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्ने क्रममा छौँ । स्वाभाविक रुपमा सङ्क्रमणकालीन यस अवस्थामा अनेक किसिमका आरोह-अवरोहहरु देखा पर्न सक्छन् । तर ती सबै आरोह-अवरोहहरुलाई संयम सहमति र सहकार्यका साथ सामना गरेर मात्रै हामी समृद्ध नेपाल निर्माण गर्न सक्छौँ । हामीले जनतालाई परिवर्तनको अनुभूति कागजमा होइन व्यवहारमा देखाउनुपरेको छ । लोकतन्त्रको अनुभूति समाजका सबै क्षेत्रसम्म पुग्नुपर्छ । यस अभियानबाट शिक्षा क्षेत्र पनि पृथक् रहन सक्दैन । हामी सबैले नयाँ सोच नयाँ योजना र नयाँ प्रतिबद्धताका साथ अघि बढ्न आवश्यक छ । पोखरा विश्वविद्यालयलाई पनि यस दिशामा अघि बढाउनका लागि विश्वविद्यालयले तय गरेका नीति र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ । मुलुक अहिले सङ्क्रमणकालमा छ । त्यसैले यतिबेला समाजका हरेक क्षेत्र र वर्गमा नयाँ उत्सुकताहरु पैदा भएका छन् सबैमा नयाँ-नयाँ आकाङ्क्षाहरु पलाएका छन् । ती सबै अपेक्षाहरुलाई आ-आफ्नो ाउँबाट कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने हामी सबैको साझा सरोकारको विषय हो । नेपालको पर्यटनको मेरुदण्ड मानिने यस पोखरा उपत्यकाको लेखनाथमा अवस्थित पोखरा विश्वविद्यालयले अरु विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएकोले सरकारले पर्यटन व्यवसायलाई विविधिकरण गर्नका लागि शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकास गर्दै जाने नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्दै जानेछ । स्तरीय उच्च शिक्षा स्वास्थ्य र सामुदायिक सेवाको माध्यमबाट शैक्षिक र स्वास्थ्य पर्यटनको विकास र प्रबद्र्धनमा दक्षिण एसियाकै अगुवा बन्ने सोच अनुरुप विश्वविद्यालयसभाले तय गरेका कार्यक्रम तथा नीतिहरु अनुरुप विश्वविद्यालय अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ । शिक्षामा सर्वसाधरणको पहुँच नबढाई हामी शिक्षालाई उपलब्धिमुलक बनाउन सक्दैनौँ । आम नागरिकलाई शिक्षाको दायराभित्र ल्याएर यसलाई जीवन र उत्पादनसँग जोड्नुपर्छ । यसका लागि उच्च शिक्षामा गुणात्मक सुधार गरी सीप र व्यावसायिकतातर्फ उन्मुख गराउने र उच्च शिक्षामा लागत धान्ने प्रणाली अवलम्बन गर्नुपर्दछ । शिक्षालाई जीवन र उत्पादनसँग नजोडेका कारण शैक्षिक बेरोजगारी मुलुकको एउटा ूलो समस्याका रुपमा खडा भएको छ । यी कुराहरुलाई मनन गरेर विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरुलाई सकेसम्म प्राविधिक र व्यावसायिक विषयहरुमा केन्द्रित गर्ने नीति कायम नै राख्नेछ । स्वास्थ्य विज्ञान र इन्जिनियरिङ्ग विषयका कार्यक्रमहरु साचालन गर्दै जाने कार्यक्रम अनुरुप विश्वविद्यालयले प्राथमिकताका साथ स्कुल अफ मेडिकल साइन्सको स्थापना गरी स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा साचालन गर्नेछ । हाल उच्च शिक्षामा देखिएको अराजकतालाई अन्त्य नगरी देश विकासका लागि आवश्यक अनुशासित र दक्ष जनशक्ति उत्पादन गर्न सम्भव छैन । त्यसैले विश्वविद्यालयमा हुने हड्ताल र बन्दको संस्कृतिलाई अन्त्य गरी स्तरीय उच्च शिक्षा दिने वातावरण सिर्जना गर्न आवश्यक सजगता र पहलकदमी लिनका लागि म सबैसँग आग्रह गर्दछु । आज दीक्षित विद्यार्थी भाइबहिनीहरु † विश्वविद्यालय भनेको विकासको इन्जिन हो । जबसम्म देश विकासका लागि उपयुक्त जनशक्ति उत्पादन हुँदैन र उत्पादित जनशक्तिलाई देश विकासको काममा लगाउन सकिँदैन तबसम्म देशलाई आर्थिक रुपमा अगाडि बढाउन सकिँदैन हामीले कल्पना गरेको समृद्ध नेपाल निर्माण गर्न सकिँदैन । तपाईंहरुले विभिन्न क्षेत्रमा ज्ञान र सीप प्राप्त गरेर आज दीक्षित हुनुभएको छ । यस सुखद् अवसरमा तपाईंहरुलाई यहाँ आर्जित ज्ञान र सीप आफ्नो उज्ज्वल भविष्य निर्माणका साथै देशको मुहार फेर्नका लागि खर्चिनका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु । कुनै पनि देशको सबभन्दा महत्वपूर्ण पुँजी भनेकै मानव संशाधन हो । त्यसमा पनि उच्च शिक्षा हासिल गरेका प्राविधिक जनशक्तिको बेग्लै महत्व छ । विकसित मुलुकहरुको उच्च शिक्षाको भर्ना दर हेर्ने हो भने ४० प्रतिशतभन्दा बढी देखिन्छ । तर हाम्रो देशको उच्च शिक्षाको कुल भर्ना दर भने करिब १० प्रतिशत मात्र छ । यसले नयाँ नेपालको निर्माणका लागि आवश्यक दक्ष र सक्षम जनशक्तिको अभाव छ भन्ने कुरा देखाउँछ । हाम्रो अर्को समस्या भनेको प्राविधिक ज्ञान र सीप प्राप्त गरेको जनशक्ति विदेश पलायन हुने प्रवृत्ति देखिन्छ । त्यसैले आज दीक्षित हुने तपाईंहरुले यस अवसरमा गरेको प्रतिज्ञालाई सधैँ मनन गर्दै आफूले आर्जन गरेको ज्ञान र सीप आ-आफ्नो कार्यक्षेत्रमा पेसागत मूल्य-मान्यतामा रही इमान्ादारीका साथ सामाजिक परिवर्तन र समृद्ध नेपाल निर्माणका लागि अधिकतम रुपमा लगाउनुहुनेछ भन्ने मैले आशा लिएको छु । अन्त्यमा म आज दीक्षित हुने तमाम विद्यार्थी भाइबहिनीहरु र तपाईंहरुका अभिभावकहरुलाई यस पावन अवसरमा पुनः हार्दिक बधाई दिँदै यो सातौँ दीक्षान्त समारोह यहीँ समापन भएको घोषणा गर्दछु । धन्यवाद † सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति माधवकुमार नेपालले विश्वविद्यालयको सातौँ दीक्षान्त समारोह २०६६ फागुन ८ लेखनाथ कास्की मा दिनुभएको मन्तव्य
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्